गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

आउँछु भन्छ मोरो आउँदै आउँन्न
फोन गर्दा समेत उठाउदै उठाउन्न ।

यस्तै भन्छिन् मेरि आमाले मलाई
टाउकोमा चस्मा सुहाउँदै सुहाउँन्न ।

काम सघाउने मान्छे चाहियो अरे
खोजे जस्तो बुहारी पाउदै पाउन्न ।

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

मनको कुरा मनभित्रै फाटेपछि सक्किगो नि
धनसँग सिङ्गो जीवन साटेपछि सक्किगो नि ।

तीतामीठा शब्दहरू बोल्दा बरु ठिकै हुन्थ्यो
घरीघरी सारा दिमाग चाटेपछि सक्किगो नि ।

जस्तो फेसन आएपनी जति सोझो भएपनी
छोटोभयो भन्दै लुगा काटेपछि सक्किगो नि ।

 

Continue reading


पन्ध्र अक्षरिय `गजल´

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

फूल होइन मलाई प्रिया पाती दिनुपर्छ
अब छिट्टै बा´आमालाई नाति दिनुपर्छ ।

साथिभाईका छोराछोरी हुर्की सके हेर,
मलाई पनि यौटा छोरो जाती दिनुपर्छ ।

अनायासै आजभोलि केके हुन्छ मलाई,
खादै खान्न दिउँसो खाना राती दिनुपर्छ ।

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

सोझो बनी कामै छैन झगडालु बन्छु अब
दूध पान गरि साच्चै हो बिषालु बन्छु अब ।

एकोहोरो कराउने स्यालहरु सम्झी सम्झी
बाघको सामु स्याल नभई भालु बन्छु अब ।

ज्ञानी,नम्र,मलिन हुँदा केही भएन आखिर
भगवान कसम तिम्रै अघि ठालु बन्छु अब ।

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

अन्लाईन हुँदा गोप्य कुरा अर्कैसङ्ग गरिन्छ कि
यस्तो लाग्छ आजभोलि तिम्रो नभै मरिन्छ कि

कयौं थिए इच्छा मनमा कयौं थिए रहर मनमा
मेरो मनको इच्छा, रहर लाग्छ अझै टरिन्छ कि

सधैं मेरो राजा भन्थ्यौ सधैं मलाई माया गर्थ्यौ
लाग्छ अझै सुट्ट छोडी अन्तै बसाई सरिन्छ कि

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

कतै हर्ष उल्लास ल्याएर आयो
कतै फेरि बिष्मात आई उडायो ।

कतै आज कोही छ भोको र नाङ्गो
कतै मोज मस्ती सबैले मनायो ।

नयाँ सालको यो नयाँ माल भन्दै
बिदेशी दलाली सबैले उठायो ।

 

Continue reading


२८ औं शुभ जन्मोत्सव´

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

जन्में रे म वसन्तको समयमा जन्में अरे प्रातमा
प्यारो पाटन, बैतडी नगरको एकान्त संसारमा
हुर्केको पहिलो`चिनाड´घरमै सम्पुर्ण सम्पन्नले
हो सत्ताइसको भएछु अहिले यो साल आनन्दले।।१

चैते घाम ,प्रभातको किरणले न्यानो थियो बैतडी
थ्यो रंगीन वसन्तको सुरु भयो झन् रंगियो बैतडी
वासन्ती शनिबारको दिन रवि सानन्द मुस्काउँदा
जन्म्यो`गौरव´त्यै बिहान घरमा धर्ती उज्यालो हुँदा।।२

 

Continue reading


गजल

Gajendra, Awasthi, Gaurav, ‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎ , pallawa, पल्लव

‎गजेन्द्रप्रसाद अवस्थी गौरव‎

सुन खानी तामा खानी फलाम खानी बैतडीमा
के को कमि भन्छ्यौ भन प्यारी नानी बैतडीमा

कोदो फल्ने मकै फल्ने धान तोरी फापर फल्ने
पहाड्मै छ चिसो चिसो मूलको पानी बैतडीमा

कहाँ जान्छन् केके खान्छन् पाहुना र साथीहरू
साह्रै मीठो मिठो भन्छन् छानी छानी बैतडीमा

 

Continue reading