बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

बढ्दा सधैं व्याकुलता मनैमा,
जान्थें स्वयं शान्त कुनै वनैमा ।

के अर्थले सूत्र भिरेर हिड्छौ ?
जातीय झुन्डिन्छ कि यो जनैमा ?

पुर्खाहरू लोभ नराख्नु भन्दथे-
राख्छौ तिमी स्वार्थ सधैं धनैमा ।

 

Continue reading


‘उत्साह-हीनता’

प्रत्येक दिन
ब्रम्हमूहूर्मत बिउँझन्छु

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

केही क्षण स्वर्गीय मातापिताहरुरको
स्मरण गर्छु

केहीपल राष्ट्रवन्दनासहित
राष्ट्र चिन्तनमा डुब्छु
क्रमश:
यहाँ अप्रतिम सुन्दर हिमाली दृश्यहरू
मनोहर छहरा,पहरा र लहराहरु
पानी-पँधेरो,बाटा-घाटाहरु
नदी-नाला,ताल-तलैयाहरु
लोक-बेंसी,भन्ज्याड्’ग चौतारीपरु
उकाली-ओराली र तरेली फाँटहरु सम्झन्छु ।

 

Continue reading


‘म नेपाल नौलो बनाएर जान्छु’

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

म नै काव्य-विज्ञानको स्वच्छ बान्की-
म नै दीर्घ निष्कामको कर्मयोगी,
म नै कल्पनाको चिदाभासरूप-
म नै स्वच्छताको प्रभाती स्वरूप ।

छ दुर्गम्य बाटो म आज़ाद छैन-
र आकाशजस्तै छु आकार छैन,
म चाहन्छु लम्केर तुफान रोक्न-
म आँट्दै छु ब्रह्माण्डको माथि टेक्न ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

अहिंसाको परमोपासक, निगमागम नै वैभव हो मेरो ,
शड्’कर रक्षित पावन धर्ती, परिचय मानव हो मेरो ।

धरतीको हुँ पुत्र म प्यारो, गर्दछु खेती-पाती रमाई-
कलकल बग्ने निर्मल गड्’गा, प्युँने आशव हो मेरो ।

पावन देह मन्दिर हो तपोवन नै हो मेरो अन्तस्तल-
अविरल जप्ने गायत्री नै ‘जयदे़श’ प्रणव हो मेरो ।

 

Continue reading


म फेरि भूमिगत हुँदै छु

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

आज बिहानको
चियाको पैलो घुट्कोमै
रेडियोले एक प्याक
ताज़ा समाचार ओकल्यो-
“ मूर्तिहूरू चोरिएछन् ,
न्यायतन्त्रको अपहरण भएछ,
लोकतन्त्र खतरामा परेछ ,
चेलीबेटी छिमेकी मुलुकमा बेचिएछन्,
पाँच बर्से बालिकाहरु बिच सडकमै बलात्कृत भएछन्

 

Continue reading


म युद्धको मिसाल हुँ

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

म चेतना अनन्तको, अनन्त चेतना म हुँ ,
प्रदीप्त दीप चम्किंदो म विश्वको प्रकाश हुँ ,
म वीज रक्त-विन्दुको अजस्र नित्य फैलिने –
म चन्द्र-रश्मिझैं सदा छु टल्किने नमैलिने ।

सधैं उँचो गरी यहाँ म इन्क्लाब बोल्दछु-
म क्रान्तिको नयाँनयाँ विचित्र रड्’ग घोल्दछु,
अघोर चैतको हुरी र बज्रको प्रहार हुँ-
अजेय मुक्ति-मार्गको म शक्तिको मिसाल हुँ ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

प्रियतमा ! भ्रममा नपरे तिमी ,
नयनले नख़रा नछरे तिमी ।

गजलको जल छल्छल छल्किदा-
बहकिंदै मतिरै नसरे तिमी ।

बिरसिला रसिला रसमा डुबी-
रमण चाह कतै नगरे तिमी ।

 

Continue reading


अामोदीका हाइकुहरूः

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

हे प्रीतिराज !
प्रीतिरस चाखौं न,
अमरताको ।

काँडाको घारी-
ओडारको गन्तव्य ,
अनन्त इच्छा ।

पानीको रड्’ग-
आकाशको काग़ज़,
आगोको फूल ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

सदैव राष्टेोन्नतिमा रमाउँथें ,
म शान्ति खोज्दै सपना सजाउँथें ।

समाजमा शोषण चल्न दिन्नथें-
डटेर ब्वाँसाहरु ती धपाउँथें ।

छरेर सौन्दर्यमुना वनैभरि-
मिलेर झर्नासित कल्कलाउँथें ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

नशा मिलाई पिरती दिऊँ कि !
मातेर आफैं रस क्यै पिऊँ कि !

हजार वाचाहरु बिर्सिएर-
उन्मुक्त भै बैंसभरी जिऊँ कि !

मसक्क मस्केर खुली बिहानै –
तड्पाउँदै चुम्बन नै लिऊँ कि !

 

Continue reading


मेरा स्वप्न फुलून् यही धरणिमा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

तिम्रो तागतले समस्त जग नै पारेर नै सोत्तर-
झन् आफै परमाणु भै सकल यो ब्रह्माण्ड टुक्रा गर,
चाहे अग्नि बनेर हर्हर बली यो सृष्टि स्वाहा गर-
मेरा यी पथ रोक्न हिम्मत भने कैले नहर्ने गर ।

फुट्लान् पत्थर ती असंख्य, तटका चट्टान टुट्लान् कतै-
होला ध्वस्त फुटेर विश्व-रचना ज्वालामुखी दन्किंदै ,
आधी उग्र बगेर सोत्तर सबै गावै उड़ाए पनि-
मेरो अन्तर हुन्न खल्बल यहाँ पहाड़ बज्रे पनि ।

 

Continue reading


गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

ओसिलो घाममै जिन्दगी डुब्छ कि !
रामको नाममै जिन्दगी डुब्छ कि !

पत्रका खात छन् शान्तिका नाममा-
बन्द भै खाममै जिन्दगी डुब्छ कि !

रातमै घातका त्रासदी फैलिई,
प्रातका घाममै जिन्दगी डुब्छ कि !

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

बैंसकी रहर हौ प्रिये ! तिमी
ऐशकी नहर हौ प्रिये ! तिमी

दु:ख दर्द-जपना बिसाउने,
स्वप्नकी शहर हौ प्रिये ! तिमी।

चेतना गुम गरिदिने अहो !
झोल वा ज़हर हौ प्रिये ! तिमी ।

 

Continue reading


केशवराज आमोदीका जोर कविता

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

१) मेरो सुन्दर नगरी रत्ननगरी
(सन्दर्भ: रत्ननगर महोत्सव)
विद्या -मन्दिर छन् दिनोत्तर अझै खुल्दै गरेका यहाँ-
छन् उद्योग-कला अनन्त-गतिमा बढ्दै गरेका यहाँ,
सिड्’गो राष्ट्र उचाल्न रत्न नगरी लम्की रहेको छ है-
नौलो दृश्य-प्रभा फिजाउन भनी निश्चिन्त हाँस्दै छ है

रोज्दै छन् जन स्वर्ण-क्रान्ति-पथमा वाणिज्य उद्बोधको-
आयो मौसम फेरि उत्सव नयाँ सौहार्द सोल्लासको ,
मेरो महार्दिक ग्राम रम्य नगरी खुल्दै छ सौन्दर्यमा –
हेरी दड्’ग परी विहंगमसितै भुल्दै छ सिम्सारमा ।

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

कतै घुम्न जाँदा शहरमा हराएँ,
कठै ! जिन्दगी नै रहरमा हराएँ ।

थिए चाहका पोखरी मात भर्ने-
त्यही पौडिदैथें जहरमा हराएँ ।

भयो स्वप्न जस्तो चली भ्रान्ति धेरै-
न घुम्नु न हेर्नु शहरमा हराएँ

 

Continue reading


टिस्टाका उत्ताल तरड्’गमा निर्लिप्त हुँदै

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

जब म सिक्किम गान्तोकको
माथिल्लो थुम्कातिरबाट
चारैतिरको रमणीय प्राकृतिक
दृश्यहरुमा गम्भीरतापूर्वक नियाल्दछु
अनि म पुलकित हुन्छु
अवर्णनीय आनन्दातिरेकले
भावविभोर हुन्छु
तब अनायास
मेरो मन छचल्किन पुग्दछ
त्यसरी नै जसरी कि
सामुद्रिक ज्वारभाटाहरु छचल्किन्छन्–

 

Continue reading


बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

छ पीडा मनैमा दुखाई नदेऊ भो-
भिजेका परेली लुकाई नदेऊ भो ।

दिलाशा बटुल्दै यहाँसम्म आएँ तै-
तिनै आशलाई फुटाई नदेऊ भो ।

छुटे जिन्दगीका तराना अनौठा ती-
छु डुब्दो त्यसैमा झुलाई नदेऊ भो ।

 

Continue reading


इच्छा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

‎यै माटोमा नव रहरका भावना पोख्न देऊ-
सारड्’गीका सुर-लहरका तारमा बज्न देऊ,
मीठा भाकासित मृदुमयी कोइलीमा म बोलूँ-
पाँजी पृथ्वी भर नव-सुधा सिर्जनामा म बोलूँ ।

यै प्यालामा मधु-रस भरी प्यूँन देऊ मलाई-
यै हाँगामा क्षणभर रमी ज्यून देऊ मलाई ,
यै भाषामा क़सम दिलको गाँस्न देऊ मलाई-
यै धर्तीमा युगयुग भरी हाँस्न देऊ मलाई ।

 

Continue reading


आमोदीका ‘क़व्वाली’

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजलको भो गफ नलाऊ म तिम्रा बहर हेर्ने छु-
कति पिलाउन सक्दछ्यौ ? पिएर ज़हर हेर्ने छु ,
न लाऊँ धाक जोरले र तिम्रो सहर हेर्ने छु ।

मधुमास फर्किन देऊ या झमझम वर्षा बर्सिन देऊ-
आउन देऊ सुहागरात या मधुरसका मौसमहरु ,
कसरी फर्किदो रहेछ बैंस म सबै लहर हेर्ने छु ।

क़व्वाली गाउने छु अनुकूल मिलाई एक साँझ-
कहाँ के कति भए घात ? सबै ती क़हर हेर्ने छु,
छ मुस्लो प्रेमको भन्थ्यौ कति रहेछ नहर हेर्ने छु ।

 

Continue reading


किन प्रश्न छ उत्तर छैन यहाँ

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

किन व्योम उदास छ आज यहाँ !
किन छैन नि शुभ्र हिमाल यहाँ !
हरियो वन चारु छ देख्नु कहाँ !
अब प्राकृत काव्य छ लेख्नु कहाँ !

किन चाह छ जाँगर छैन यहाँ !
किन श्वास छ धड्कन छैन यहाँ !
किन भोक छ भोजन छैन यहाँ !
किन मृत्यु छ जीवन छैन यहाँ !

 

Continue reading