गजल

Seeta, Sita, Panta,, Kandel, सिता पन्त कँडेल, pallawa, पल्लव

सिता पन्त कँडेल

रूवाउन सक्नेले त‌ हँसाउन सक्नु पर्छ
होइन भने सँगै आँशु खसाउन सक्नु पर्छ।

पिरतीको ज्यादतिमा उजुर गर्ने ठाउँ छैन
बदलामा त्यसकै बाली मसाउन सक्नु पर्छ।

हितको परान साथ पाउँदा धक मान्ने किन
उस्तै परे अंगालोमा कसाउन सक्नु पर्छ।

 

Continue reading


गजल

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

होइन सपनिमा आउँनेहरू सित
खेद छ बुज पचाउँनेहरू सित

रुनुको आशय बुझेपछि फेरि
बिरहको धुन बजाउँनेहरू सित

हुन्छ त जीत साँचो प्रेमको ?
प्रश्न प्रेमगीत गाउँनेहरू सित

 

Continue reading


गजल

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

कहिले आँशु कहिले हाँसो खात पार्छ मायाले
कहिले कुराइ जुलुम बनाई रात पार्छ मायाले !

मन्द मुस्कान ओठमा ल्याई आँखाहरू बोलेपछि
पराई पनि आफ्नो बनार्इ बात पार्छ मायाले !!!

कसैसामु नझुकेको स्वाभिमानी शिरलाई पनि
झुकाउँन वाध्य गराई उत्पात पार्छ मायाले !

 

Continue reading


याद आयो,

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

आज किन अनायासै,अतितको याद आयो,
क,ख,ग,घ बार्ह्रखरी रटिराको याद आयो
खाना खाई हतार हतार कहिले पुगौ स्कुल भनि
गुरॉसको शितल खोज्दै हिडिराको याद आयो

चर्को घाम पानीको प्यास ऊकालोको थकान त्यस्तै
बज्नै लाग्यो १० भन्दै लम्किएको याद आयो
कॉहा पाऊनु खाजा खर्च रोटी मकै घरकै खाजा
कहिले होला हाफट्याम भन्दै पर्खि़एको याद आयो

 

Continue reading


सिता पन्त कँडेल का केही मुक्तकहरूः

Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

नियती नै साँप बनी डसेपछि जीवन
हाँसी हाँसी तिखो छुरा धसेपछि जीवन
नफक्रिंदै झर्छ कठै बेमौसमी फूलसरी
आफ्नै अघि मजधारमा फसेपछि जीवन !

विवश छु म भनिसकें मेरा खातिर नरोउ अब
सपनीमा देखें भन्दैमा मेरै तस्विर नछोउ अब
धेरै बुज्ने मान्छे तिमी मलाई नै सम्झाउँथ्यौ
आज उल्टै अबुझ बनी आँसुले नैन नधोउ अब !

 

Continue reading


गजल

Seeta, Sita, Panta,, Kandel, सिता पन्त कँडेल, pallawa, पल्लव

सिता पन्त कँडेल

प्रशंग “शहिद दिवस”कोः
किन हो किन मलाई शहीद दीवस आउँदा दु:ख लाग्छ !
शहीदकै अगाडि उन्कै सपना भने जलाउँदा दु:ख लाग्छ !!

स्वार्थ भन्दा माथी उठेर देशकै लागि मरे ति शहीद !!
उनिहरूका पनि थिए जहान कलकलाउँदा दु:ख लाग्छ !!

गर्ने आखिर एऊटै ले हो साथ दिने हामी छदै थियौ नि !
अधिकार मुठ्याऊनेहरूको मन नपलाउँदा दु:ख लाग्छ!

 

Continue reading