म योद्धा हुँ
थाहा छ
जीवनमा अनन्त दृश्य
असिमीत लक्ष्य
कसैले टपक्कै टिप्न सक्छ मलाई
तर पनि,
निस्फिक्री मुस्कुराइरहेकी छु,फूलसरी?
तिमी जे भन फिक्री छैन
म त फूल हुँ!
मनको नाबीबाट
टुसाएको चाहना
अनगिन्ति खुसीहरू भेट्टाउन
म युद्धमा निस्किएकी योद्धा हुँ
र सपनाहरूसँग फुल्छु
तिमी जस्तै रङ्गीन बनेर!
