भरिया

Saran, kumar, Rai, शरण कुमार राई, pallawa पल्लव

शरण कुमार राई

फेरी पनि तिमीले बोलायौ
झोला देखाएर भन्यौ
कमरेड यो गणतन्त्रको झोला हो
गन्तव्यमा पुर्याउनु छ
झोला बोक्न तयार भए म
पहिला जस्तै झोला माथि तिमी बस्यौ
पहिला जस्तै भरिया म
झोलासंगै तिमीलाई बोक्न तम्सिएको म
तर मोटाएर धेरै गह्रौ तिमी ठसठसी गन्हायौ

 

Continue reading


म कहाँ एक्लै छु र ?

Saran, kumar, Rai, शरण कुमार राई, pallawa पल्लव

शरण कुमार राई

के तिमी एक्लै हिडिरहेका छौ ?
हो र , म एक्लै देखिन्छु
हिड्दा हिड्दै म एक्लै भएछु र हिडिरहेछु
बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु
भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिडेका थियौँ
खाना देख्दा झिनाझपटीमा छुट्टियौँ कि…
खान पाउनेहरूले छाडेर गए ; नपाउनेहरू पछाडि छुटे
पेट पाल्ने जीवन धान्ने बेइमानी युद्धमा
निर्मोही, निर्दयी अविरल यात्राको अन्तरालमा
म एक्लै भएँ कि… बुढो भए कि…
छट्टुहरू अगाडि गए, लाटाहरू पछाडि छुटे
अविरल यात्रा हिडाइमा म एक्लै भएँ कि…
तर खै, म कहाँ एक्लै छु र ?

 

Continue reading


किम्बदन्ती यती हिमतालको

Saran, kumar, Rai, शरण कुमार राई, pallawa पल्लव

शरण कुमार राई

देखेँ
सत्र वर्षकी युवतीको काखमा सानो नानी
भीख माग्दै सडकछेउ बसेकी तिनी
भनेँ, ‘नानी रोइरहेछ, दुध खुवाऊ’
‘यो नानी होइन मेरो लोग्ने हो’
सोध्छु, ‘कसरी यस्तो सानो नानी तिम्रो लोग्ने ?’
जवाफ दिन्छे, ‘ यो यती हिमतालको जलको फल !’

 

Continue reading


के जीवन नाटक हो ?

Saran, kumar, Rai, शरण कुमार राई, pallawa पल्लव

शरण कुमार राई

उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि उठेको साँचो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी ! मेरो सपना, चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकूँ म पनि (एकै पटक मात्र भए पनि ) पाउन सकूँ र दिन सकूँ । पति, छोराबुहारी, छोरीज्वाइँ , नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा, यति धेरै मान्छेहरूको बीचमा घेरिएर बॉचिरहेकी म ।

Continue reading