साधना भण्डारीका केही मुक्तकहरूः !!

Sadhana, Bhandari, साधना भण्डारी, pallawa , पल्लव

साधना भण्डारी

साथी भाइ भेट्दा हाँसो हो जिन्दगी
बाबा आमाको लागी नासो हो जिन्दगी
हो मिलन र बिछोडको एउटा नाटक
कहिले खुला कहिले पासो हो जिन्दगी !!

चराहरूको चिरबिर सँगै हुन्छ बिहानी यो
सजायकी छु हजुरको प्रेमिल निशानी यो
अब फर्क प्रिय तिमी बिर्स अतितहरू,
किन भिजाउँदै छौ? रातमा शिरानी यो !!

 

Continue reading


एक मिठो व्यङ्ग्य

Sadhana, Bhandari, साधना भण्डारी, pallawa , पल्लव

साधना भण्डारी

ए हजुर सुन्नुस त एक कुरा भनु हजुरलाई ??
एक ८० बर्षकी पत्नीले आफ्नो ८४ बर्षिय पतिलाई सोध्छिन् पति पत्नीको छेउमा आएर भन्छन् भन पत्नी भावुक भएर भन्छिन् । याद छ हजुरलाई हाम्रो बिहे भन्दा अगाडी आफ्नो आमालाई लुकेर एक पत्र लेख्नु भएको थियो, जसमा हजुरले रिसले म सँग बिहे नगर्ने भनेर लेख्नु भएको थियो किन कि हजुरलाई मेरो मुख राम्रो लागेन भन्नु भएको थियो ।पत्नीको कुरा सुनेर पति आश्चर्य मान्दै पत्नीलाई सोधेँ त्यो पत्र कहाँ पायौं तिमीले? यो त पुरानो कुरा हो ! तब पत्नी आँखा भरी आँसु लिदै हिजो मैले बाकसमा लुगा मिलाउँदा यो पत्र भेटेको थिएँ ।

 

Continue reading


गजल

Sadhana, Bhandari, साधना भण्डारी, pallawa , पल्लव

साधना भण्डारी

सबै मलामिहरूकै भिड्भाड् जमातमा आउनु
सक्छौं मलाई हेर्न तिमी मसान घाटमा आउनु !

थियो ठुलै सपना पुरा गर्न नसकी मरिछ भन्लान्
अन्तिममा भेट्न तनावको अँधेरी रातमा आउनु !

हिजो तिम्रै नाममा अर्पिन्छु भन्दा मान्दै मानेनौं
कौडीको भाउमा छ मुटु किन्न बजारमा आउनु !

 

Continue reading


गजल

Sadhana, Bhandari, साधना भण्डारी, pallawa , पल्लव

साधना भण्डारी

जिन्दगीमा कहिल्यै पनि, हार नखानु !
मैले जस्तै हजार पटक मार नखानु !!

चारैतिर खुल्ला छन् तिम्रा लागी ढोकाहरु !
मैले जस्तै तिरस्कारको कतै बार नखानु !!

घर न घाट को बनायो मायाले जिन्दगी !
मैले झैँ मायाको तिमीले तरवार नखानु !!

 

Continue reading


१४ अक्षरीय गजल

Sadhana, Bhandari, साधना भण्डारी,  pallawa , पल्लव

साधना भण्डारी

चोखो माया पाइदैन बोली के गर्नु र !
मनको कुरा तिम्रो सामु खोली के गर्ने र !!

पराईको मान्छे तिमी पराइकै हुन्छयौ !
तिमी टाढा भए पछि भोली के गर्नु र !!

बोल्दा बोल्दै तिमी संग माया बस्यो भने !
यो मुटुमा ब्यर्थै माया घोली के गर्नु र !!

 

Continue reading