वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।
(अनुष्टुप्का १७६० श्लाेकमा सिर्जित सरल काव्य)
प्रारम्भ
समिक्षित कृतिका कृतिकारः रामप्रसाद ज्ञवाली
डा. राम्रसाद ज्ञवाली नेपाली साहित्यका एक चर्चित व्यक्तित्व हुन् । यिनको ‘औँसीका फूलहरू’ उल्लेखनीय महाकाव्य हो । शास्त्रीय छन्दमा भाव, विचार, कला र शिल्पी सबै पक्षबाट हेर्दा समकालीन कविहरूमा डा. ज्ञवाली अग्रपङ्तीमा देखिन्छन् । डा. ज्ञवाली कवितामा अष्टकला ः १. भाषाशैली, २. भाव र लय, ३. रस, ४. अलङकार, ५. विचार र तर्क, ६. परिवेश, ७. आख्यान र ८. कल्पनालाई निर्धक्क प्रयोगमा ल्याउन र तानाबाना बुन्न माहिर मानिन्छन् । वि.सं २०५० को दशकलाई नेपाली महाकाव्यको स्वर्णयुग भनिन्छ । यस दशकमा शास्त्रीय छन्दमा अत्यधिक महाकाव्यहरू लेखिए अनि छापिए पनि । ५० को दशकको शुरुमै जोशिला जाँगरिला केही युवाहरूले महाकाव्यको लेखन शुरु गरे ।