बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

त्यो जून मध्यराती झन खास लाग्न सक्छ
दाँजे सुरज अगाडि बकवास लाग्न सक्छ ।

सक्खर अधिक पिलाए तीतो हुनेछ पक्कै,
जोडी नयाँ नयाँ छन् मधुमास लाग्न सक्छ ।

हरपल उसैको लागी त्यो दिल जलाउँदैछौ
थोरै सुरा लगाऊ बिन्दास लाग्न सक्छ ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

नियाल्यो भने चन्द्रमा दाग हुन्छ ।
सबैको यहाँ दोष गुण भाग हुन्छ ।१।

महलमा बसाले नि रानी बनाई।
नराखे हृदय भित्र वैराग हुन्छ ।२।

फरक राख्न हुलमा सके बढ्छ चर्चा।
अभाव हुन्छ जे त्यै बढी माग हुन्छ ।३।

 

Continue reading


गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

मोहनी लाली अधर जोखिम धेरै हुन्छ ।
चुडिन्छन् पैल्यै सुन्दर जोखिम धेरै हुन्छ।

नफूल बिन्ति वासना छरेर मग मग
लाग्दछन् प्यासी नजर जोखिम धेरै हुन्छ।

देखिए पनि रंगीन प्रितीको फुलवारी,
नगर प्रिय सफर जोखिम धेरै हुन्छ।

 

Continue reading


‘तिमी नि फर्क देश मै’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

टिपी गुराँस लेकको दलेर रंग ओठमा
छ सम्झना रमाइलो थियो उही धुलोटमा।
डुली कुना र कन्दरा रमाउँथें म देशमा,
छ शानदार खोर भित्र ज्यान यो विदेशमा।

मधेशका पहाड़का सबै मिले त साथमा
निदाउथें म ढुक्क भै मिठो हरेक रातमा।
कुँडिन्छु देश यो हुँदा सधै गरीब हालमा
फसाइयो सधै निजी अनेक स्वार्थ जालमा।

 

Continue reading


‘तिमी नि फर्क देश मै’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

टिपी गुराँस लेकको दलेर रंग ओठमा
छ सम्झना रमाइलो थियो उही धुलोटमा ।
डुली कुना र कन्दरा रमाउँथें म देशमा,
छ शानदार खोर भित्र ज्यान यो विदेशमा ।

मधेशका पहाड़का सबै मिले त साथमा
निदाउथें म ढुक्क भै मिठो हरेक रातमा ।
कुँडिन्छु देश यो हुँदा सधै गरीब हालमा
फसाइयो सधै निजी अनेक स्वार्थ जालमा ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

बनाएर प्यासी लजाई नदेऊ।
वदनमा डढेलो लगाई नदेऊ।

अधरमा अधरले चढाऊ न अर्घ्य,
बगरको शिला झैं बनाई नदेऊ।

हतार हुन्छ डुब्ने अमृतको कुवामा,
नजरका इशारा चलाई नदेऊ ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

मलाई कसैले नियाली रहेछ।
बुझें दोष मेरै जवानी रहेछ।

घुरी हेर्छ बिघ्नै कुवा भेटिए झैं,
यसो लाग्छ बर्षौं उ प्यासी रहेछ।

हरायो उ मेरो बदनको नशामा,
नजरले यही नै बताई रहेछ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

जलाई घर कपूत बिचमा खरानीमा जुधाई छ ।
मुलुक राम्रो अझै बन्दैन बाँदरको रजाई छ ।

पीतांबरमा छुरा राख्ने कला यी शान्तिका दूतको,
मुखौटामा छ साक्षात बुद्ध आँखामा सलाई छ ।

फुटे पश्चात टाउको आफ्नो भए बैलै सरी मितका,
सबै को ध्यान केबल एउटै आफ्नै भलाई छ ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

कला भाषा बचाउने निशानी छन् अचेल कहाँ ?
पुराना डालि,ठेकि,कोल,मदानी छन् अचेल कहाँ ?

गुलामीमा विदेशको हुनैदिन्नन कमी कुनै,
नझुक्ने वीर देशका कहानी छन् अचेल कहाँ ?

इशारामा घुमी दिने भएकाछन् छिमेकको
यता आफ्नै जमीनको जमानी छन् अचेल कहाँ ?

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

शिला खोजि देउता भेटियो मजा भैदियो
भयौ अंधकार रातमा दियो मजा भैदियो ।

थियो मन निठुर,पत्थर नपग्लिने रै छ झैं,
तिमी के गरीदियौ?पग्लियो मजा भैदियो ।

सधै हुन्नहुन्न भन्थिन छुपाइ ईच्छाहरू,
फकाएर आज अंगालियो मजा भैदियो ।

 

Continue reading


बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

सुनौं लाग्ने सधैमीठा हजुरबाका कुराकानी
कथा जस्तै हुदा रैछन् जमानाका कुराकानी ।

खुदै घरमा बुहारीको खुशी हेरी नसक्नेले,
ठुलो स्वरमै गरी हिंड्छन समानताका कुराकानी ।

खुबै हेरें नियालेरै भँगेराको मया प्रेम,
भयो बुझ्नु निकै गार्हो इशाराका कुराकानी ।

 

Continue reading


‘अठोट’

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

बनाऊँछु आफै म बेग्लै कहानी।
दिलाई जगत् मा सुनौलो बिहानी।।
बगाई पसीना चलाएर माटो।
फलाऊँछु मोती अरब् जानु साटो।।

दिई छाति पोष्ने यि आमा र धर्ती।
म अर्पिन्छु ज्यानै दुबै देवि प्रति।।
सके तिर्छु भारा जिउंदो पुत्र भै।
नत्र हुन्छु धर्ती तिम्रो भार ज्यूँदै।।

 

Continue reading