सविना रेग्मीका ३ टुक्रा

Sabina, Regmi, सविना रेग्मी, pallawa , पल्लव

सविना रेग्मी

धब्बा बादलको र कष्टकरको चिर्दै उषाकाल भो
फाली निष्पट त्यो रवी किरणले धर्ती उज्यालो भयो
यस्कै लागि लडे यहाँ रगतको खोलो बगेको थियो
लाखौँको बलिदान स्वरूप यहाँ बल्दै छ रे है दियो।

धेरै संकटकाल पार पछिको आयो यहाँ आज यो
नेपाली जनको खुसी लहरको छायो यहाँ आज यो
यो हाम्रो खुसी संविधान जसरी आयो यहाँ आज यो
गर्छौँ स्वागत संविधान जसरी आयो यहाँ आज यो ।।

 

Continue reading