गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

कुरा काट्नेहरूले काटुन् सरोकार छैन
तिमीलाई आफ्नो भन्ने कुनै आधार छैन ।

सायद भित्ताको ऐनाले पनि सोच्दो हो
बिधवा मनलाई कहिल्यै शृङ्गार छैन ।

खरायोले शिखर चुम्दै छ सफलताको
यता कछुवालाई भने कुनै हतार छैन ।

 

Continue reading


पृथक हिमाल ओली का केही मुक्तकहरूः

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

मान्छे बहादुरी देखाउछन् स्वास्नी कुटेर
अचेल कोही डराउदैनन् स्वास्नी कुटेर
यो देशको गणतन्त्रको उपज हुनुपर्छ
बनिदो रहेनछ दुश्मन स्वास्नी कुटेर ।

बालुवा, बालुवा नै हुन्छ पत्थर बन्दैन
यसलाई जम्मा गरेर कहिल्यै घर बन्दैन
ए! पागल दुनियाँ यत्ती कुरा बुझी राख्नु
स्वास्नी कुट्दैमा कोही हिटलर बन्दैन ।

 

Continue reading


गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

उसको खुकुरी मेरो गर्दन भएको हो।
यसरी प्यारको समापन भएको हो।

आमा आँखालाई असार नबनाउनु।
वर्षा हुनलाई त गगन भएको हो।

टुहुरोलाई बा`को चेहरा याद नहुदा।
चिहानहरूको उत्खनन भएको हो।

 

Continue reading


बहरबद्ध गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

दुखाएर छाती सताएर के भो
सदा याद मात्रै पठाएर के भो।

तिमी भन्दछौ आँशु झारेर आफै
कठै ती परेली बगाएर के भो।

बिचारा सिरानी म रोएँ भिजाएँ
लगाएर माया नपाएर के भो।

 

Continue reading


गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

जलायौ यो तन, कति सजिलै
उडायौ जीवन, कति सजिलै

वार पार छुरा, खुब चलेछ
चुडायौ बन्धन, कति सजिलै

घात माथि घात, अति मुटुमा
रुकायौ धड्कन,कति सजिलै

 

Continue reading


हिमाल ओली`पृथक मान्छे´का केही मुक्तकहरूः

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

दिनदहाडै चलेको गोलीको आवाज सुनिएन
यस्ता अपराधी अल्झाउने जाल किन बुनिएन
यसमा पक्कै त्यो कानुन नलाग्नेकै हात होला
हैन भने आतंककारी जेलमा किन थुनिएन।

हिजो खुकुरी थियो आज तरबार बिक्रीमा छ
पू्र्खाको चिनो नेताको पेवा दरबार बिक्रीमा छ
कता छौ बिदेशी दलाल आउ खरिद गरेर जाउ
मेरो देशको बेकामे नेपाल सरकार बिक्रीमा छ।

 

Continue reading


हिमाल ओली `पृथक मान्छे´का चार गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

गजल– १,
पुजारी मात्रै त्यहाँ मन्दिरमा किन भेटिन्छ
देवता खोज्दा ढुंगा आखिरमा किन भेटिन्छ ।

चटक्कै छोडेर जाने बैगुनी, घाती मान्छेको
उसको मात्रै याद तस्वीरमा किन भेटिन्छ ।

बाहिर भए कसम म ओखती मुलो गर्थे
घाइते मुटु भित्री शरीरमा किन भेटिन्छ ।

 

Continue reading