विवशका तीन मुक्तक

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

,विवश पोखरेल

पीडा
कहिले आफूले साँचेको समय दुख्छ
कहिले आफू बाँचेको परिवेश दुख्छ
ईश्वर किन बनायौ दुखाउन कमजोर मुटु
उफ ! कहिले गाउँ दुख्छ, कहिले देश दुख्छ ।
देशदंश
एक हूल स्यालहरू सेतो ठुलो घरभित्र पसेछन्
पल्याकपुलुक हेर्दै रित्ता कुर्सीमाथि बसेछन्
खस्रो पीँधमा मलमलको धोती बिझाएछ क्यार
जुरुक्क उठ्दै सिङ्गै देशलाई डसेछन् ।

 

Continue reading


दाउरा

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

लघुकथा
घरमा कोही नभएका बेला बाहिर निस्कन लागेको नातिले विरामी हजुरबाको हातमा चाबीको झुप्पा दिदै भन्यो -हजुरबा, म दाउराको कुपन लिन जाँदैछु, यो चाबी आमा आएपछि दिनु होला है ।
-अनि कति दाउरा ल्याउछस बाबू ? हजुरबाले सोधनु भो ।
– एक क्विन्टल त दिन्छ हजुर बा सरकारले , त्यही भए पनि ल्याउनु पर्यो नि ! नातिले थप्यो ।
– अनि नाथे एक क्विन्टलले पुग्छ त ? तेरी हजुरआमालाई पोल्दा त चार क्विन्टल लागेको थियो । हजुर बा गम्भीर हुनु भयो । उहाँलाई लाग्यो, अहिलेको नाकाबन्दी, बन्द, हडतालले गर्दा छोराहरुले बाबुको अन्त्येष्टिका लागि समयमा नै आफूलाई चाहिने दाउराको जोहो गर्न लागे

 

Continue reading


बाँदर आतङ्क . . . . .

Book- bjbash

Bibash, Pokhrel1, विवश पोखरेल, pallawa, पल्लव

विवश पोखरेल

आफ्नै घर भत्काएर
एक हुल बाँदरहरू सहर पसेका छन्
खबरदार मान्छेहरू †
घर बाहिर ननिस्कनु
फेरि कफ्र्यु लाग्न सक्छ
अनाहक बाँदर आतङ्कले
एउटा शान्त बस्ती तहसनहस हुनसक्छ
पुनः असङ्ख्य छोराहरू –
अनायास हराउन सक्छन् ।
थरी–थरीका छन् बाँदरहरू
बाँदरको रङ्ग बेग्लै छ ÷जात बेग्लै छ
छुल्याइ बेग्लै छ ÷ उत्पात बेग्लै छ
बाँदर युद्धमा सधैं मान्छेहरू
सास्ती भोगिरहेछन् ÷सन्त्रास भोगिरहेछन्
कहिले मान्छेका –

 

Continue reading


ऊसँगको भेटमा…

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

व्यस्त सहरको एउटा कुनामा
अनायास भेटें उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्का छेउमा–
चाइनिज ब्याट्री, ग्यास लाइटर
र केही चुरोट सलाई
सोधें ठूली, कसरी चल्दैछ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।

 

Continue reading


विवश पोख्रेलका केही मुक्तकहरूः

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

विवश पोखरेल

तिम्रो सुन्दर रूप हेरेर कहिले रात लजाउँछ
तिम्रो अधरको मुस्कानसँगै प्रभात लजाउँछ
विन्ती † छाता फ्याँकेर यो झरीमा नरूझ्नु प्रिय
तिमीलाई देखेपछि झर्दाझर्दैको बर्सात लजाउँछ ।

अनागरिकको खल्तीमा सहजै नागरिकता भेटिन्छ
धर्मको विवादमा बाइबल, कुरान र गीता भेटिन्छ
हरे ! कति अभागी छौं हामी , कति निरीह छ देश
जहाँ सधैं, डराइरहेको बुद्ध र रोइरहेकी सीता भेटिन्छ ।

 

Continue reading