मुक्तक

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सघर्षै संघर्षमा हेर आज ,जिउने आधार छ
फर्किएकाे फुल फुलाउने ,सपना साकार छ !
कर्तव्यकाे धरातलमा सक्छु ,डटेर बाेल्न म
सक्दैन बाेल्न सत्यतामा, समाज लाचार छ !!

प्रियतम तिम्रा यादहरु सधै नै जीवित छन्
विपना मात्र होईन सपना प्रतिबिम्बित छन् ।
कहाँ मारेर मारिन्छन् यि सम्बन्धहरु त्यसै
खुल्ला हुने चाहना आखिर परिबर्तित छन् ।।

 

Continue reading


एम. पि. आस्थाका मुक्तकहरूः

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

कस्तो संयोग नाग पंन्चमी र रक्षा वन्दन एकै साथ
सु.स्वास्थ्यको कामना दिर्घायुको चन्दन एकै साथ
छाओस् शान्ति घर शहर र दरवारमा यसैगरि सधै
तराई,पहाड,हिमालको खुलोस् चन्द्रवदन एकै साथ ।

चराको चिरविराईले बिहान ब्युझिएर फुलहरू
उज्जालो हेर्न ओछ्यानबाट खोलिए झुलहरू
सुन्दरता नै अगाल्ने हो हेर्दैनन् मान्छेले कुरुप
आफु त असलै बन्छ सधै बिर्सेर गरेका भुलहरू ।

 

Continue reading


व्रत क्रान्ति

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सुम्पिएर कसैको हातमा
आफ्ना कोमल हातहरु
लेख्दैमा मेहन्दीले उनैको नाम
नाडीभरि सजाउदैमा हरियो चुरा
कहाँ जितिन्छ र संसार ?
बरु बन्ने छ त्यही चुरा हतकडी
चुरासँगै फुट्ने छ्यौ व्यवहारका यज्ञहरुमा
मेहन्दीसँगै खुइलिने छन्
तिम्रा कामनाहरू!
कहिल्यै थाहा पाएकी छ्यौ
तिम्रो नाममा व्रत बसेका तिम्रा पति ?
सुनेकी छ्यौ कहिल्यै प्रार्थना गरेका तिम्रा नाममा ?

 

Continue reading


गजल

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

लगाएर चोट दिलमा लायौ मलम फेरी
गर्दै माया यादहरू दिलाई हरदम फेरी।।

खवर लेख्न आतुर मन माया ओेकलेर
ओेकलिन्छ पिडा समाएर कलम फेरी।।

सहन त सहे पिडा थापिएन हात कैले
संगालेर राखे माया हुन्छ रमझम फेरी।।

 

Continue reading


‘लोग्ने’

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

छाड् विन्ति,
हक़ अधिकार र समानता खोज्न
जबसम्म
तिम्रो संगत ति नारीसगँ हुन्छ
तबसम्म तिमी परिवर्तन हुन सक्दिनौ
माईली साईली र ठुलीकान्छी
श्रीमानलाई मेरो बाबा भन्नेहरुले
बिगारेका छन् तिमीलाई
श्रीमान र बाबा चिन्न नसक्नेको
संगतमा लागेकी छौ तिमी
बिर्सेकी छौ आफ्नो क्षमतालाई–

 

Continue reading


एम. पि. आस्थाका मुक्तकहरूः

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सबेरै उठेर लाग्नुछ आफ्नो कामको बाटो
दिनभरि दुःखपछि पक्का जोह हुन्छ आटो ।।
गर्व गर्नु पर्छ परजिवि बन्नु परेन भने साथी
मेट्टिन्छ भावीले लेखेको दुर्भाग्यको टाटो ।।

मुटुको टुक्रा बन्यौ र त आज्ञाकारी छौ छोरा
विश्व सामु चिनिने एक चर्चित आफु हौ छोरा।।
भविश्यको खोजीमा छु अभाव हुन दिन्न पनि
दिनको थकान रातको निद्रा मानिन धौ छोरा।।

 

Continue reading


एम. पि. आस्थाका केही मुक्तकहरूः

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

तिम्रो सम्झनाले पागल बनायो
भुल्न नसकिने हरपल बनायो।।
न सकिन्छ यादहरु हलचल गर्न
मायाको शिखर अटल बनायो।।

केवल एक पल त मलाई हेर
जुन मुस्कुराऊछ त्यति खेर।।
खुशि दुबैको ऊस्तै छन् रत
प्रेमको डोरीले नै मलाई बेर।।

 

Continue reading


एम. पी. आस्थाका केही मुक्तकहरूः

Mamila, Paudel, Aastha, ममिला पौडेल ‘आस्था’, pallawa, पल्लव

ममिला पौडेल ‘आस्था’

चोईटिएर पनि म आशाको दिप वाल्न तयार छु
खारिनै पर्छ नम्बरी हुन आफु रत गाल्न तयार छु
मेरा सपनाको हत्यारा बन्यौ प्रेम फक्रेला नफक्रेला
प्रेमको ऊत्सर्गमा पुग्न यात्रा अनेक थाल्न तयार छु ।

आस्था म जुन टिपेर आऊछु भोली पर्सि भन्थ्यौ
तर्किएर म दुर हुन खोजे तँ कहिल्यै नतर्कि भन्थ्यौ
गर्न केहि सकिन होला जति सके गरे तिम्रो लागी
कमजोर हुन थालेपछि गर्छु तँलाई के पर्खि भन्थ्यौ ।।

 

Continue reading


ममिला पौडेल ‘आस्था’का केही मुक्तकहरूः

Mamila, Paudel, Aastha, ममिला पौडेल ‘आस्था’, pallawa, पल्लव

ममिला पौडेल ‘आस्था’

बल्नै पाको छैन अरे पल्लो घरमा चुलो आज
सुन्दैछु म थुनिदियौ टारी खेतको कुलो आज
छिमेकीको व्यावहार छैन कगांल भो साईलो
ठिक्क पर्यो भन्दै ताली पिटी बन्छौ ठुलो आज

पटक्कै मिलेन तेरो, मेरो घरमा औकात भन्छौ
बेस्सरी भकानिन्छ मुटु,त्यतिखेर कुजात भन्छौ
जोखेकै हौ घर घराना कुल कुटुब्ब पनि आखिर
ईज्जतको महलमा हुदा बेइजती फुटपात भन्छौ

 

Continue reading


स्वागत तिमी पर्यटकलाई “

M.P. , Aastha, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

स्वागत तिमी पर्यटकलाई ”
तिमी पर्यटक हाै
स्वागत पर्छ लमजुङले
त्यो मर्स्यादीले
लमजुङ हिमाल स्वागत गर्न
आतुर छ अन्नपुर्ण मनासलु
पर्दैन पञ्चे बाजा लिएर आउन
यहॉ पञ्चे बाजा सोरठी घॉटु
र भेडीखर्के;भाकाले स्वागत
गर्दै गाऊशहर कालिकाले
आर्शिवाद दिनेछन्
तिम्रो यात्रा सफल रहोस्
आऊ तिमी!

 

Continue reading


एम. पि. आस्थाका केही मुक्तक

M.P. , Aastha, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

चोट दियौ पिडा दियौ बदलामा के लियौ
मैले पिए आशु तर तिमीले मदिरा नै पियौ
एकान्तमा रोएँ त मन हल्का बनाएर जिए
म एक्लो यात्रा तिमी कसैको साथमा थियौ

तिम्रो पापी शहरबाट बसाई सर्दैछु आज
सहि कि गलत निर्णय यस्तो गर्दैछु आज
खोज तलास त बहाना मात्र बनाऊ तिमी
न्यायको आखा खोलेर हेर त मर्दैछु आज

 

Continue reading


आस्थाका केही मुक्तकहरू

Aastha, Poudel, अास्था पाैडेल ,  pallawa, पल्लव

अास्था पाैडेल

अघोषित नाकाबन्दी,ग्यास पेट्रोलको अभाव छ
असहज परिस्थितिमा,आज जनताको दवाब छ
तराई उचालेर,नेपालको छवि बिगार्ने छिमेकी हो
पछि फर्कि हेर त, आफ्नै देशमा कत्रो तनाव छ !!

नौनी थिए म ,तर पहाडको पत्थर बनायो
खै के सोची,किन पलभरको अत्तर बनायो !!
नियती नै खराब हो कि, दु:ख दिनुपर्छ भन्ने
सुमधुर सम्बन्धमा, नसोचेको ठक्कर बनायो !!!

 

Continue reading


गजल

Aastha, Poudel, अास्था पाैडेल ,  pallawa, पल्लव

अास्था पाैडेल

जलाई गयौ मनकाे घर अब कुनै आश छैन
कहॉ छौ के छौ तिम्राे मलाई खबर खास छैन

सुखी हुनु खुशि रहनु सदा हास्नु रमाऊनु
बनाई छाड्यौ घर न घाट मेराे बास छैन

नासाे तिम्राे हेर्छु अनि रमाऊछु त्यासमा
हासाे ठट्टा गर्दै बस्ने जुवा अनि तास छैन

 

Continue reading


मेरो सपना

Aastha, Kopila, Rai, अास्था कोपिला रार्इ, pallawa, पल्लव

अास्था कोपिला रार्इ

हिँड्दै पुरानो सडक
सपना पट्याएर पोल्टाभरि
प्रशिक्षार्थी भई
पल्टाउँछु –
विश्वविद्यालयका पुस्तकहरु ।
त्यही बेला,
वानीरा
तिमीले कोरेका अक्षरचित्र
बेखबर आँखाको संघारमा आई
सपनाको मफलर बुन्न
सिकाउन थाली ।

 

Continue reading