बाँझै छन खेत र बारि भत्किएर गए आलीहरू
अन्न छैन भकारिमा छटपटिदै छन थालीहरू।
बुढाबुढी मात्रै छन गाउँमा खन्ने जोत्ने कोही छैन
गाई गोठको कुना तिर खिई राहछन फालीहरू।
चौतारीमा छाहारी छैन भरियालाई सितल दिने
पिपलु र वर रुँदै छन चोईटियर डालीहरू ।
बाँझै छन खेत र बारि भत्किएर गए आलीहरू
अन्न छैन भकारिमा छटपटिदै छन थालीहरू।
बुढाबुढी मात्रै छन गाउँमा खन्ने जोत्ने कोही छैन
गाई गोठको कुना तिर खिई राहछन फालीहरू।
चौतारीमा छाहारी छैन भरियालाई सितल दिने
पिपलु र वर रुँदै छन चोईटियर डालीहरू ।
जहाँ नारिको सम्मान हुन्छ
त्यहाँ समाजको सान हुन्छ ।
जे पनि नभन पिठ्युँप पछि
भित्ताको पनि कान हुन्छ ।
इज्जत देउ र इज्जत लेउ
सुख सान्तिको भान हुन्छ ।
अजिङ्गर झैँ छिमेकिले घरिघरी डस्यो हजुर
अभिनय मित्रताको पेटमा छुरी धस्यो हजुर ।
समयमा दार्इ बनेर भाईको नाता लगाउँदै
आफ्नो औकात देखाउँदै सीमा भित्रै पस्यो हजुर ।
अन्तर्राष्ट्रिय कानुन त कागजमा नै सिमित भयो
नेपालीको खेत बारीमा टेन्ट हालेर बस्यो हजुर ।
निमुखाले पेट भोर्ने आटो चाहियो सरकार
पीडित नाङ्गै भाछन लुगा फाटो चाहियो सरकार ।
पुर्व पश्चिम मोनोरेल भन्दा अहिले भरियालाई
भारी बोकि हिड्ने राम्रो बाटो चाहियो सरकार ।
सबै जानेकोछु भन्दै जन्ता ठग्ने भन्दा बरु
मेरो गाउँमा नेता चाहिँ लाटो चाहियो सरकार ।
“गजल”– १,
जस्तो समय त्यस्तै मोड लियो जिन्दगिले
अलग अलग परिभाषा दियो जिन्दगीले।
च्यातिएर धुजा धुजा भाको यो मुटु लाई
जोडगाँस गरि अाँफुले नै सियो जिन्दगिले।
नियतिको जटिलता र संघर्षको भुमरिमा
सपना साकार पार्न खोज्या थियो जिन्दगिले।