बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

जो थियो होचो उतै घोचो रह्यो
काटियो त्यै वृक्ष जुन सोझो रह्यो

भुल्छु भन्दा झन् बढी याद आउँछ
टाढिनेको सम्झना फोटो रह्यो

मोज मस्ती गर्छ ठग नेपालमा
काम गर्ने मान्छे चैँ भोको रह्यो

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

जो थियो होचो उतै घोचो रह्यो
काटियो त्यै वृक्ष जुन सोझो रह्यो

भुल्छु भन्दा झन् बढी याद आउँछ
टाढिनेको सम्झना फोटो रह्यो

मोज मस्ती गर्छ ठग नेपालमा
काम गर्ने मान्छे चैँ भोको रह्यो

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

त्यो ढिकी त्यो जाँतो पुरानो भएछ
गाउको चौतारो पुरानो भएछ

आधुनिकता छायो भयो भाँडभैलो
मान्यता पूर्खाको पुरानो भएछ

बेहुला बन्थें मै तिमी बेहुली भै
खेल खेल्ने पाखो पुरानो भएछ

 

Continue reading


बहरबद्ध गज़ल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

के छ थाहा कस्लाई के के हुने हो
भाग्यमा लेखेको छ जे जे हुने हो

पल्टिएला पासा सबै उल्टो होला
को ठुलो को सानो,,, नहेपे हुने हो

प्यारमा अल्झेको छ यो जिन्दगानी
खेल ठानी माया,,,, नखेले हुने हो

 

Continue reading


बहरबद्ध गज़ल

Abhaya, Lama, लामा अभय‎ , pallawa, पल्लव

लामा अभय‎

मर्दैन प्रेम चोखो , सम्झेर तड्पिनेछौ
धिक्कार कर्म खोटो सम्झेर तड्पिनेछौ

ढुंगा पुजेर माया मिल्दैन बुझ्नु पर्छ
राखेर पेट भोको सम्झेर तड्पिनेछौ

पीडा यता छ भन्दा रम्छौ भने खबरदार
पृथ्वी छ रेन्त गोलो सम्झेर तड्पिनेछौ

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, लामा अभय‎ , pallawa, पल्लव

लामा अभय‎

टाढा भयो प्यार मनको, एक्लै यता तड्पिएँ म
होला उता हाइसन्चो , एक्लै यता तड्पिएँ म !!

मनमा सयौँ चाह जाग्छन् पत्थरहरू फूल लाग्छन्
साँच्चै छ यो प्रेम अन्धो , एक्लै यता तड्पिएँ !!

बाचा कसम् साथ ज्यूँने मर्ने थियो लाख जन्मौँ
खै आज ऊ दूर छन् भो, एक्लै यता तड्पिएँ म !!

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

सम्झनाले कठै! मन पागल बनायो
गर्छ के-के अझै मन पागल बनायो

बिर्स भन्छौ तिमी मायाको कहानी
यादले झन् झनै मन पागल बनायो

हार्नु पर्ने सधैँ कस्तो जिन्दगानी
नाघ्््न थाल्यो हदै मन पागल बनायो

 

Continue reading


बहरबद्ध गजल

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

माया रहन्छ प्रीया ती सम्झना रहन्छ
छाडेर भाग्छ हाँसो पिर् साथमा रहन्छ

पर्दैछु छक्क आफैँ मन यो अचम्मको हो
जो भुल्छ याद उसकै मनमा सदा रहन्छ

धेरै छ गर्नु पर्ने ,,, संगै मिलेर संगी
हामी मरेर जान्छौँ हाम्रो कथा रहन्छ

 

Continue reading


बहरबद्ध गजल

 

Abhaya, Lama, अभय लामा, palklawa, पल्लव

अभय लामा

सिद्द गर्नै गार्हो नथाल्दा हुनेथ्यो
बालुवामा पानी नहाल्दा हुनेथ्यो

मख्ख पर्थेँ व्यर्थै , नसोची नसम्झि
दीप त्यो आशाको नबाल्दा हुनेथ्यो

चढ्नु भन्दै रुखमा चढायौ, ढलायौ
चुम्न मन थ्यो शीखर नढाल्दा हुनेथ्यो

 

Continue reading


भुइँचालोपछि

Abhaya, Shrestha, अभय श्रेष्ठ, pallawa

अभय श्रेष्ठ

इँचालोपछि क्षत्री–बाहुन बस्तीमा भोकमरी सुरु भयो । खोतलखातल पारेर निकालिएका अन्न पनि सकिएको थियो । धान पाक्न अझै दुई, साढे दुई महिना बाँकी थियो । बारीका दुधिला मकै काँचै खाएर सकिएका थिए । कति छाक तिनले टाढाका आफन्तकहाँबाट अन्न सापटी ल्याएर छाक टारे । तर, कतिन्जेल चल्थ्यो यसरी ? आखिर भोकमरी सुरु भइहाल्यो । क्षत्री–बाहुनहरू अब लट्टेको साग, कर्कलो, लुँडे, च्याउ, फलफूल, कन्दमूल खाएर छाक टार्न थालेका थिए । विषालु च्याउ खाँदा सोम थापाको एक मात्र सन्तान १५ वर्षे हरिहरको मृत्यु भयो । त्यसपछि उनीहरूले छानीछानी रक्तेच्याउ, बुढीच्याउ मात्र खान थालेका थिए । परन्तु, च्याउकै कारण बस्तीमा महामारी फैलिइरहन्थ्यो ।
लट्टे र लुँडेको साग क्षत्री–बाहुनले त्यसअघि कहिल्यै खाएका थिएनन् । एउटाले सिकाइदियो, सबैले खान थाले । नत्र, यसअघि ती गरिब कामीले मात्र खाने कुरा थिए ।

 

Continue reading


निर्वाण

 chanki, shrestha, abhaya

चंकी श्रेष्ठ ‘अभय’

विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ ।

मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ । म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरुपमा टाँसिएर आएको जातीय पीडा थियो । गरिवी त त्यसको अभिन्न अंग छँदै थियो । त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसँग दुश्मनी गरिरहेको थियॊ । प्रेममा विश्वासमा यात्रामा मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो ।

Continue reading