‘कालखण्डको निर्माणमा’

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

म हलाहल विष पनि पचाइदिन सक्छु
दिउन् सबैले
आ-आफ्ना क्षोभ, द्वेष, र कुन्ठाहरू
ईष्र्या, कुटिलता, घृणा र तिरस्कारहरू
क्रोध, आवेश र तनावहरू
म सबै विसङ्गतिहरू
आफूमा विलय गरिदिन्छु
अनि धोई, पखाली, पवित्र गरी
पुनः जीवन दिनसक्छु तिमीलाई
किनकि म ज्ञानको सागर हु–

 

Continue reading


‘सक्छौ त दिन ?’

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

केही दिन्छु तिमी नभन
केही लिन्छु तिमी नभन
तिमीले दिने कुरा नै के छ र
तिमीले लिने कुरा नै के छ र ?

जो तिमी दिन सक्तैनौ
त्यो लिएर व्यर्थ के गर्छौ
जो पाएर पनि पाउदैनौ
त्यो व्यर्थ साँचेर के गर्छौ ?

 

Continue reading


गजल

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

बाहिर भने सौम्य मुहार, भित्र क्रूर उहाँ
साम, दाम, दण्ड, भेदले, भरपूर उहाँ ।

जो सत्तामा गए पनि, त्यसमा घुस्नै पर्ने
नत्र भने सदनमा, चूर-चूर उहाँ ।

जसले चारा हाल्न सक्छ, उतै लाग्नु हुन्छ
नैतिकता नै हराएको, कस्तो झूर उहाँ ।

 

Continue reading


श्रेष्ठ प्रिया पत्थरका जोर गजल

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

गजल– १,
लाटा माझमा बाठा बन्छन्, बेकम्माका गाँडेहरू
विकासका नारा लाउछन्, बिथोल्ने ती फाडेँहरू ।

जता हेर्यो जगजगी छ, लूटाहा र फटाहाको
सोह्रै आना चोखो बन्छन्, धुती खाने धाडेहरू ।

कमिसनको ओइरो लाग्ने, ठूल्ठूला पद जम्मै
ओगटेर धम्म बस्छन्, बलिया बाङ्गा ढाडेहरू ।

 

Continue reading


गजल

shrestha, priya, patthar, श्रेष्ठ प्रिया ‘पत्थर’, pallawa, पल्लव

श्रेष्ठ प्रिया ‘पत्थर’

मलार्इ पनि ज्युने मन छ, ज्युनदेन ए जिन्दगी
जिन्दगीको मधुर पियुष, प्युनदेन ए जिन्दगी

दुखाइ मात्र कति दिन्छस्, तडप मात्र कति दिन्छस्
कहिलेकाहीँ सुखको आभास, छुनदेन ए जिन्दगी

कति तोडी मात्र रहन्छस्, टुटेको यो दिललाई
अलिकति मीठाे रहर, उन्नदेन ए जिन्दगी

 

Continue reading