मेरो डिम्पलको पासोमा नपर तिमी
डिम्पलको खाल्डोको शक्ति कति छ
डुबेपछि उत्रनै नसकौला
प्यास मेटाउने मात्र होइन
अमन होला
तिमीलाई थाहा छ नि
डुबेकालाई उतार्ने होइनन्
शिखरमा पुगेकालाई पछार्ने पाइन्छन् यहाँ
झिना मसपना पासामा परेर
जीवन बर्बाद नपार
मैले भनिन र बारम्बार
तर तिमी
यही खाल्डोमा जाकियौ रे
मलाई दोष दिँदै हिँड्छौ रे
अनि त्यही डिम्पलको जालमा पारी भन्दै
मलाई सराप्दै हिँड्छौ रे
बेलामा सजग हुनु भनेकै होइन र?
