मेरी अकासकी जुनलाई भेटें
जस्को तलास थ्यो उनलाई भेटें
थें अस्पतालमा प्रितको भै रोगी
सुख्खा थिए नशा खुनलाई भेटें
लर्के उमेर नै अलिनो थ्यो यार !
खोज्दै थिएँ कमी नुनलाई भेटें
मेरी अकासकी जुनलाई भेटें
जस्को तलास थ्यो उनलाई भेटें
थें अस्पतालमा प्रितको भै रोगी
सुख्खा थिए नशा खुनलाई भेटें
लर्के उमेर नै अलिनो थ्यो यार !
खोज्दै थिएँ कमी नुनलाई भेटें
जून छैन घाम छैन आज देशमा….
भोर बस्न ठाम छैन आज देशमा…
दाजु छैन बाबु छैन दूर छन् सबै
पत्र लेख्न खाम छैन आज देशमा…
भाइ डिग्रि पढ्छु भन्छ जान्छ क्याम्पस
पास गर्छ काम छैन आज देशमा…
कहाँ थिए र कठीनका ती आग्रहका कुरा…
बुझें बुझें सजिलै बुझें ! पूर्वाग्रहका कुरा…
अमूक थे र अमूर्त थे टेढा मत लेखका
पढें गुनें अनि पो बुझें ! दूराग्रहका कुरा…
नसोध भो कसरी मिले बोली समस्वरका ?
अनेक थे तर एक थे ! एकाग्रहका कुरा…
जिवन दैबले दिलायो मलाई…
विष पियारले पिलायो मलाई…
भुइँ न बोटको भएँ पात जस्तो
र त फुकाइले हिलायो मलाई…
प्रणय रोगले दियो काँ र बाँच्न
बरू सराबले जिलायो मलाई…
थिइन् यौटी लजाउने हदै राम्री…
झुकी आँखा उठाउने हदै राम्री…
थियो पूरा सराब झैँ कडा रूप
नशा सुँघ्दै गिराउने हदै राम्री…
थिए राम्रै उसो त त्यो पँधेरीमा
लुगा फेर्दा चियाउने हदै राम्री…
प्रित सागर झैं भए दिई दिन्छु…
बिष सागरमा भए पिई दिन्छु…
म त पत्थर प्यारको तिमी झर्ना
जल पत्थरमा बहे ! खिई दिन्छु
जति धुक्धुक छन् समेट्छु छातीमा
मुटु फुट्छ भने फुटोस् ! सिई दिन्छु…
माया र माटो रैछ उस्तै साथी यसरी हौं…
हावा र पानी साथ आए ढुङ्गा टपरी हौं…
यो प्रेम जित्ने मैदान हो हार्ने छ जमाना
मानौं कि हामी युद्ध लड्ने सेना प्रहरी हौं…
यात्रा छ लामो लाग्छ यस्तो स्टेसन छैन
होस् रेल माया रेल गुड्दा हामी पटरी हौं…
प्यारो लाग्यो प्राणभन्दा चोलाचेको माया…
आफ्नोभन्दा धेर लाग्यो कुम्बाचेको माया…
यो छातीमा हात राखी नेपाली भै छामें
आत्माभन्दा रैछ ठूलो खोङ्माचेको माया…
को स्वदेशी को विदेशी छोराछोरी जम्मै
आमाको झैं रैछ न्यानो इम्जाचेको माया…
पयर भन्थे चिप्लोमा परें म…
नजर भन्थे उत्तानो लडें म …
जुन सखा थ्यो व्यापारी बनेछ
ट्रक चढ्यो ऊ छानामा चढें म…
सहर उस्कै मोहल्ला उसैको
र त उसै काँ भाडामा बसें म…
रमाएँ थें परौठाको थाल भेट्दा…
चपाएको थुकें जम्मै बाल भेट्दा…
म भोकै थें पुगें यौटा रेस्टुराँमा
फिरें भोकै रिकापीमा र्याल भेट्दा…
निलेको थें समोसाको एक टुक्रा
मुखै सड्क्यो छुचुन्द्राको खाल भेट्दा…
हाम्मो बाको काम छैन…
के पो खाऊँ माम छैन…
काले भन्छन् ठालु आई
प्यारो लाग्ने नाम छैन…
पढ्ने लेख्ने के गरी हो
कापी किन्ने दाम छैन..
मरे झैं बनायो कसैले…
दबाई खुवायो कसैले…
म हाँसेर फर्कें सखा हो
चितामा हँसायो कसैले…
थिए शंख फुक्ने मलामी
सनाई बजायो कसैले…
म रात सरी थिएँ र रात म झैं भयो…
म दीपक झैं बलें प्रकाश म झैं भयो…
म शीत हुँ के भयो ? उठाउँछ भानुले
म शीत सँगै उठें ! बिहान म झैंभयो…
म प्युँछु त भन्दछु पिइन्छु म सधैं !
पिएँ जब यो मनै सराब म झैं भयो…
फुट्दो रहेछ ऐना फुट्दा मात्र होस आयो…
ऐना रहेछ माया टुट्दा मात्र होस आयो…
धागो लगेर बाँधें ! भाकी प्रेमको निसानी
काँचो रहेछ धागो चुँट्दा मात्र होस आयो…
माया लुटिन्छ भन्थे पत्याएँ कहाँ र मैले
ऐले सिरीखुरी नै लुट्दा मात्र होस आयो…
बीभत्स रसमा गजल किन नलेख्ने ? यो मेरो प्रश्न हो ??
रमाएँ थें परौठाको थाल भेट्दा…
चपाएको थुकें जम्मै बाल भेट्दा…
म भोकै थें पुगें यौटा रेस्टुराँमा
फिरें भोकै रिकापीमा र्याल भेट्दा…
निलेको थें समोसाको एक टुक्रा
मुखै सड्क्यो छुचुन्द्राको खाल भेट्दा…
जब चोट लाग्न थाल्छन् ! तब दूर जान्छ मान्छे…
जति दूर जान्छ मान्छे उति आफ्नु लाग्छ मान्छे…
यति भूल गर्छ उस्ले कि सजाय छैन जस्तै
जब भूल याद हुन्छन् तब देव भाक्छ मान्छे…
हर भोक बन्छ आगो बरु खप्न सक्छ ऊ त्यो
जब प्यार बन्छ आगो मुटु बाल्न थाल्छ मान्छे….
तँ मलाई एक शब्द दे म तँलाई कविता दिन्छु…
जसरी दे एक बूँद दे ! म तँलाई सरिता दिन्छु…
म जमेको पोखरी भएँ कण उड्ला जब हावामा
हिमगिरी पुग्न मात्र दे झरनाको रमिता दिन्छु…
म बाँझो हूँ एक नम्बरी अब जोती मल राख्छु मै
गुणकारी बीज मात्र दे ! म तँलाई पपिता दिन्छु…
तिमी त कस्तो उपीयाँ जस्तो सकसके पो रहेछौ…
यता नि सर्छौ उता नि सर्छौ ! चकचके पो रहेछौ…
म बीस बर्से जवान केटी ! नगर भो झेल यस्तो
तिमी त बच्चा भुल्याउने त्यो छकछके पो रहेछौ…
सवाल केही गरौँ भनेको कति थिए भूल मेरा ?
जबाफ तिम्रा रहे अधूरै ! भकभके पो रहेछौ…
रक्तझण्डा उच्च राख्ने पुर्खावली भुल्यौ भने…
चन्द्रसूर्य अस्त होलान् पुस्तावली भुल्यौ भने…
वीरगाथा शब्दमा छन् पढ्नेहरू यसै भन्छन्
मेटिने छन् कोशबाटै शब्दावली भुल्यौ भने…
देश भन्दै प्राण दिन्थे पुर्खाहरू सधैं हाम्रा
प्रेरणा यो मर्छ सारा वंशावली भुल्यौ भने…
बाटो कता हो ? जिन्दगीको…
बाक्ल्यो तुवाँलो जिन्दगीको…
जल्दै छ चूल्हो लाजगाल
डढ्दै छ भाँडो जिन्दगीको…
पैसा र माया दाउमा छन्
के हो पियारो जिन्दगीको…