जोगाएकि त थिए मैले तिमीले नग्न पारेउ
मलाई देखि कुकुरलेझैं तिमीले राल झारेउ ।
बाघले सिकारलाई लुछेजस्तै तिमीले
कमलो छाला,मासु,तन लुछि मलाई मारेउ ।
भोक मेटेउ तिम्रो मनको अनि डडाएउ मलाई
कतै अंग काटि फ्याकेउ त कतै गाडेउ ।
जोगाएकि त थिए मैले तिमीले नग्न पारेउ
मलाई देखि कुकुरलेझैं तिमीले राल झारेउ ।
बाघले सिकारलाई लुछेजस्तै तिमीले
कमलो छाला,मासु,तन लुछि मलाई मारेउ ।
भोक मेटेउ तिम्रो मनको अनि डडाएउ मलाई
कतै अंग काटि फ्याकेउ त कतै गाडेउ ।
कसैको छ आँधी सरी जिन्दगानी
कसैको छ वर्षे झरी जिन्दगानी ।
मधूमास जस्तो कसैको हुँदैन
सुवासिलो अत्तर छरी जिन्दगानी ।
स्वयं लुट्छ अस्तित्व आफ्नो यहाँ जो
उही भन्छ नानाथरी जिन्दगानी ।