दोस्रो प६क प्रकाशित
नेपाली काव्य(महाकाव्य रचनाका दृष्टिले आदि महाकाव्य जन्माउन सक्षम भूमि गण्डकी अञ्चल हो । आदिकवि भानुभक्त आचार्यको कालजयी कृति रामायण महाकाव्य यसै धर्तीको उपज हो । यो अञ्चल साहित्य सिर्जनाका दृष्टिले मात्र होइन, महाकाव्य जन्माउनका लागि पनि उर्वर भूमि बन्न सफल रहेको छ । यहाँका कविहरूमध्ये एउटौले ६–७ वटा सम्म महाकाव्य लेखेर यस युगका पाठकलाई चकित बनाएका छन् । यस क्षेत्रका यस्ता केही महाकवि, महाकाव्य र महाकाव्य समकक्षी रचना प्रकाशित भएका वा अप्रकाशित अवस्थामा रहेका व्यक्तिहरूको सङ्क्षिप्त कालक्रमिक दिर्ग्दर्शन गराउनु यस लेखको उद्देश्य रहेको छ ।
उदयानन्द अर्ज्याल (१८१३(१८९३)
