१ सबैभन्दा पहिले लघु र गुरु वर्ण वा अक्षर केके र कुनकुन हुन् भनेर चिन्ने ,
जस्तैः क, ख, ग, घ, अ , इ , उ अादि साउँ अक्षर र ह्स्व उकार र इकार लागेका लघु हुन्छन् । त्यस्तै का, खा,खी, घू , अा, दी, ए, कै , ताै , तो अादि दीर्घ मात्रा वा अन्य मात्रा लागेका गुरू वर्ण हुन्छन् । जुनसुकै छन्दमा पनि अन्तिम अक्षर लघु वा गुरू जे भए पनि त्यसलाई गुरु (दीर्घ) नै मानिन्छ । अाधा अक्षर अगाडिका अक्षरले तान्छ भने अघिल्लो अक्षर ह्रस्व (लघु) भए पनि त्यो दीर्घ (गुरु) बन्दछ । जस्तैः कन्या यस शब्दमा क लघु भएतापनि न अाधा अक्षरले कन् अक्षरलाई दीर्घ बनाएको छ ।
वासविन्दु वा विसर्ग लागेको अक्षर पनि दीर्घ मानिन्छ जस्तै :
अत: ।दु: ख ।
शिरविन्दु लागेको पनि दीर्घ मानिन्छ जस्तै :-
शंख ।संकोच ।संबन्ध ।संध्या ।संचार ।
क्ष त्र ज्ञ यिनी तीन संयुक्त वर्णभन्दा पहिला रहेको अक्षर पनि दीर्घ हुन्छ :-
विज्ञ ।सत्र ।कक्षा ।आदि ।
