खुला गगनमा उडने चरी बनाऊ
पहरामा फुल्ने सुनाखरी बनाऊ ।
सुखमा मुस्कान छर्दै हाँसी दिन्छु
दुखमा आँखाबाट खस्ने झरी बनाऊ ।
मनको श्रृङ्गार सु-बिचारले धुन्छ
कल्पनाले स्वर्ग की नै परी बनाऊ ।
खुला गगनमा उडने चरी बनाऊ
पहरामा फुल्ने सुनाखरी बनाऊ ।
सुखमा मुस्कान छर्दै हाँसी दिन्छु
दुखमा आँखाबाट खस्ने झरी बनाऊ ।
मनको श्रृङ्गार सु-बिचारले धुन्छ
कल्पनाले स्वर्ग की नै परी बनाऊ ।
गजल– १,
धनछैन त के भो चलेकै छ यो जिन्दगी
खेतको धान जस्तै फलेकै छ यो जिन्दगी ।
मीठोखाना खानु अनि राम्रोनाना लाउनु
मलार्इ त दिनले छलेकै छ यो जिन्दगी ।
चुल्हो चलाउनु मात्र हैन रै’छ जीवन
तर आनन्दमा चलेकै छ यो जिन्दगी ।
खोजिन्छ यौटा यहाँ भेटिन्छ अर्कै
भनिन्छ अर्कै यहाँ लेखिन्छ अर्कै ।
भित्र जाल बुन्ने बेग्लै छ्न मान्छे
सबैको सामुन्ने उ भइदिन्छ अर्कै ।
म लाटो ग्राहाक टिक्नु कसरी ?
देखाइन्छ अर्कै यहाँ बेचिन्छ अर्कै।
तिमीलाई सडकमा न त देख्न सक्छु
साथमा नै राखौँ भने कहाँ थेक्न सक्छु ।
छैनन बा, आमा छैन, राष्ट्रको दायित्व
नत घच्घचाउँदै सिंह दरबार टेक्न सक्छु ।
बिकल्प नै छैन अरु भोकले चोरेर खान्छौ
सबैले पिट्छन देख्छु म, न त छेक्न सक्छु ।
झुटो कुरा गरी गरी हिड्न सकिएन
सत्य कुरा गरी मन जित्न सकिएन।
व्यवहारमा औंला बांगो बनाउनु छैन
औंला सोझो पारी घिउ झिक्न सकिएन।
खोजिन्छ यहाँ पानीलार्इ दूध बनाउन
साधुलाई चोर भनी पिट्न सकिएन ।
स्वभाव अनुसारको नै चरीत्र हुन्छ
चोरको सधैँ चोरनै परम मित्र हुन्छ ।
यदि दया, प्रेम र करुणा छैन भने
जस्तै पुजारी होस् त्यो अपवित्र हुन्छ।
आफ्नो आत्माले परमात्मा जान्दछ भने
सदैव उस्को चित्त शुद्ध र पवित्र हुन्छ ।
सन्तोष लिन नजान्नेलाई महल पनि पीर हुन्छ
धेरै ईच्छा आकांक्षाले जीवन आफैँ जंजीर हुन्छ।
खुसीको निर्धारण गर्छ आफ्नै मनको गुणस्तरले
जहाँ मन रमाउँछ त्याहाँ ढिडो पनि खिर हुन्छ।
असल वस्तु विग्रेपनि अखिरीमा खराव हुन्न
फाटेको दूध हेर त्यसै बाट सुन्दर पनिर हुन्छ ।
गजल– १,
सागरजस्तै साउनको भेलसँग पनि घुल्न सिक्नुपर्छ
नजानेर हुने अन्जानी गल्तिहरूसबै भुल्न सिक्नुपर्छ ।
हिलोमा नि ढकमक्क भै कमलको फूल फुलेको हुन्छ
हृदयभित्र स्नेहरूपीमाया कमल झैँ फुल्न सिक्नुपर्छ ।
सुख हुँदैमा न हस्किनु अनि दुखीलाई नमिठो नपस्किनु
धनी र गरिबको मानवियताको माला बुन्न सिक्नुपर्छ ।
”पुरागरुन ईश्वरले साथी तिम्रा सबै चाहना
रहिरहोस मनमा पवित्र साथीत्वको भावना
सफल तिम्रो जिन्दगीमा खुशीयाली छाईरहोस्
जन्मदिनको तिमीलाई लाखौलाख शुभकामना।।
सुख मात्र काहा हो र जीवन दुख पनि पर्नै पर्छ
फुलको बिचमा संगसगै काडा पनि बडने गर्छ
अप्ठ्यारो संग लडनै पर्छ,अवसरहरु प्राप्त गर्न
परिस्थितिको दास हो जिवनजस्तो पर्छ त्यस्तै टर्छ।।
गजल– १,
मेरा प्रत्येक अक्षरहरू नेपालीका हित बनुन
देशका कुना कन्दारामा गुन्जीरने गीत बनुन ।
सधैँ धर्म सस्कृतिको संरक्षणमा जुट्न सक्ने
नेपालीहरूका हृदयमा जमिरहने प्रीत बनुन ।
लडन सकोस शब्दहरू अत्याचारको विरुद्धमा
दिन दुखीका खातिरमा हाम्राआँसु शीत बनुन ।
गजल– १,
जस्ले दोश लाए पनि सबै शुद्ध सम्झिएर
हिडन थाले मत अब पानी जस्तै सग्लिएर
बिझ्ने रैछन कोमल मनमा पनि काडाहरु
बिझे पनि झिकेकै छु उपकारी बन्दिएर
अति सुमधुर सम्बन्धमा तितोमिठो भएपछी
गल्ती केही नहुदा नि बुझाई गलत मान्दिएर
जस्ले दोश लाए पनि सबै शुद्ध सम्झिएर
हिडन थाले मत अब पानी जस्तै सग्लिएर ।
बिझ्ने रै’छ्न कोमल मनमा पनि काँडाहरू
बिझे पनि झिकेकै छु उपहारी बनदिएर ।
अति सुमधुर सम्बन्धमा तीतोमीठो भएपछि
गल्ति केही न हुँदा नी बुझाई गलत बन्दिएर ।
बितेका कुराहरु नसोधेकै भए हुने थियो
गहिराईमा पुग्न नखोजेकै भए हुने थियो
तितो अतितिले बिगार्छ वर्तमानलाई पनि
जानी जानी मलाई नरोजेकै भए हुने थियो
गल्ति भन्दा पनि गलत बुझाईहरु धेरै भए
रुखो बचनवाणले नघोचेकै भए हुने थियो
तिमीले मेरो लागि साडी छानेको नै मन पर्यो
मन पसन्दको रङ्गलार्इ जानेको नै मन पर्यो ।
मै नै थिएँ तिम्रो दिलमा बिझार्इ रुने घरिघरि
एकान्तमा सम्झाउँने वाँण हानेको नै मन पर्यो ।
रिसार्इ दिँदा पीर लाग्थ्यो, जीवन यात्रा कठिन् थियो
भीरमा खस्दा हात समाई तानेको नै मन पर्यो ।
काफिया र रदिफहरू कोर्दैछु म आजकल
एउटै एउटै लाग्छ, सागर,आकाश,र बादल
न केहि लेख्न सक्छु, न त, यसै बस्न सक्छु
उस्तै उस्तै हुन्छन रे कवि, प्रेमी, र पागल।।
धेरै धेरै आरोप सहनु पर्छ अघि अघि त बढेर हेर
अन्धकार लाई हटाईदिन्छ बत्ती आफै जलेर हेर
चरित्र हत्या सहनु पर्यो आदर्श नारी सीताले पनि
हिन्दु महाग्रन्थ रामायण एकपटक त पढेर हेर ।।
हातमै दियौ त्यो के अस्त्र थियोे
हेर्दा गजुरको जस्तो छत्र थियोे
जिज्ञासा्ले खोल्दै खोल्दै गए म
भित्र पितम्वर को बस्त्र थियो
अझै कौतुहलता छायो मलाई
के उपहार पाए यो शत्र थियो
तिम्रो माया मलाई धेरै भयो
गजलको पहिलो शेरै भयो ।
बिहानीमा आउछौ सधै सधै
तर, बोल्न मलाई बेरै भयो ।
मौनतामा म देखिएता पनि
मनमा तिम्रै नामको घेरै भयो ।
हातमै दियौ त्यो के अस्त्र थियो ?
हेर्दा गजुरको जस्तो छत्र थियो ।
जिज्ञाषाले खोजी गर्दै गए म
भित्र पितम्वरको बस्त्र थियो ।
अझै कौतुहलता छायो मलाई
के उपहार पाएको यो शत्र थियो ?
प्रचण्ड घाममा तिमिलाई छाहारी दिने छाता होईनर म ?
तिम्रो किताब रुपि जिन्दगी को सुरक्षा गाता होईनर म ?
पुर्णिमा को जून हौ भन्थौ मलाई,अहिले सुनमा झरिसक्यौ
नातै नपर्ने संग सम्बन्ध जोडदै सर्बश्रेण्ठ नाता होईनर म ?
सबै ठिक ठाक चाहिन्छ भन्छौ,श्रीमति जतिनी पाइन्छ भन्छौ
तिम्रा यी सुन्दर सन्तानहरुको ,ममतामही माता होईनर म ?
थोरै जीत अनि धेरै हार रहेछ जीवन
हर्ष र बिस्मात को धार रहेछ जिवन
सकरात्मक सोच्छु, नकरात्मक असर
संघर्ष नै संघर्षमा दिक्दार रहेछ जीवन ।
हिमाल,तराई,पहाडको सुन्दर हाम्रो देशमा
सजिन मन लाग्यो आज गुरुङको भेषमा
धर्म,भाषा,सस्कृती फरक फरक भए पनि
नछुटोस् है सहिष्णुता दाजुभाईको यसमा ।