– गजल –

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

केवल थियो मलार्इ,,आश उनैको,
हरेक शब्द लाग्थ्यो खास उनैको।

अघि पर्दा उनलार्इ जति सताएनी,
मनमा थियो नि मात्र बास उनैको।

जिउने दौड धुपमा टाढा पुगिन्छ नि,
रहन मन लाग्थ्यो सधै पास उनैको।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविताचाैलागार्इं

बाहिर मिठो बोली भित्र भित्रै गिरेको मान्छे देखे,
मुखमा राम, बगलीमा छुरा भिरेको मान्छे देखे।

पाप धर्मको ख्यालै छैन,बस् आफु जित्नु छ केवल,
मनमा कपट छ,मन्दिर घुम्दै फिरेको मान्छे देखे।

यो चाहि अशल छ कि भनेर ठम्माउनै आँट्दा मा,
अहमताले क्रुर भइ,छातीमा चिरेको मान्छे देखे।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

को अशल को खराव भनि चिन्न नसकेर,
अलिकति खुशी खोजि मैले किन्न नसकेर।

आफु जस्तै नादान लाग्छन् हर चेहेरा हरू,
अशल माथि खराब फन्दा छिन्न नसकेर।

सानो काम बन्छ भने रूप फेर्छन् सबले,
आफुले गलत पाईला मोडि हिन्न नसकेर।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

सदियौ देखिको चलन यो नारीमै खोट देखाईन्छ।
जन्म दिने आमा हुन, नाम चै बाउको लेखाईन्छ।

ममताकी खानी घरकी देवी हुन् छोरी थाहा छ ,
तैपनी छोराकै आशमा लाखौ भुर्ण फेकाईन्छ।

बिग्रेका छोरा सपार्न बुहारी भित्राउने चलन छ,
छोरा बिग्रेनी, कुरितीले बुहारीकै ढाड सेकाईन्छ।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

हजारौ वाईयात प्रश्नले केरिन्छे नारी यहाँ !
किन समाजको बन्धनले बेरिन्छे नारी यहाँ ?

भनिन्छ खुलमखुल्ला दिईएको छ अधिकार,
तर किन पिडाको भुमरिमा पेलिन्छे नारी यहाँ ?

ठुला ठुला आशा देखाएर उचालेर थचारिन्छ,
अर्का बनाउदै आफ्नो,गोत्रै फेेरिन्छे नारी यहाँ ।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

एक जमाना थियो हाँसो खुसी अपार थियो
भविष्य बनाउने, यौटा छुट्टै आधार थियो ।

हिमाल छुने आशाका नैन बाटोमा विछ्यार्इ
जीवनका विविध अंगमा, छुट्टै बाहार थियो ।

लेख्ने पढ्ने बाहानामा कलेज त फेशन थियो,
राम्री बन्ने रहर सुन्दरता नै आहार थियो ।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

यो मेरो कलमले, बन्दुकको काम गर्ने भए
ठोकि दिन्थे गोली ,गद्दार नेता सबै मर्ने भए ।

कति खप्नु दादागिरी, सिमामा शत्रूको विगवगी,
सारि दिन्थे सिमाना कलम कै बलले सर्ने भए ।

गद्दारी धुर्त नेताहरू,तरस खाउ अब अलिकती,
सर बासाँइ जाऊ, तर मेची काली बरू तर्ने भए ।

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

बाटोमा छुट्टीन्छन कोही, बाटोमै भेटिने कोही,
तिर्खा हो जिन्दगी, भेटिन्छ प्यास मेटिने कोही ।

धेरै सोच विचार गरेर तय गरेको यात्रा हो यो ,
भाग्य नै खोटो हो? विच बाटोमै रेटिने कोही ।

एकोहोरो रोटी त पाक्दैन, साथ रहोस् कसरी,
कति प्यार दिउ उसलाई, किन आफैँ रित्तिने कोही !

 

Continue reading


गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविताचाैलागार्इं

मेरो यो कलमले, बन्दूकको काम गर्ने भए
ठोकी दिन्थेँ गोली, गद्दार नेतासबै मर्ने भए ।

कति खप्नु दादागिरी, सिमामा शत्रूको विगवगी,
सारी दिन्थेँ सीमाना कलम कै बलले सर्ने भए ।

गद्दारी धुर्त नेताहरू, तरस खाउ अब अलिकती,
सर बासार्इं जाऊ, तर मेची काली बरू तर्ने भए ।

 

Continue reading