गजल

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

युवा शक्ति छ खुशी चहारीमा आज ।
घुनहरू फस्टाउँदैछन् भकारीमा आज ।

खाडी भित्र रगतसंग साट्दैछ सुक्ष्म खुशी,
खोज्दैछ मुस्कान बोकेको भारिमा आज।

मेरुदण्ड अरब तिर लुलो ज्यान छ यता,
रून्छ देश सगरमाथाको छहारीमा आज ।

 

Continue reading


“हिमाल मुस्कुराउँदा मधेश हाँस्नु पर्दछ “

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

मधेस अंग देशको र शैल टाकुराहरू ।
मिलेर बस्दछ्न् सदा बलिस्ठ पाखुराहरु ।
बुझेर भेउ देशको समान मान्नु पर्दछ ।
हिमाल मुस्कुराउँदा मधेस हाँस्नु पर्दछ ।

गजक्क कोहि पर्दिए हुनेछ द्वन्द देशमा ।
यहीँ म देख्छु जासुसी निकै छ क्षुद्र भेषमा ।
दुखे त लौ मधेसमा हिमाल जुट्नु पर्दछ ।
हिमाल मुस्कुराउँदा मधेस हाँस्नु पर्दछ ।

 

Continue reading


निरोगियताका सूत्रहरू

Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

भन्छन् डाक्टर यी कुरा सहज हे!लेख्दैछु मैले यहाँ!
बन्छन् देह कसोरि स्वस्थ मन यो,भन्दैछु मैले यहाँ!!
पानी आठ गिलास,साग दिनकै सल्लाद खानू अरे
यौटा ग्लास भरेर कागति जलै,लौ प्रात प्यूनू अरे

चल्दो मौसममा हुने फलहरू, गर्नू अरे सेवन!
घाँटी क्याप्प चिसो हुने किसिमको,पानी नप्यूँ है जन!!
चीया हुन्न कफी अधीक पिउनू, टूसा उमारीकन
अन्नै बीज सदैव खान्छ जसले, सप्रन्छ है जीवन !!

 

Continue reading


सृजना सरोवर का ५ श्लोक

Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

म फुल्छु बाग बागमा अनेक राग रागमा ।
लिएर बास फूलको हरेक श्वास श्वासमा ।
म दिन्छु भाव प्रेमको प्रत्येक रंग रंगमा।
म चुम्छु ओठले सदा हरेक अंग अंगमा ।

छु आज पुष्प राज झै जताततै छ बासना ।
म खुल्छु पात पातमा लिएर यो उपासना ।
छ भृग दंग आज लौ घुमेर छेउ छेउमा ।
उ हेर रम्छ कोइली वसन्त हाँस्छ ब्योम मा ।

 

Continue reading


सृजना सरोवर का एकजोर गजल

Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

गजल– १,
आजको यो कहर भोलिको उज्यालो हो।
यी दु:खद प्रहर भोलिको उज्यालो हो।

अधेरी छ चारैतिर निरव छ आज दुनियाँ,,,
रक्त अश्रु नहर बन्योभोलिको उज्यालो हो ।

युगले जन्माउनेहरू बिलाएर जान्छ युगसंगै।
युगको निम्ति बन्यो रहर भोलिको उज्यालो हो ।

 

Continue reading