गजल

sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

सिङ्गो मुटु आधा दर्जन दोकान भयो
उस्को लागि मेरो माया चट्टान भयो

खेलेर जुवाँ हारे दाउँमा सम्पत्ति जति
बिग्रीयो छोरो परिवारमा हैरान भयो

खोला झैँ जिन्दगी बगी रैछ,फर्किन्दैन
अधुरो बाचा कसम सबै उखान भयो

 

Continue reading


गजल झ्याउरे लयमा

sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

बनेर दास कसरी सधै जिन्दगी चलाउँ
मानव हूँ म पत्थर यहाँ कसरी गलाउँ

नगरी श्रम आसको मात्र चाहना राखेर
नरोपी बिज बारीमा फल कसरी फलाउँ

हुँदैन शान्त यो मेरो मन अशान्ती देखेर
रसायो आँखा बग्दछ धारा कसरी छलाउँ

 

Continue reading


सिसा चौधरी का जोर कविताः

sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

१) भन्छन् नि बलात्कार ,,
हो त्यही बलात्कार गरि रहेछु,,
दिन प्रतिदिन हजुरको तस्वीरको
कहिले यिनै लोभी मनले त कहिले यी नयनले
कहिले चुम्बन गरेर त कहिले मेरै हौ भनेर
कहिले घन्टौ तस्बिर सँग बात मारेर
त कहिले मोबाइलको वालपेपर बनाएर
सत्य हो हरेक दिन हरेक पल ??

थाहा हुन्न
हजुरको प्रेम हो या के?
कस्को कुरा सुनौ, बुझौ,
मेरो आफ्नै
दिल दिमाग या कस्को ?
या अरूको या हजुरको ?
किन म भित्र यस्तो त्रास उब्जिएको छ?

 

Continue reading