खुसी दिन सकेकोमा परिराछु दङ्ग,
टाढा–टाढा रहेकाछौं छैनौँ आफैँ सङ्ग।
मित्रताको डोरी सधैँ सम्भालेर राखौं,
कल्पना मैँ फलाएको हाम्रो यो उमङ्ग ।।
तिमी मेरो जिवनको, अजिज मित्र थियौ
नसोचेको खुशी मलाइ, तिमीले नै दियौ।
तिमीभित्र मित्रता र, प्रीत नै प्रीत रै’छ
अनायसै यो जीवन पो उपहारमा लियौ ।।
