गजल

Bimala, Karki, Karkee, karky, Thapa, बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

आनन्दकै निन्द्रा प्यारो गुन्द्री सानो भएपनि
आफ्नै आँगन स्वर्गबरु चुहुने छानो भएपनि

आँखा भिजाइ अरुको दया मुरी भर्नु भन्दा
पाखुरिकै पसिना मिठो मानो भएपनि

भोक सँग युद्ध गरि धर्तीमा निदाउनेले सधैं
जुनलाइ टेक्ने सपना देख्छ कानो भएपनी

 

Continue reading


गजल

Bimala, Karki, Karkee, karky, Thapa, बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

निकै भाउ खान्छौ किन कमाउन थालेदेखि
आफू ठुलै ठान्छौ किन कमाउन थालेदेखी

हिजोसम्म एकजुम खैनी मागी खाने तिमी
आज सुर्या तान्छौ किन कमाउन थालेदेखि

छोड्याछैन हामीलाई ढिंडो फापर गुन्द्रुकले
डिस्को बार जान्छौ किन कमाउन थालेदेखी

 

Continue reading


विमला कार्की का जोर गजल

Bimala, Karki, Karkee, karky, Thapa, बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

गजल– १,
तिम्रो इच्छा भर्दा भर्दै खाली भएछु म
रुपकै वरिपरि घुम्ने माली भएछु म

कस्तुरी झैँ तिम्रो माया कहिलै नभेटिने
गौंडो गल्ली चहार्दैमा काली भएछु म

पवन बन्ने चाह राख्यौ बादल भएँ फेरि
साथ पाउने बहानामा जाली भएछु म

 

Continue reading


गजल

Bimala, Thapa, Karki,बिमला थापा कार्की, pallawa, पल्लव

बिमला थापा कार्की

एक्लै डुङ्गा ख्याउँदा दुबै हात गलेपछि
संघर्षको उर्लदो भेलमा आँधी चलेपछि

अभ्यासका छविहरू नहुर्कदै मरे आज
भावनामा संङ्किर्णताको रंग दलेपछि

मनभित्रका सबै चित्त विवेक रित्ता भए
सहासमा पिडाजनित चिन्तन मलेपछि

 

Continue reading