१) भाँचिएछ हाँगा !!
आँसु खस्ने आँखा देखेँ पानी खस्ने छाँगा
टेक्न खोज्दा जिन्दगीको भाँचिएछ हाँगा !!
नियतिले गाँजे पनि हाँस्नु पर्छ भन्छन्
पीर व्याथा जे परे नि साँच्नु पर्छ भन्छन्
पीर जति खाँदे पनि भरिएन टाँगा
टेक्न खोज्दा जिन्दगीको भाँचिएछ हाँगा ।
