हिड्दै गाउँ पुगेर एक घरमा आ ! लोचना देखियो
साह्रै भोक थियो र त्यै घर पसें आलो चना देखियो,
मागें थोर चना ममाथि उनकै आलोचना देखियो
जे होस् तैपनि आज तृप्त छ यहाँ आ-लो-चनादेखि यो |
आफ्नो पूर्ण कला प्रदर्शन हुने ठावै नपाईकन
रच्ने ईश्वर हुन् कि कालिगड हुन् ? ढाचा पुर्याईकन |
पाए रंग कहाँ अलौकिक यहाँ लाली गुलाबीपन ?
तश्मात् ईश्वरको रहेछ रचना आ! लोचना लोचन |
