लक्ष्मी पाण्डेका केही मुक्तकहरूः

Laxmi, Pandey, लक्ष्मी पाण्डे ‘दीपिका ’ , pallawa पल्लव

लक्ष्मी पाण्डे ‘दीपिका ’

संविधान आएपछि देशको बिकास होस
हरेक समस्याहरुको सहजै निकास होस
बर्षौं देखिका जनताका चाहानाहरुलाई
समेट्दै अघि बढ्ने अधिकार होस ।।

दुख नि कति भोग्नु परेको हो जिन्दगीमा ।
सुख नि कति खोज्नु परेको हो जिन्दगीमा ।।
जति सोंच्यो त्यति भावुक बनिदिन्छ समय
यसैले कठोर दिल रोज्नु परेको हो जिन्दगीमा ।।

 

Continue reading


गजल

Laxmi, Pandey, लक्ष्मी पाण्डे , pallawa पल्लव

लक्ष्मी पाण्डे

अब केहि होलाकी आश छ
मन भरी सपनाको रास छ ।।

छोरो अब बिदेश पस्यो,
केहि गर्लाकी आश छ ।।

पानी चुहिने छानो मुनि,
दुखी आत्माको बास छ ।।

 

Continue reading


लक्ष्मीका केही मुक्तकहरू

Laxmi, Pandey, लक्ष्मी पाण्डे , pallawa पल्लव

लक्ष्मी पाण्डे

सुक्सुकाउँदा आँखाबाट जति आँशु झारे पनि,
दु:ख समन आफै गरि सुख उनलाई पारे पनि,
जस जति उनकै भो अपजस आखिर मेरै शिरमा,
सत्यताको दिवालमा छु कर्म मेरो हारे पनि ।।

यो देशलाई माया गर्ने एक सच्चा सपुत थियौ
आँखामा राख्दा नबिझाउने एक बिभुत थियौ
नेपाल आमाको मुटुनै छिया-छिया हुने गरि
नेपालीलाई सदाका लागी टुहुरो पारेर गयौ ।।

 

Continue reading