हाम्रो पितृसत्तात्मक सोच!

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

श्रीमती उवाच:
हे प्यारा तनमा छ दर्द अति नै लौ के भयो के भयो
छाती कम्मर ढाड कोख सबमा चस्केर दुख्दो भयो
दुख्छन् यी पिँडुला कठै! कटकटी खायो असाध्यै भयो
गर्दा मालिस तेलले यदि कतै हुन्थ्यो कि वा यो निको

श्रीमान उवाच:
गर्छेस् स्वाङ अलच्छिनी तँ जहिल्यै आएर मेरो घर
लोग्ने साथ हुँदा बिमार जहिल्यै सन्चो कहाँ हुन्छ र!
लाजै छैन नकच्चरी कति कुरा गर्छेस् र लोग्नेसित
स्वास्नीको शुश्रुषा गरेर म बसूँ? गर्छेस् कि बेइज्जत

 

Continue reading


सृजना अर्याल अधिकारीका तीन टुक्रा

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

रातो खूब सुहाउने कलर हो रातै लगाऊ तिमी
सर्दी लाग्छ गरेर ख्याल कपडा तातै लगाऊ तिमी
रूघाले पनि ग्रस्त पार्दछ चिसो पानी नखाऊ न है
खोकी लागिरहन्छ बाहिर कतै केही नखाऊ न है!

तिम्रा रोग र शोकले मनभरी आँधी हुरी चल्दछ
ऐया!मात्र भन्यौ भने हृदयमा आगो उसै बल्दछ
आँखामा नबगाउनू न सरिता त्यो छाल उर्ल्यो भने
मै बग्नेछु सँगै त्यसै लहरमा रोकिन्न कस्तै गरे

 

Continue reading


बहरबद्ध गजल

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

म आमा हुँ यौटा कुरा बुझ्न सक्छु
म बच्चाहरूका कुरा बुझ्न सक्छु ।

कतै भोक लाग्यो कतै नींद लाग्यो
सही हो म यस्ता कुरा बुझ्न सक्छु ।

अनौठो छ चाला अनौठो छ भाषा
र के भन्छ आँखा कुरा बुझ्न सक्छु ।

 

Continue reading


बहरबद्ध गजल

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

छ बिन्ती मलाइ अझै प्यून देऊ
जलेको छ आत्मा सबै प्यून देऊ

नरोकुन् कसैले नछेकुन् कसैले
छ तिर्खा अनौठो ल है प्यून देऊ

भरेकै छ प्याला जवानी मिसाऊ
र रक्सी जवानी सँगै प्यून देऊ

 

Continue reading


गजल

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

क्वैका गतिला घरबार हुन्छन्
क्वैका गलामा तरबार हुन्छन् ,

गर्छन् खुलेआम ‘धन्दा’ कसैले
क्वैका अगाडी डर-बार हुन्छन् ।

भोकै र नाङ्गै सडक्मा छ कोही
सङ्गै कसैका दरबार हुन्छन् !!

 

Continue reading