सदैव उत्साह छाईरहोस !

Hari, Dhakal, हरि ढकाल, pallawa, पल्लव

हरि ढकाल

आहौ ! क्या छ फुलेर मोहक खुबै, देखिन्छ रम्यै त है ।
राताम्यै छ गुराँसले नि खुबनै, पाखा पखेरा त है ।
नौला अङ्कुर पालुवा वनभरी, रातै र सेतै छ है ।
भो प्रारम्भ वसन्त ऋतुसित नै, वर्षै नयाँ यै त है ।

यो छेहत्तर साल मोह रसले, भै पूर्ण आयो घुमी ।
त्यो बोकेर वसन्तकै नवरसै, टुप्लुप्प आयो घुमी ।
वर्षै यो खुब स्वस्थ बनेर सब त्यो, देहै निरोगी बनोस् ।
पाएरै सुख शान्ति वर्ष सबकै, उत्कृष्ट ज्यादै बनोस् ।

 

Continue reading