बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

आफन्तले मुटुमा भाला धसाउँदैछन्
आएर सत्रुले बरु मल्हम लगाउँदैछन्

काशी गया के जान्छौ!खुद्राको भाउ मिल्छ
इश्वर भनेर मान्छे पत्थर बिकाउँदैछन्

साेच्थेँ सधैं रगतकाे नाता घनिष्ठ हुन्छ
आफन्त दु:ख पर्दा ताली बजाउँदैछन्

 

Continue reading


बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

दियौं आज धोका तिमीले मलाई
थप्यो दुःख यो जिन्दगीले मलाई ।

दिएँ साथ माग्यौ दुवै हात थामे
लगायौ किनारा सखीले मलाई ।

म बाँचे छु तिम्रो खुसी हेर्न भन्दै
छलेकै थियोे यो खुसीले मलाई ।

 

Continue reading


बहरबद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

यो दैव घाउ हाम्रा आला बनाउदैछ
रातो यही रगतको प्याला बनाउदैछ ।

सोच्दै नसोच उसले खादा लगाइदेला
छोडेर लेख्न शायर भाला बनाउदैछ ।

स्याबास भन्छ कोही आएर द्वार भित्रै
कसरी बुझूँ म मनमा बाला बनाउदैछ ।

 

Continue reading


बहरद्ध गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

आँधी तुफान जस्तै हलचल बनार्इ दिन्छ
आएर याद उनको पागल बनार्इ दिन्छ

आए छ सम्झनाको बाढी यहाँ बिहानै
पीडा दिएर मनमा खाडल बनार्इ दिन्छ

छैनाै तिमी हियामा मेरो बुझेछु मैले
बल्झेर घाउ मेरो घायल बनार्इ दिन्छ

 

Continue reading


मेरो देश

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

जाजरकोट झाडा पखालाबाट
ग्रस्त हुँदा
जीवनजल नपाएर
भरिन्छ चिहानै चिहानले,
गरिब बिरामी हुँदा
मर्छन् सिटामोलको अभावले ,
यही हो मेरो देश
जहाँका नेताले
जनादेश पाएको भन्दै जन्ताको आँसु र पसिना बिनिमय गर्दै
रुघा लाग्दा पनि
हवाईजहाज चढेर जान्छ्न्
विदेशी अस्पतालमा !

Continue reading


गजल

Karki, Sirjana, सिर्जना कार्की, pallawa, पल्लव

सिर्जना कार्की

आयो कोही र अनेक सपना देखाएर हिड्यो,
निमुखाको छातीमाथि नै पाउ टेकाएर हिड्यो ।

रोग र भोकको चपेटामा परेको छ दुर्गम,
औषधी माग्दा सरकार लाठी सेकाएर हिड्यो ।

यहाँ कलमले तरबारलाई जित्छ भन्नेहरू,
सज्जनको बाटोमा, मुर्खलार्इ छेकाएर हिड्यो ।

 

Continue reading