गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

परदेशी आ’को छैन के को दशै के को तिहार ।
मनमा शान्ति भा’को छैन के को दशै के को तिहार ।।

भुइँचालाले लथालिङ्ग पछारेको मेरो घर ।
चुहिने छानो छा’को छैन के को दशै के को तिहार ।।

तिमि हुने खाने पर्यौ म त हुँदा मात्र खाने ।
एक सुकी कमा’को छैन के को दशै के तिहार ।।

Continue reading

गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

प्रेमका आँखाले मनका कुरा थाहा पाउनु पर्छ ।
सबै बाबुहरूले आफ्ना टुहुरा थाहा पाउनु पर्छ ।।

सिन्दूर पुछिँदैमा जिन्दगी सकिदैन मेरी आमा ।
बाँकी छन बलिया हात पाखुरा थाहा पाउनु पर्छ ।।

बिकासी नाममा डोजरले घर भत्काउनु अघि ।
मर्दछन विनासमा बबुरा थाहा पाउनु पर्छ ।।

Continue reading

गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

गजल
कोल्टे फेर्दै रात बित्छ, तिम्रै सम्झनामा ।।
यि आँसुले सिरान भिज्छ, तिम्रै सम्झनामा ।।

नाफा हेरी किनबेच गर्यौ मेरो माया ।
मायासँगै मुटु बिक्छ, तिम्रै सम्झनामा ।।

यादै यादमा तड्पी रोएँ क्षितिज मुस्कुरायो ।
झनै आँखा रुनै सिक्छ, तिम्रै सम्झनामा ।।

Continue reading

बहरबद्ध गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

पिएकोछु आँसु निरासी बनेरै ।
म हिड्नै नजान्ने सहासी बनेरै ।।

सिसाझै फुटेको छ यो भाग्य मेरो ।
गयो जिन्दगानी उदासी बनेरै ।।

नपुग्दै क्षितिजमा ढलेको छु साथी ।
सधै नै क्षितिज्को म प्यासी बनेरै ।।

Continue reading

सुमित्रा सुमीका केही मुक्तकहरूः

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

गुलिय मायामा नुन हुदैन तरकारिमा नुन हाल्नुपर्छ।
माया खाएर न अघाइने भाडामा चामल बसाल्नुपर्छ ।।
गफै गफमा बहकिन त सयद सजिलै होला हजुर ।
तर गारो छ साच्चै यहाँ पेट सगै मन पाल्नुपर्छ ।।

डाको छोडेर एकान्तमा रुन मन छ ।
बगाएर यीआँसु पीडा धुन मन छ ।।
सधै छट्पटाइमा डुब्ने ए मेरो भग्य ।
तिमिलाइ लेख्ने ती भाबी छुन मन छ ।।

Continue reading

गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

बगेरै यि आँसु आँखा धुन्छ साथी ।
नरुने त आँखा कहाँ हुन्छ साथी ।।

किन हाँसो पोख्छौ पीडा छोपी छोपी ।
दुख भित्र भित्रै शिखर छुन्छ साथी ।।

दुखाउन काँडा अझ मुस्कुरायो ।
कँडामा नदुख्ने फूल कुन्छ साथी ।।

अचेल आफ्नै परिचय फिक्का लाग्छ ।
यि हाँसो खुसीको सञ्चय फिक्का लाग्छ ।।

अचानो भएको छु रेटिएर सधै ।
त्यसैले खुकुरीको भय फिक्का लाग्छ ।।

छ स्वार्थता ती उज्यालाहरूमा झन ।
र त बिहानीको बिजय फिक्का लाग्छ ।।

Continue reading

बहरबद्ध गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

नबोली नबोली फसायौ तिमीले ।
दिलैमा कटारी धसायौ तिमीले ।।

बिरामी छु आफै म रोगी मनैको ।
यि घाऊ दुखार्इ जलायौ तिमीले ।।

न प्यारी कसैको न दासी बने थेँ !
नबन्दै सहेली हसायौ तिमीले ।।

Continue reading

बहरबद्ध गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

वरीपरी मनैभरी उदाउँछौ प्रिया तिमी ।
चियाउँदै अझै नयन् जुधाउँछौ प्रिया तिमी ।।

चुमेर त्यो प्रकाश नै सुवर्णका गरा-गरा ।
बसेर साथमा सधै सताउँछौ प्रिया तिमी ।।

पला पलाहरु सबै मिठास छन् तिमी हुँदा ।
बसन्तको बहार झै रमाउँछौ प्रिया तिमी ।।

Continue reading

बहरबद्ध गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

दुखाई मनैमा पसेको छ ऊही ।
मलाई छुटार्इ बसेको छ ऊही ।।

यि आँखा रसाई बगेको छ खोला ।
भिझाई परेली रसेको छ ऊही ।।

तनैमा भनौँ या मनैँमा भनौँ खै ।
विहोशी बनेरै फसेको छ ऊही ।।

Continue reading

सुमित्रा सुमीका मुक्तक …..

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

द्यौराली सब भत्किए सिरिसिरी चल्दैन हावापनि ।
धर्ती रुन्छ सधै सधै धरधरी के खप्नु यस्तो भनी ।।
फूल्दैनन् वनमा सुगन्ध छरने बेली चमेलीहरु ।
माटै काँप्छ बिशाल कम्प भुँइमा खै शान्ति काँ छ अरू ।।

लाग्छ बाँकी जिन्दगी तिम्रै यादमा बिताउँछु ।
सिरानी यो तिम्रै हात सम्झीएर निदाउँछु ।।
हो धस छुरा पार टुक्रा दुखाऊ अझै पनि ।
जति जति फाट्छ मुटु आँसुले नै सिलाउँछु ।।

Continue reading

सुमित्रा सुमीका हाईकुहरु

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

उज्यालो जून
धर्तीमा परेपनी
जाडो उस्तै छ ।

भाग्यको खेल
निधारका रेखामा
हार मात्र भो ।

आँसु झारेर
भेटिएन क्षितिज
आधा रातमा ।

Continue reading

सुमित्रा सुमीका केही मुक्तकहरू ….

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

आफन्त भन्नेबाट अचेल बदनाम मात्र भा छ
मन दिदाँ यही मन दुखाउने काम मात्र भा छ ।
म पीडामा सधै यहाँ तिमी खुशी मनाउँछौ त्यहाँ
दुखायौ र त बुझे म माथी छलछाम मात्र भा छ ।।

लहलह धानकोदो झुलेका छन् पाखामा
कयौं आए परिबर्तन नयन सामु नातामा ।
बालबिहाह देखिन्छ अनमेल बिबाह पनि
रोक्न जुटौँ दाइजो अझै चल्दैछ भाकामा ।।

Continue reading

बहरबद्ध गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

जुधाएर आँखा असर बनाई ।
लजाएर दोषी नजर बनाई ।।

बनाएर एक्लो गएछ साथी ।
सुनौलो यि जीवन बगर बनाई ।।

यता घाउ दुख्दा तिमी रमायौ ।
अनेकौ अनौठो रहर बनाई ।।

Continue reading

गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

आकाशिन्छ मन चाहनहरूमा
कहाँ चल्छ जिवन् वहानाहरूमा ।

तिमी दैव भन्दै त्यो मन्दिर पस्छौ
के भेटिन्थ्यो ईश्वर कामनाहरूमा ।

म हाँस्न छोडेको भयो बर्षौ बर्ष
टुक्रिएर खुशी अचानाहरूमा ।

Continue reading

तृणा….. !

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

लामो समयपछी आकाश चुहिएर धर्तीले थोरै भएपनि चिसो स्पर्श लिन पायो । सुकेका काँसका ठुँटाहरु केही नरम जस्ता देखिए । तछाड मछाड गरेर उड्ने चोक र बाटाका धुलोहरु पानीको आक्रोशित हिर्काईले जमिनमा पछारिनै पर्यो । खडेरीमा पानि परेर आकाश खुलेपछीको मौसम जो कोहीको आँखामा बस्छ नै । आज दिन त्यसै रमाईलो छ वारीपारी पाखा नियाल्दा अझ अर्को रमाईलो त एउटा भव्य साहित्यिक कार्यक्रममा जानु छ मेरो । … शब्दसँग खेल्ने बानी परेपछी साहित्यिक कार्यक्रम अझै बढी महत्व लाग्दो रहेछ । सुरुमा रहरमा लेखिने र पछी लत बसेपछी छोड्न गाह्यो आज गर्ने काम भोलीलाई थाती राखे पनि आजको साहित्यिक कार्यक्रममा जाने मनलाई थाति राख्न नसकिने खै कस्तो मोह हो यो भावनालाई शब्दमा उतार्नेबानी परेकाहरुको?

Continue reading

बहरबद्ध गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

नाता र गोता जोड्यौ हाँसेरै ।
आफ्नो बगैचा गोड्यौ हाँसेरै ।।

आएँ म समथी भन्दै भो प्यासी ।
दुःखाइ फेरी छोड्यौ हाँसेरै ।।

रम्दा म यो प्रेमैको मद्होशी ।
सम्बन्ध मीठो तोड्यौ हाँसेरै ।।

Continue reading

गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

जस्ले कहिल्यै सम्झिएन उसकै याद हजार आउँछ ।
एकपलमात्र होइन दुखाऊन लगातार आउँछ ।।

लुटिन्छ जसरीपनी सोझासिधा गरिब जनतालाई ।
महगी बढाऊँछ र बील लिएर सरकार आउँछ ।।

झुप्रो हेरेर सोध्छे छोरी प्रवाशी बाबाको तस्बिरलाई ।
कहिले हाम्रो लागी गगनचुम्बी दरबार आउँछ ।।

Continue reading

गजल !

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

मेरो यो शहरमा नदेखिएका स्वप्नाहरु ।
अधुरा प्रहरमा नदेखिएका स्वप्नाहरु ।।

मधुर मुस्कुराएर फेरी पिउनु छ आँसु ।
पिउदा जहरमा नदेखिएका स्वप्नाहरु ।।

खर्पनमा आधा जिन्दगी बोकेर हिड्दा पनी ।
कुनै खण्डहरमा नदेखिएका स्वप्नाहरु ।।

Continue reading