गजल

अमर प्रेम को एउटा रीत चलाउन मन छ
पिरतीको फुल फुलाई फलाउन मन छ।।

अलि कती माया अलीकती इर्ष्या मिलाउदै

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

वेला वेला उस्को तन गलाउन मन छ ।।

अंकुरिदै मुटुभित्र मायाको त्यो मुना बनी
तिम्रो मुटु भित्र थिरै पलाउन मन छ ।।

 

Continue reading


स्मृति कंडेलको एकजोर गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गजल– १,
माया नै माया ले सताउन पाए देखि।
उसको त्यो मनमा अटाउन पाए देखि।।

लेखेको थिएँ प्रेम पत्रहरू उसैलाई भनि।
मनै दंग हुन्थ्यो सायद पठाउन पाए देखि।।

किन मेरो इशारा नबुझेको होला उसले ।
कस्तो हुन्थ्यो उनलाई अन्माउन पाए देखि।।

 

Continue reading


गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सहर पसि मिनिस्कट कहिले लाइन आमा
साडी चोलो बिर्सेर झकास भइन आमा।।

धेरै आए आधुनिकमा अल्मल्याउने साथीहरू
आफ्नो रिति बिर्षी डिस्को कहिल्यै धाइन आमा

तिम्रो सपना मेरो सपना पूरा गर्ने सोचेकी छु
कसैको नि झुटो कसम अरु खाइन आमा

 

Continue reading


‘‘छोरी’’

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

एक दिन एउटा व्याक्तिलाई बाटोमा अचानक रिगटा लागेकोले केहि मान्छेहरूले उसलाई हस्पिटल लान्छ ।
सानै छदा उहाँले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो ।
त्यसैले अर्को मृगौला पनि काम गर्न छोड्न लागेको थियो ।
उसको घरमा फोन गरे पनि
उसलाई यस्तो हालतमा कोहि आफन्त पनि भेट्न आएन ।
उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ ।

 

Continue reading


“आमा”को आँसु पुछेर मनाए नयाँ बर्ष !!

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

नानी यी हेर हातका रेखा ………
सानैमा आमा बितिन अनुहार पनि देख्न पाइन कस्ती थिइन होला मेरी आमा! म सानै हुदा बाउ ले कान्छी आमा ल्याए, आफु १३, पुगेर १४, लाग्दै थिए, हास्ने खेल्ने बेलामा बिबाह गरेर दिए त्यो पनि आफू भन्दा २० बर्ष जेठ्ठो मान्छे सग । केटाकेटी नै अवस्था भए पनि घर चलाउनै पर्थो 18 बर्ष कि हुदा दुई छोरा भए 20 बर्ष नपुग्दै श्रीमान बित्नु भयो । सबै थोक गरेर जिउन सकिदो रहेछ तर बिधुवा भएर जीवन जिउनै गाह्रो ……

 

Continue reading


गजल ……

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

पिरतीको संसारमा दिलको राजा बनार्इ दिएँ
सम्झनाको तरेलीमा मन मुटु सजाई दिएँ ।

समीपबाट टाढा भयौ अपमानित भाकी छु
तिम्रै प्रेममा जिन्दगानी अर्पण गराइ दिएँ ।

तिम्रै यादमा धडकिने यो धडकन पनि आज
हरपल रोएर आँसुको तलाउमा डुबाइ दिएँ ।

 

Continue reading


स्मृति कँडेलका केही मुक्तकहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गुनिउ चोली लाउन छोडी सानी सहर पसेपछि
मात्र गमलाको मकै गोडि सानी सहर पसेपछि
घर परिवार सङ्ग अहिले बोलचाल भन्द भएछ
सबै नाता र साइनो तोडि सानी सहर पसेपछी

बनाउ छुट्टै सुन्दर संसार हजुर र म हुनपर्ने।
लेखौ भाग्य रेखा संगै हास्न संगै रुनपर्ने।।
सोचेको जस्तो कसलाई कहाँ पुग्छ र हजुर।
यहाँ हरपल मनको पीडा आशुले धुनपर्ने।।

 

Continue reading


स्मृति कँडेका केही मुक्तकीय टुक्राहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सृष्टिको भब्य योजनामा तयार पारिएकी छोरी तिमी
अनेकौं तवरले नै बेहद शृङ्गारिएकी छोरी तिमी ।
यो दुनियाँमा आज अथाह तिरस्कृत भएर हेपिदै छौ
आफ्नै गाउँ समाजबाट जिउँदै मारिएकी छोरी तिमी।।

दुनियाँ सङ नै दाजेर गए
दुनियाँ र म के फरक भएँ ?
दुनियाँ सधै – वहुवचन हुँदा
म त सधै – एकवचन रहेँ ।।

 

Continue reading