रथाधिकार

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

धेरै भो मनमा विषक्त पिर यो तोडेर फ्याँकौ कहाँ ?
बोलीमा सिमितै हुँदैन कहल्यै च्यातेर हेरौँ यहाँ ।
नारी हुन् जननी डटेर मनमा सन्तानकै खातिर
छातीमा जहिल्यै भरेर ममता सिङ्गार्द छिन् त्यै घर ।।

भोकायो बबुरो भनेर तनमा च्यापेर छाती भरी
बाडेरै ममता सकिन्न उनको मातृत्व नै क्यै गरी
नारी पौरुषकै समान घर हो नारा अनर्थै भयो
बोक्सीकै अझ पेचिला बचनले आगो यहाँ सल्कियो ।।

 

Continue reading


बहरबद्ध गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

रुवार्इ मलार्इ सतायौ तिमीले
हटाएर टाढा बनायौ तिमीले ।

म बाचौँ कसोरी भिजाएर आँखी
बिगारेर आफैँ रटायौ तिमीले ।

थियो बास मेरो उजाडेर छाड्यौ
झुटो दोष ब्यर्थै लगायौ तिमीले ।

 

Continue reading


बहरबद्ध गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

यि बाढी र कम्पन् गलेको छ देश
परी धेर पीडा जलेको छ देश।

सधै बन्द हड्ताल दोषी छ नेता
छिमेकी तिरै पो ढलेको छ देश ।

छ भाई हरूमा लडाई बढेको
घरैभित्र आगो बलेको छ देश ।

 

Continue reading


सिर्जना शर्मा का केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

थाहा छैन कतिले जहर मिसाएर गए
मेरो थाप्लोमा दु:खको भारी बिसाएर गए
धेरै पछि एक मित्र हिजो सम्पर्कमा रहे
खै के चित्त बुझेन ती पनि रिसाएर गए !!

लुट्छन लुट्नेहरुले आफ्नै बनेर
भुट्छन भुट्नेहरुले आफ्नै बनेर
जतागयो हामीलाई सुरक्षा छैन
कुट्छन कुट्नेहरुले आफ्नै बनेर ।।

Continue reading


सिर्जना शर्माका केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

चलचित्रजस्तो होइन जिन्दगीको कथा बेग्लै
सहनुपर्ने रैछ आखिर भएजती ब्यथा एक्लै
कागजको त्यो फूलबाट सुगन्धको आस गर्छौ
मर्दा लान कस्ले सक्छ भन जायजेथा भलै !!

निभ्नै लागेको बत्ती यहाँ जगाउने कोहि छैन
शान्ति दीपमा तेल हाली बलाउने कोहि छैन
मेची – काली रोइरहेको नदेख्नेहरु खुदै
अन्याय विरुद्धमा आवाज उठाउने कोहि छैन ।।

 

Continue reading


हम्रो पर्व तिहार

Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

धेरै फूल खुबै फुले मखमली, फूले हजारी पनि
दाईभाइहरू पुजेर बहिनी मख्खै हुनेछिन् अनि ।
बाल्दा दीपहरू भर्इ झिलिमिली सारा उज्यालो हुने
थप्छन् रौनकता सधैँ घर–घरै लक्ष्मी बसार्इ दिने ।।

भाका सुन्दर नै भरेर पहिले सङ्गीतका साथमा
बज्दा मादल गाउँ नै छमछमी नाचें दिवा–प्रातमा ।
पाके सेल फिनी मिठाइ घरमा आयो तिहारै भनी
कौवा गाइ अझै रमे कुकुर नै दङ्गै परेका तिनी ।।

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

यता केही विवाद हुँदो उता बधाई बन्द गर
हिमाल पहाड तरार्इ बिचको लडार्इँ बन्द गर ।

रुन्छिन आमा धरधरी आखिर शान्ति छैन कहीँ
खुसी बनाउँ यो धरतीलार्इ गडगडार्इ बन्द गर ।

सन्तान हामी स्वार्थी भयौँ मातृत्वमा लात मार्दै
आफ्नै देशको खेदो खन्दै अन्तै सघाई बन्द गर ।

 

Continue reading


बहरबद्ध गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

यि बाढी र कम्पन् गलेको छ देश
सही धेर पीडा जलेको छ देश।

सधै बन्द हड्ताल दोषी छ नेता
छिमेकी तिरै पो ढलेको छ देश ।

छ भाई हरूमा लडाई बढेको
घरैभित्र आगो बलेको छ देश ।

 

Continue reading


सिर्जना शर्माका तीन गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

गजल– १,
छुट्टिएर गयो आँगन आमालार्इ चिन्ता भयो ।
नमानेर आफ्नै मन आमालार्इ चिन्ता भयो ।

हिजो चुल्हो एउटै थियो सँगै थियो बसोई
कस्लेल्यायो बिखन्डन आमालार्इ चिन्ता भयो ।

बिन्ती गर्छौ तिमीलार्इ एकै सोथ बस्न देउ
टाढिएछ मानव तन आमालार्इ चिन्ता भयो ।

 

Continue reading


गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

गजल– १,
खै मलार्इ आएन दशै रुन्छु बिदेशमा
मन अनि मुटु जलार्इ रुन्छु बिदेशमा ।

रोतो माटो कमेरोले घर लिप्यौ होला
आस्था र बिश्वास ढलार्इ रुन्छु बिदेशमा ।

फर्के होलान् साथी सङ्गी रमउँदै होलान्
सधै होस् घर्मा भलार्इ रुन्छु बिदेशमा ।

 

Continue reading


सिर्जना शर्माका मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

पिउनै पर्छ भन्यौ आँसु पिउन सिक्दै छु
फाटिएको मुटुलार्इ आज सिउन सिक्दै छु
सुख दु:ख मिलन बिछोड मैले बुझेपछि
अफ्ठोरोमा पनि जीवन जिउँन सिक्दै छु !!

किन लड्दैछ मान्छे यो तेरो मेरो भनेर
दाजुभार्इ नै एक अर्कोको शत्रु बनेर
दुई दिनको जिन्दगीमा कस्तो यो घमण्ड
जान्छ एकदिन शरीर खरानी बनेर !!

 

Continue reading


बहरबद्ध गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

रुवार्इ मलार्इ सतायौ तिमीले
हटाएर टाढा बनायौ तिमीले ।

म बाचौँ कसोरी भिजाएर आँखी
बिगारेर आफैँ रटायौ तिमीले ।

थियो बास मेरो उजाडेर छाड्यौ
झुटो दोष ब्यर्थै लगायौ तिमीले ।

 

Continue reading


‘दशैँ ’

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

नेपाली घरमा छ रौनक खुबै आयो दशैं पर्व है
आए आज सवै स्वदेश फरकी बोकेर हर्षै खुबै ।
छर्केका जमरा बढे दिनदिनै पूजा गरी साथमा
दुर्गाभक्त बनी रमेर सब नै बस्छौँ दिवा प्रातमा ।।

रङ्ग्याई घर नै सबै झिलिमिली छोरा र छोरी दुवै
आए दङ्ग हुँदै बसेर घरमा आमा र बाबा खुबै ।
जोडेको छ दशैं तिहार रङले त्यो सप्तरङ्गी फुली
चेलीको छ मुहार आज हँसिलो दादा समीप्मा डुली ।।

 

Continue reading


सिर्जना शर्माका जोर गजल

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

गजल– १,
जति हेर्यो उति सुन्दर पाटो रुकुमको
स्वर्ग जस्तै पूण्य भूमि माटो रुकुमको ।

संस्कृति र भेषभुषा नृत्य गान भजन
सधैँ देख्न रहर लाग्ने घाटो रुकुमको ।

पर्यवरण सुन्दर छ हरियाली भित्र
गाउँ–बेशी गर्न खुले बाटो रुकुमको ।

 

Continue reading


देशभक्ती

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

उडेर चन्द्र छुन्छु देशको कुरा म गर्दछु
म बीरको हुँ सन्तती चढाइ ज्यान मर्दछु
मरे म मर्छु भोकले म हात थाप्न सक्दिन
उठाइ माथ बाच्दछु म दास बाच्न सक्दिन ।।

चिराचिरा भयो अझै त भाइ अंश खोज्दछौ
लुकेर पल्लु पल्लुमा हुँ वीर है म भन्दछौ
रुदैछ देश आज लौ फुटेर बस्नु हुन्न है
पूरा गरेर स्वार्थ त्यो लुटेर बस्नु हुन्न है ।।

 

Continue reading


प्रजातन्त्र

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

हाम्रो देश थियो निरश बहुतै राणाहरूको पिडा
बोल्नै बन्द थियो खुलेर जनता बोलेर पर्थे गिँडा ।
राणा शासन थ्यो ढलाउन लडे ती वीर योद्दाहरू
प्रजातन्त्र यहाँ फुलाउन भनी ज्यानै गुमाए बरू ।

कालो बादल त्यो मडारि रहेथ्यो आकाश ढाक्ने गरी
काँप्थे ती जनता सदैब बिचरा बस्थे सबै ध्यान् गरी
बोल्नै बन्द थियो कठै उसघडी बेहाल सारा थिए
छातीमा भुमरी बनाई मुखमा ज्वाला सरी बल्दथे ।।

 

Continue reading


रथाधिकार

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

धेरै भो मनमा विषक्त पिर यो तोडेर फ्याकौँ कहाँ ?
बोलीमा सिमितै हुँदैन कहल्यै च्यातेर हेरौँ यहाँ ।
नारी हुन् जननी डटेर मनमा सन्तानकै खातिर
छातीमा जहिल्यै भरेर ममता सिङ्गार्द छिन् त्यै घर ।।

भोकायो बबुरो भनेर तनमा च्यापेर छाती भरी
बाडेरै ममता सकिन्न उनको मातृत्व नै क्यै गरी ।
नारी पौरुषकै समान घर हो नारा अनर्थै भयो
बोक्सीकै अझ पेचिला बचनले आगो यहाँ सल्कियो ।।

 

Continue reading


शुभकामना पल्लवलार्इ

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

तिम्रो नाम विशाल होस् जगतमा साहित्यको फाँटमा
लेख्दै यी कविता र काव्य जहिल्यै हुन्छन् सबै साथमा ।
आफ्नै बर्कतले हिडाउन सके साहित्यको यो रथ
चढ्दै जाउ सदा सदा शिखरमा यै कामना पल्लव ।।

छर्दै बीज तिमी बढे क्षितिजमा पछ्याउँला पाइला
सुक्ला सागर त्यो अझै बगरमा सुक्दैन हाम्रो कला
गर्दै छौ बहुतै भलाइ सबमा शिक्षा सिकाउँ भनी
थप्दै ज्ञान अझै सबै कविसँगै उर्जा खुदै नै बनी ।।

 

Continue reading


सिर्जना शर्माका केही मुक्तक

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

कुरा हुन्न हिजोआज रिसायौ कि कतै
मनको बह पर लगि बिसायौ कि कतै
आफ्नो स्वार्थ लुट्ने पापी छन कति यहाँ
तिम्ले पनि मनमा पाप चितायौ कि कतै ।।

हिजोपनि कुरिबसें भेटिन नि मैले कतै
कहाँ थियौ दिनैभरी देखिन नि मैले कतै
फर्किएँ निरास हुँदै हुँदै जब राती भयो
खुल्ला राखे बाटो तिम्रो छेकिन नि मैले कतै !!

 

Continue reading


सिर्जना शर्माका केही मुक्तकहरूः

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

कोरी रहेँ यी सिर्जना मन्दाकिनी छुने सरी
मेटिन्छ कि यो तिर्सना मन्दाकिनी हुनेगरी
मेरो भयो प्रयास यो लेखेर यिनै सिर्जना
आओस् न भन्छु सम्झना मन्दाकिनी हुनेगरी ।

धेरै भयो हिजो संगै हूदा तिमी सन्जीवनी
फूल्यो र फक्र्यो आखिरै तिमी हुदा लौ यो पनि
बाटो खनी आफै अझै लागेकी छोरी हो बरु
आफै बुझे लौ मित्र हो यो जन्मियो मन्दाकिनी ।

 

Continue reading