पसिना बर्षा

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

मेरो देह चुह्यो विदेश छरियो हाँस्यो रुखो बालुवा
खै देखिन्न मभित्र आज हरियो फूल्दो टुसा पालुवा
गर्थेँ स्वागत आउनू नव उषा घन्काउँदै मादल
पानी हैन अभाव छैन पसिना बर्साइदे बादल
।१।
मेरा पूर्वज वीरता र पसिना संसार छर्दै गए
थोपा खोज्दछु आज सिन्धु म हरे! बाँझो र प्यासी भएँ
ताजा याद छँदै छ सिंहसरिको गर्जी हिँडेको पल
मेरै भूमिविषे अमूल्य पसिना बर्साइदे बादल
।२।

 

Continue reading


हिरा भट्ट का जोर कविताः

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) कर्णालीलाई दिलपत्र
तारे होटलमा बिरे लुकिलुकी तिम्रै ढिँडो चोप्दछ
मार्सी भात छ थालमा जति दियो हर्के झनै छोप्दछ
आए चाड परन्तु आँसु गहमा बोकेर रुन्छ्यौ किन
कर्णाली म त देख्छु लेख्छु नजिकै तिम्रा सुनौला दिन
।१।
गाढा ताप र चाप त्यो जुन सह्यौ आफै अचानो भयौ
बर्षौसम्म अमूल्य रत्न गहना साँच्यौ लुकाई रह्यौ
हीरा झुल्छ अवश्य नै वदनमा आँखा पुछेकी किन
छाती छाम्दछ भेट्छ लेख्छ कविले तिम्रा सुनौला दिन
।२।

 

Continue reading


हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) उस्तै छ मेरो दसैं
हाँसे फूल अहा खुली शरदमा बास्ना घुल्यो घाममा
मालश्री धुन पोखियो जलधिझैँ सानन्दको याममा
लैजाओ शुभकामना कुसुम हो सामीप्य मेरो दसैं
हाँसो साथ छरी रहोस् घरघरै लालित्य मेरो दसैं
।१।
हाँसो छर्किन जिन्दगी समरमा धाराहरू छन् कति
आँखा मुन्तिर तप्प तप्प चुहिने राराहरू छन् कति
हिस्सा एक विदेशमा छ पसिना पुछ्दै छ मेरो दसैं
अर्को अंश स्वदेश आँसु गहमा मुछ्दै छ मेरो दसैं
।२।

 

Continue reading


हिरा भट्ट का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) त्यो दसैं पो दसैं
खोर म्याँम्याँ गरी गाउँ हल्लाउँथे
व्यस्त जाँतो ढिकी साँझमा आउँथे
साँझले बाल्दथ्यो तेल प्यूँदै टुकी
ज्योतिले छाम्दथ्यो चाडको ढुक्ढुकी
।१।
भोकले डाक्दथ्यो शीघ्र चिम्नी-धुवाँ
मृत्तिका गन्धको साथ आमा बुवा
झ्याउरे गीतमा नाच्दथ्यो रेडियो
लाहुरे दाइको काँधमा जो थियो
।२।

 

Continue reading


छाती भरी देश छ

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

यौटा दृश्य छ चर्म चक्षुसितको नाता रुचाउन्न जो
यौटा नृत्य छ सृष्टिमा अटलता आभा गुमाउन्न जो
वासन्ती पलका उषा किरणमा क्यै लिप्त सन्देश छ
जङ्घा तुल्य मधेस शैल शिरमा छाती भरी देश छ
।१।
मेची चुम्छ तमोरका तटतटै कोशी झरेको मन
कालीको जल बन्छ टेक्छ पलमै सैपालको आँगन
ए आमा जुन दुग्ध साथ चुलियो छाती यही बेस छ
जङ्घा तुल्य मधेस शैल शिरमा छाती भरी देश छ
।२।

 

Continue reading


दिन्छौ कि तिम्रो मसी ?

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

राष्ट्रकवि प्रति
गौरीको म कुरा गरूँ र कसरी जो भावनामा घुल्यो
तिम्रो रूप बनी विशाल दिलमा जो फूल फक्र्यो फुल्यो
लेख्ने लक्ष्य लियो सिकारु दिलले माटो धराको घसी
लेख्थेँ सुन्दर देशको म कविता दिन्छौ कि तिम्रो मसी?
।१।
झन्डा एक लिई समस्त युगको गाथा म लेखूँ कि त?
को हूँ? उत्तर छैन सोध्दछु कवे! यो प्रश्न आफैं सित
लाखौं भाव सुधा बनेर दिलका बग्छन् धरामा खसी
लेख्ने लक्ष्य छ दिव्य छन्द कविता दिन्छौ कि तिम्रो मसी?
।२।

 

Continue reading


“कलममा निर्मला” १५ श्लोकमा नियाल्दा

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१)चीँचीँ चरी निर्मला
हाँसो माझ छ अश्रुताल गहिरो हाँसूँ म खै के गरी?
कैयौं अक्षर लामबध्द उभिए गाँसूँ म खै के गरी?
आशीर्वाद रहोस् सधैं कलममा उर्ली बगून् शारदा
दोस्रोपल्ट कदापि लेख्नु नपरोस् यो आँसु बोक्ने कथा
।१।
कल्ले उन्छ वसन्तमाझ पगरी ती फूल सारा सुके?
छाती हुन्छ विशाल सिन्धु कसरी थोपा र धारा लुके?
मेरै फूल बगानमा किन पस्यो निर्मुक्त चैते हुरी?
ढोकामै किन बस्छ क्रूर युगको जालो बुनी माकुरी?
।२।

 

Continue reading


“कलममा निर्मला” शुभारम्भ

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

चीँचीँ चरी निर्मला
हाँसो माझ छ अश्रुताल गहिरो हाँसूँ म खै के गरी?
कैयौं अक्षर लामबध्द उभिए गाँसूँ म खै के गरी?
आशीर्वाद रहोस् सधैं कलममा उर्ली बगून् शारदा
दोस्रोपल्ट कदापि लेख्नु नपरोस् यो आँसु बोक्ने कथा
।१।
कल्ले उन्छ वसन्तमाझ पगरी ती फूल सारा सुके?
छाती हुन्छ विशाल सिन्धु कसरी थोपा र धारा लुके?
मेरै फूल बगानमा किन पस्यो निर्मुक्त चैते हुरी?
ढोकामै किन बस्छ क्रूर युगको जालो बुनी माकुरी?
।२।

Continue reading


हिरा भट्ट‎ का जोर कविता

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) नेपाली मन
लाखौं कोस उडेर टेक्छ पलमै प्यारो हिमाली वन
फर्की उड्छ पहाडका वनवनै छाम्दै तराई मन
पानी सर्वत जाउलो रसद क्यै चाहिन्न क्यै इन्धन
हेर्दै प्वाँख नभै उडेछ कविता मेरो बयेलीमन
।१।
रोएका गह-आँसुमा छ पलमै आँखा लुकाई रुँदो
हाँसेका दहमा डुबी निमिषमै बिर्स्यो कुरा आँसुको
लट्टाई नभई उड्यो गगनमा चङ्गा बनी फन्फन
हेर्दै आज जहाज भो नि कविता मेरो बयेलीमन
।२।

 

Continue reading


हिरा भट्ट का जोर कविताः

Hira, Bhatta,हिरा भट्ट ', pallawa, पल्लव

हिरा भट्ट

१) गङ्गामाया
पैलो टुक्रा मृदुल दिलको पुत्रका लास साथ
दोस्रो टुक्रा पति-निधनको आँसुका सिन्धु माझ
तेस्रो टुक्रा दिल चुँडिलग्यो ज्येष्ठ-मातृत्व चङ्गा
टुक्राटुक्रा दिल सँगसँगै बग्दछिन् मौन गङ्गा
।१।
तड्पी तड्पी अगणित व्यथा घाउमा वेदनामा
भिक्षा रूपी मन मनुजता माग्दछिन् एक आमा
लाखौं बन्छन् नयनजलमा आशका दिव्य फोका
प्यासी गङ्गा मनुजदिलको माग्दछिन् आज थोपा
।२।

Continue reading