मेरो शहर

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

हरेक बिहान ,
बोटहरूलाइ पुष्पबिहिन बनाएर

मन्दिरका घण्टाहरूको
जोडदार ध्वनिले
मौनता खल्बल्याउदै
सर्बत्र कोलाहल मच्चाएर,
आफू पबित्र हुनुको
प्रयाप्त प्रमाण पेस गर्न
माहिर छ मेरो शहर ।

अपराह्न ,
ब्यस्ततामा श्वास लिन्छ
जिजिबिसाहरूमा अड्किएर ।

 

Continue reading


कथित परिचय

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

मानौ यी दिवारहरु
मेरा सहयात्री हुन !
यी बर्तनहरु संगीनि !
यो चुल्हो मेरो श्वास हो,
जब बल्छ
धड्कन चल्छ !

प्रतिबन्धित छ्न चाहनाहरु,
त्यही बोल्छ्न
निहुरिएको शिरको अभिमानमा
झुकेका यी
स्वाभिमानका आँखाहरु !

 

Continue reading


गजल

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

धड्कन बनेरै धड्कियौ सधै यो दिलमा ।
स्मृती बनेरै खनियौ सधै यो दिलमा ।

पराय छैनौ कहिले अलग्गियौ त के भो ?
अँस्ति हिँजो र आज थियौ सधै यो दिलमा ।

तृष्णाले छटपटिन्थे जसै म मरुस्थलमा,
तिमी अमृत भै बर्सियौ सधै यो दिलमा ।

 

Continue reading


बिद्रोहमा फूलहरु बिद्रोहमा फूलहरूः

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

चुड्नेहरु चुडिइ नै रहे,
हिर्काउनेहरु हिर्काइ नै रहे,
दुख्नेहरु बस् दुखी नै रहे,
दुखाउनेहरु मात्र दुखाइ रहे ।

निर्ममता प्रबल बन्यो कोमलता माथी,
सधै ज्यादती गर्यो शक्तिले कमजोरी माथी,
बाध्यता झुकाइ नै रयो ,
र झुकिरहे मजबुरी हरु ।

अति भयो ,
र त भन्न थाले आजकल
कोमलताहरुले बस् !

 

Continue reading


१४ अक्षरीय गजल

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

बनावटि आत्मियता देखाए झैँ गर्नु ।
मनि पक्कै झर्किनेछु सताए झैँ गर्नु ।

चाहना छ भने दिल बिक्षिप्त रहोस
छिन छिनमा अतित बल्झाए झैँ गर्नु ।

छन टुहुरै सपना उदाङ्गै दिलमा
पठाएर आवरण छुपाए झैँ गर्नु ।

 

Continue reading


“खोजी “

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

सैयौँ अप्ठ्यारा काल्नाहरु उक्लिदै
समयका पाटाहरुमा
कहिले सडकमा त कहिले गोरेटोहरुमा
जिन्दगीका दोबाटा र चौबाटाहरुमा
म आफ्नो हिस्साका उत्साह खोज्ने गर्छु ,,,,
मुटुभरी बेदनाका कुटुराहरु कुम्ल्याइ
अधरमा मलिन हाँसो सजाउँदै
जिन्दगीका खुशिहरुको निम्ति
अपेक्षीत बन्छु ।
महत्वकाँक्षी दिल
र अभिलाषी पैतला चाल्दै—

 

Continue reading


बहरबद्ध गजल

Sumina, Avilashi, सुमिना 'अभिलाषी', pallawa, पल्लव

सुमिना ‘अभिलाषी’

म अस्तित्व खोज्दा, बगर जिन्दगीको ।
नदी झै गरेछौ, सफर जिन्दगीको ।।

अरे यै समाधी,रहेको बखत मा ।
तिमी सोध्दछौ यार, रहर जिन्दगीको ।।

अँधेरी सँगै यो, बित्यो काल सारा ।
सदा दिव्य खोज्दै, नजर जिन्दगीको ।।

 

Continue reading