हृदय लेकालीका केही हाइकुहरू

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

(मनका झिल्माहरू):-
१ मैले भेटिनँ
तिमीले भेटिहाल्यौ
मेरा कम्जोरी ।

२ सात घुम्ती भो
एकाएक अचेल
हाम्रो सम्बन्ध ।

३ न टिप फूल
फूलको डालीबाट
फूल दुख्छ कि ?

 

Continue reading


हृदय लेकाली का चार गजल

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

बहरबद्ध गजल– १,
न भएँ वरको न भएँ परको
अति लौ म भएँ न कतै घरको ।

न भयो महलै न त भो पहलै
न छ खै बसने झुपडी खरको ।

सपना नभई विपना नहुने
अधुरो सपना छ कहाँ भरको ।

 

Continue reading


निर्मलाको पुकार . . . . .

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

आमा म बाँच्न पाईनँ तिम्रो त्यो काखमा सधै
बाबा म हाँस्न पाईनँ तिम्रो त्यो साथमा सधै
बहिनी भाइ भन्नै म पाईनँ दुष्ट हातमा
वरपर कतै केही सम्झिनँ मृत्यु रापमा ।

मेरो यो ज्यानमा के के गरे वेहोश भैदिएँ
सारा हर्कत भ्याएर फाले मूर्दा म भैदिएँ
फालिए छु म निस्प्राण उखु घारी यतैतिर
जन्मनु दोष मेरो भो आमा नमान्नु है पिर ।

 

Continue reading


“कर”

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

जन्ताको ढाड सेकेर सर्कार कर लाद्दछ
गरिब निमुखा सोझा जन्ताको ढाड भाँच्दछ
छैन उपाय केही नि बाँच्न गाह्रो छ जीवन
काटेको घाउमा नून चुकले पोल्छ जीवन ।

जन्ता नहाँस ढुक्कैले हाँसेमा कर लाग्दछ
कोही नबाँच दीर्घायु बाँचेमा कर लाग्दछ
रुनु हुन्न यहाँ रोए आँसुमा कर लाग्दछ
कोही नमर्नु एक्कासि मरेमा कर लाग्दछ ।

 

Continue reading


हृदय लेकाली का केही हाइकुहरूः

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

कुन्नि किन हो
काँढा र सिस्नो लाग्छ
यो मन् अचेल ।

भो टाढै बस
के थाहा नजिकिँदा
मन् टाढिएला ।

खहरे खोला
उन्मत्त बैँस लाद्छ
नतिजा शून्य ।

 

Continue reading


हृदय लेकाली का एकजोर गीत

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

१)  भाँचिएछ हाँगा !!
आँसु खस्ने आँखा देखेँ पानी खस्ने छाँगा
टेक्न खोज्दा जिन्दगीको भाँचिएछ हाँगा !!

नियतिले गाँजे पनि हाँस्नु पर्छ भन्छन्
पीर व्याथा जे परे नि साँच्नु पर्छ भन्छन्
पीर जति खाँदे पनि भरिएन टाँगा
टेक्न खोज्दा जिन्दगीको भाँचिएछ हाँगा ।

 

Continue reading


‘गुजरात’

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

सलहले आकाशै ढाकेर उडे झै
बाटै ढाकेर गुड्छन गाडीहरु
शहरको कुन कुना हो त्यो पत्तै लाग्दैन यहाँ
मान्छेहरु हरबखत साह्रै ब्यस्त छन्
ठूल्ठूला महलहरु आकाशको दूरी छोट्याउने गरि उभिएकाछन्
सडकमा पुलिस छन् छैनन्
कसैलाई थाहा छैन
बस् छन् भने यहाँ
छाडा गाईगोरु भैंसी र टाटेपाङ्ग्रे कुकुरहरुछन्
केम छे भन्दै कुराकानीको थालनी गर्छ अहमदावाद

गुजरात

 

Continue reading


“सर्कार सम्झिनु”

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

खाल्टा बाटा धुलाम्मे ती देखे सर्कार सम्झिनु
पानी जहाज हावामा देखे सर्कार सम्झिनु
घरमा ग्यासको पाईपै देखे सर्कार सम्झिनु
सप्नामा रेल गाडी क्यै देखे सर्कार सम्झिनु ।

तस्कर सुनका भेटेमा जन्ता सर्कार सम्झिनु
लस्कर नूनका देखेमा प्रजा सर्कार सम्झिनु
महँगीले थलापारे गुणी सर्कार सम्झिनु
करको भारले ढाडै सेके सर्कार सम्झिनु ।

 

Continue reading


हृदय लेकालीका जोर कविता

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

१) “ए सरकार”
पानी जहाज रेलैको मात्र भो सपना यहाँ
कामभन्दा कुरै ठूला सिन्को नभाँचिने यहाँ
सत्ता बाहिर यौटा कुरा सत्ता छिरेसि फेरिने
यस्तै तुच्छ विचारैले हो नि संकट घेरिने ।

युवा शक्ति विदेशैमा यहाँ बालक बृद्ध छन्।
रेमिट्यान्स छ आधार नयाँ आधार ठप्प छन्
बढ्दो छ मूल्य भाऊ महँगीले बाँच्न धौ भयो
सरकार छ या छैन यहाँ कठिन पो भयो ।

 

Continue reading


केही हाइकुहरू–मनका झिल्काहरू

१)

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

पूर्वको घाम
त्यै हराएछ क्यारे
चियाबारीमा।

२) डोली अन्मायौँ
जाऊ है छोरी घर
अरुण तेश्रो ।

३) तुईन भन्छ
रेल ,पानी जहाज
मुखैले आयो !

 

Continue reading


हृदय लेकाली का तीन कविता·

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

प्रिय तिमी आउँछौ र ?
हाम्रा फाटेका मनहरूमा ।
हाम्रा खण्डहर वस्तीहरूमा ।
धेरैचोटी आयौ गयौ
र पनि
हाम्रा मनमा अलिकत्ति राहत महशुस भएन
हाम्रा बस्तीमा कहीँ कति उज्यालो घाम झुल्केन
पुराना ,अर्दना र जीर्ण आकाँक्षा साकार भएनन्
तिम्रो आगमनमा कत्ति हौसियौ हामी
कसैलाई नसोध भो हामी कति पुलकित थियौ
तिम्रो आगमनमा हामीहरू बारम्बार
हामीले तिमीलाई मनको ढोका नखोलेको होइन
हामीले तिमीलाई आउन कुनै बन्देज गरेनौँ
र त तिमी ह्वात्त आयौ
तिम्रो उपस्थिति सर्व शुलभ भएन
हाम्रा लागि –

 

Continue reading


. . . हिजोआज किन

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

रित्तो लाग्छ मन पनि हिजोआज किन
दङ्ग लाग्छ पन पनि हिजोआज किन ।

लालुपाते फूल खस्यो हेर्दा हेर्दै छिन
झुल्के घाम कता लुक्यो भेटिदैन दिन
खोसियो कि प्रकृतिको रुप भयो हीन
दङ्ग लाग्छ पन पनि हिजोआज किन।

वनपाखा फुल्ने फूल अचेल देख्दिनँ
वासन्तीको रमझम खै कतै भेट्दिनँ
दिनदशा शुरु भयो मान्छे आफै चिन
दङ्ग लाग्छ पन पनि हिजोआज किन ।

 

Continue reading


मेरो कविताको मरण

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

म भाव शून्य छु
यति बेला
म अर्घचेत छु
यति बेला
मेरो कविता पोष्ट मार्टमको निम्ति
मूर्दा घरमा डङरङ पल्टिएको छ
यति बेला
©©©©
पानी पानी भनेर
छटपटियो कविता
म मेलम्ची पुग्न सकिनँ
बचाऊ बचाऊ भन्दै
अस्पताल खोज्यो कविता
म ग्राण्डी ओम पुग्न सकिनँ
सुईथ्थ भाको सबै श्वास फाल्दै–

 

Continue reading


हृदय लेकालीका जोर गजल

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

गजल– १,
सिउँदोमा छैन सिन्दूर नरोऊ मेरी दिदी
पाइन्यौ खुसी भरपूर नरोऊ मेरी दिदी ।

भाग्यले भनौँ कि खै नियतिले ठग्यो
इच्छा भए चकनाचुर नरोऊ मेरी दिदी ।

सम्हालिनु पर्छ दिदी जस्तै जे परे पनि
हिँड्नु पर्छ आफ्नै सुर नरोऊ मेरी दिदी ।

 

Continue reading


केही हाईकुका झिल्काहरूः

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

देख्नै पर्ने हो
आफ्नै अघिको मैला
शीश महल।

गरिब देश
पाएन क्यै औषधी
मृत्यु अगाडि।

क्यारे र बाले
धेरै छोरा पाएर
सबै बिदेश ।

 

Continue reading


हृदय लेकालीका केही हाईकूहरूः

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

पहाडी नानी
पहराँ पो हाँसिन
लालीगुराँस।

फुल्दैछ फूल
रङ्गीचङ्गी डालीमा
बास्ना छ मीठो ।

सासू बुहारी
कहाँ मिल्छ प्रवृति
नयाँ पुरानो ।

 

Continue reading


‘ए जून’

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

तिम्रो पर्खाइमा
हामीले सहेका छौँ धेरै पटक
सन्त्रासहरु
धेरै पटक चियायौँ
त्यो डाँडा पारिको क्षितिज
र भोग्यौँ
असह्यीय पीडा।
ए जून
तिमी त सिङ्गो रातको
अभिभावक हौ
तिमी हुँदाको समय
कस्तो हुन्छ हरक्षण
तिमी नहुँदा कति अतालिन्छ मन ।

 

Continue reading


“मेरी आमा र मृत्यु”

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

थाहा थिएन मेरी आमालाई
मृत्यु कस्तो हुन्छ
र मृत्युमा को को आफ्नो हुन्छ
मृत्यु जितिरै बसेकी मेरी आमा
मृत्युसित हार्नुपर्छ भन्ने कुरा ।
भन्छन् मिति पुगेपछि
टारेर टर्दैन
पीठो सकिएपछि
सारेर सर्दैन
यस्तै भो मेरी आमालाई
अचानक ।

 

Continue reading


गोली नठोक

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

गोली नठोक
तिम्रो चुलिएको दादागिरी
पोखिएला कुनै दिन
जब उन्मादमा पोखिन्छौ
आफू आफैसित ।
त्यो बेला
तिमी रहन्नौ आफू आफूसित
न पाउने छौ कतैबाट
कसैको सहानुभूति ।
हामीले तिम्रो माटो मागेका छैनौँ
तिम्रो परिधिमा रमाउनु छैन हामी
बस, हामीसितै छ
आफ्नो माटो
आफ्नै परिवेश
आफू जे छौँ
हामी यसैलाई अगाध ठान्छौँ ।

 

Continue reading


°मीतज्यू°

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

दोजिया सानेकी आमा
मुखियाकाँ गाकी हो
मेलो सम्हाल्न एका बिहानै
साने यतै गा होला
चोर,पुलिस खेल्न
क्यारुँ मीतज्यू
म भने यतै लडिरहेछु रोगसित ।
देशाँ लोकतन्त्र आयो रे
खै मीतज्यू
हाम्रो यो झोपडीमा
क्यै आएन !

शहराँ ठूलठूला घर बने रे मीतज्यू
देशाँ सम्बिधान आयो रे
खै यो गरिब कहाँ क्यै आएन ।

 

Continue reading