‘ब्लक’

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

— ५५ बर्षीय नेहा | बसाइ जर्मनी | एकल | नेपाल कहिलेकाही आउने | प्रकृतिले उनीमाथि अन्याय गर्यो —जीवनसाथी छिट्टै लगिदियो | अनि न्याय पनि गर्यो, उनी यो उमेरमा पनि ३२/३३ झैं देखिने |एउटी छोरी –प्रिया ,उतै | छोरीकै भरमा ,कोही छैन घरमा | मुहार पुस्तिकामा भुल्ने बानी लाग्यो |साथी बने प्रा.डा .राधेश्याम नेपाली | हरेक दिन कुरा हुन थाल्यो | सर्ज़क नेपालीको सिर्जनाको फ्यान बनिन् | थोरै समयमा नेहाको मनमा नेपालीले डेरा जमाए | एक दिन —

 

Continue reading


शिखरमा पुग्दैन पुग्दैन रे

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

(छन्द कविता)
केही हो कविता सबै शिखरमा पुग्दैन पुग्दैन रे
आत्माको स्वर यो सबै सुरसिलो बन्दैन बन्दैन रे
सुन्दा भावकले जुरुक्क उठने पढ्दा फुरुक्कै हुने
यस्तो हो कविता पिता र जननी सुन्दै र गुन्दै रुने

हो हो त्यो कवि हो बिचित्र छवि हो ऊ ब्यास हो खास हो
हो हो जून उही र हो रवि उही ऊ आश हो सास हो !!
जन्मेकै कवि हुन्छ यो जगतमा चाहेर बन्दैन है !!!!
हल्लाखोर गरी मरी सकसले गाएर बन्दैन है !!!!!!!!!

 

Continue reading


कामना

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

यो नयाँ सालमा देश नेपालमा !!!!
सर्व कल्याण होस् माम होस् थालमा
वाटिका फूलको घुम्न पाए सदा !
प्रीतको जिन्दगी चुम्न पाए सदा !

मान होस् बुद्धको शान होस् शुद्धको
शान्ति होस् बासमा दूर होस् युद्ध त्यो
राम झैँ कृष्णझैं हुन् सबै फूल यी
शान्तिको प्रीतको लौ बनून् मूल यी ।

 

Continue reading


‘तिमी तीर्थ मेरो तिमी धाम मेरो’

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

हरायौ तिमीले जितायौ तिमीले
नबोली नबोली बितायौ तिमीले !
जुधाएर आँखा झुकायौ परेली
लियौ प्राण मेरो जुनेली सहेली ।

परें मख्ख आएँ रमाएर गाएँ
दियौ हात प्यारी समाएर गाएँ
पिलायौ तिमीले सुधाको पियाला
अघाएँ पियारी बने पुष्ट गाला ।

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

यात्रा मिलिजुली गरे, बन्छ हाम्रो देश
ढिलो होला ,तर भरे, बन्छ हाम्रो देश ।

नेपाली नै मसिहा हो नेपालीको निम्ति
भित्रैदेखि लागीपरे, बन्छ हाम्रो देश !

सिर्जनामा मात्र होइन यथार्थमा पनि
गरिबको दुख हरे, बन्छ हाम्रो देश ।

 

Continue reading


इष्टमित्र

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

(गुरुदेव “गोबिन्दराज़ विनोदी “भन्नुहुन्छ”)
म साथी साराको सरल मनका मित्रहरूको
विनोदी प्याराको प्रणय मनका चित्रहरूको
भने आमोदीजी अनलपथमा आउनपर्यो
गिरी मेरा यारा बहर गतिलो गाउनपर्यो ।

बडे क्षेत्री दिल्ली छतिवन गयौं तीन बिरही
भयो यात्रा हाम्रो कलम जगमा चित्त मन दी
बने धेरै आफ्नै भरतपुर आलोकित भयो
बछौली प्यारो भो सनकपुर आलोचित भयो ।

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

गज़ल लेख्ने रहर भए सुन चेली इन्दु
कसैलाई यौटा गुरु चुन चेली इन्दु !!!!!

पैलो शेर मतला हो अन्तिम हो मक्ता
उला-सानी माला जस्तै उन चेली इन्दु ।

शब्द विन्यास गर्दाखेरी झलकोस् सीप तिम्रो
कठोर शब्द दोबाटोमै थुन चेली इन्दु !!

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

मान्छे राम्रो लागेपछि , अरु तपसिल
अविश्वास भागेपछि, अरु तपसिल !!!!

गाली पनि ताली हुन्छ, झर्के मीठो गीत
हृदयमै दागेपछी , अरु तपसिल !!!!!!!!!

सपनीमा बिपनीमा हरेक निमिषमा
उनैलाई मागेपछि ,अरु तपसिल !!!!

 

Continue reading


बाबा –पुराण

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

हे बाबा खकुरेल आज धनले लेख्नेछ तिम्रो कथा
सारा यो जगले दुवै नयनले देख्ने छ तिम्रो कथा
खोज्दै काम गयौ रह्यौ अतरिया गाडी कुदायौ अरे
लीला धेर गरी बस्यौ नगरमा आँखा जुधायौ अरे

माता ती सरला बसेर घरमा धानेर सारा कुरा
आमा बन्नुभयो कथा अघि बढ्यो हुर्के सबै ती भुरा
कैले बास यता ; उता नगरमा एक्ली सधैं रातमा
के के काम गर्यौ डुली शहरमा को को थिए साथमा ?

 

Continue reading


कविता नै कविता

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

यसमा कविता उसमा कविता
खकुरेल भने पुसमा कविता
किन छैन यहाँ मनमा कविता ?
घरमा कविता वनमा कविता

कविता कविता जग नै कविता
नभ नै कविता सब नै कविता
सरिता कविता कविता सविता
कविता नभए हुन गो रमिता

 

Continue reading


१४ अक्षरीय गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

देश जस्तो देश छैन ,माटो हेरे हुन्छ
माटोमाथि रगतको टाटो हेरे हुन्छ ।

कति चोट आफन्तले दिए मुटुमाझ
छैन घाउ तर भब्य खाटो हेरे हुन्छ ।

गए ,गए सबै गए ,किन बस्ने यहाँ ?
राहदानी बोकी उड्ने लाटो हेरे हुन्छ ।

 

Continue reading


भुइँचालो ·

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

नबोली नबोली नथाकी नथाकी
स्वयम् आउने त्यो कसैले नडाकी ।
न हो लामखुट्टे न हो राहु कालो
अ हो गोप्य पापी छ यो भूइँचालो ।।

उता दोलखामा यता राजधानी
डरायो हरायो सुनौलो बिहानी ।
ज्ञवाली रुँदैछन् उही सिर्जनामा
समानै छ पीडा दुई सिर्जनामा ।।

 

Continue reading


गिरीको स्मृतिमा बर्मा

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

उज्यालो बर्माको सरल पथमा चालक बनी
बडेको काखैमा लुटुपुटु गरी बालक बनी !!
म धानी नानीको सरस कविता भन्दछु सखे
म मन्डाले जस्तै झलल सविता बन्दछु सखे

उषाको मायामा दश दश सबै चम्किन गयौं
अहो हेर्दा हेर्दै प्रगति पथमा लम्किन गयौं
बुवा आमा पाएँ सफल हुन गो जीवन अहो
बनी प्रेमी आएँ ,प्रणय रस नै अमृत न हो !!

 
Continue reading


अाफ्नो अनुमान

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

प्रेमी यो धनराज भो जगतमा प्यारा निकै भेटिए
प्यासी थ्यो मन यो अहो निमिषमा तिर्खा सबै मेटिए
लोभी होइन है न मोह मनमा योगी भयो जिन्दगी
लागें नित्य म ता नवीन पथमा रम्दै गयो जिन्दगी

साथी धेर दियो अहो प्रविधिले प्यारो बनेकै छु म
कोही दुष्ट बने कठै किन सखे तारो बनेकै छु म
चिन्ता छैन यहाँ तथापि मनमा जे जे परे तापनि
हाँस्दै बाच्छ धने भने जगतले आशै मरे तापनि

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

विरहको गाउँछ गीत हाम्रो काठमान्डू
सधैंभरि भएभीत हाम्रो काठमान्डू ।

रोएको छ धुरु धुरु हेरी आफ्नै रुप
बोकी पीडा शब्दातीत हाम्रो काठमान्डू ।

सपना भो उसको निम्ति माला बिजयको
ब्राजिलझैं पराजीत हाम्रो काठमान्डू ।

 

Continue reading


गजल

Aananda,Shree,Shresth,आनन्द श्रेष्ठ, pallawa, पल्लव

आनन्द श्रेष्ठ

खुशीको उज्यालो बलेकै कहाँ छ !
तापनि यो जीवन गलेकै कहाँ छ !

म खुशी भेटाउँ भनेर नै बढें
यो मनका ती आशा ढलेकै कहाँ छ !

उठाई,फकाई दिलाशा दिलाएँ
उठेको पो जीवन चलेकै कहाँ छ !

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

सबै शून्य हिजो आज ,उनी गएपछि
मर्यो ज्यूदै प्रेम-बाज ,उनी गएपछि

छैन फुर्सद कसैलाई यस्तो पीडा सुन्न
सुनाउन पनि लाज , उनी गएपछि

मेरो मनको मझेरीमा झुल्किएन घाम
हृदयमा सधैं साँझ , उनी गएपछि

 

Continue reading


“यही होला उपयोगिता ह्रास नियम”

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

दुवै सुन्दर र सुशील .सभ्य .नमूना जोडी .जागिरे .क्याम्पसमा प्राध्यापन .अर्थाशास्त्रमा P.H.D. तीन सिफ्ट जागिर .कमाइ यथेस्ट. प्रेम बिबाह गरेका हुन् । जीवन जीवन जस्तै छ .हरेक दिन नया दिन ,रात झन् गुल्जार !बित्यो ५ बर्ष सन्तानको रहर गरेनन ।
मौसम बदलियो .मान्छे पनि बदलिए .अब सम्बन्धमा त्यो मिठास रहेन .मत मतान्तर सुरु भयो .६३ को नाता ३६ हुनपुग्यो .केही भयो .बजारमा प्रतिस्थापन बस्तु आयो .केटोले पुर्ब प्रेमिका भेट्यो .केटीको पनि उही कथा .झूट सामान्य हुन् थाल्यो । आगो गोप्य रहे पनि धुँवा गोप्य रहन्न नै .”आदर्श ,हामी किन यस्ता भयौं ?” पत्नीले कनिकाको पोको फुकाई .पुलुक्क हेर्यो पत्नीलाई .एकछिन मौन . बोल्यो “यही होला उपयोगिता ह्रास नियम” ।

 

Continue reading


जथाभावी घडेरी प्लटिंग- मुर्दाबाद !

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

अहो हेर्दा हेर्दै लह लह हुने खेत सकियो

बन्यो मान्छे लोभी नरकपथ रोजी बहकियो
घडेरी रे सारा चर चर भए गाँस हरियो
बढ्यो गर्मी औधी गरिब जनको सास हरियो

बने टुक्रा टुक्रा महल ठडियो क्या! शहर भो
अभागी मान्छेको धन धन सधैं छ्या: रहर भो
भयो बन्दी हावा जल पनि सुके हा नगरमा
पुगे मान्छे सारा नगर भनिने त्यो बगरमा

 

Continue reading


गजल

Aananda, Kumar, Pokhara, आनन्द कुमार, pallawa, पल्लव

आनन्द कुमार

ओठ भरि झुटो हाँसो भर्दै कत्ति हाँसेको छु !

कसलाई पो के थाहा म कसरी बाँचेको छु !

रुनु पर्ने,हाँस्नु पर्ने,,दु:ख खेप्दै बाँच्नु पर्ने !
यहि रै’छ लेखान्तमा भन्ने मैले ठानेको छु !

यात्रामा छु,या जात्रामा आफैलाई थाहा छैन !
गन्तव्य छ एकातिर गोडा अन्तै चालेको छु !

 

Continue reading