धुर्त ब्वाँसो

Shreejana, Sarovar,, श्रृजना सरोवर, pallawa, पल्लव

श्रृजना सरोवर

एकादेशमा एउटा सुन्दर गाउँ थियो । प्रकृतिको अनन्त मनोरम छटाले भरिपुर्ण गाउँ । जहाँ खोला, नदी, वन–जंगल, ताल, तलैया,ऐतिहासिकताले सुसज्जित प्राचीन धरोहरहरू, डाँडापाखा, हरियाली मैदान, खरले छाएका, च्यादरले छएका ससाना ग्रामीण बस्तिहरू, मानवीय सभ्यता पनि अत्यन्त पूर्वीय संस्कार युक्त, धेरै बर्ष अघि प्राचीन कालमा राजा यूधिष्ठिरले सुनको मन्दिर बनाएर भगवानको आरधना गरेकोले सुन्दर नगरी नाम रहेको किम्बदन्ती । सुन्दर नगरी जसरी नाम रहेको गाउँ थियो त्यसरी नै त्यहाँ को सभ्यता अवर्णणिय थियो । कयौं पुस्ताले सो मनोहर सभ्यता लाई अनुसण प्रवर्द्धन र सम्बर्द्धन गरि ल्यएको थियो ।

 

Continue reading


सृजना सरोवर को जोर गजल

Shreejana, Sarovar,, श्रृजना सरोवर, pallawa, पल्लव

श्रृजना सरोवर

गजल– १,
सबै नै उस्तै हुँदैनन् बिहानी ।
न हुन्छ एकनासको निशानी ।

पवन पनि त चल्दैन एक सुर,
हुरी बतास र हुन्छ घाम पानी।

बिश्वास छैन मलाई स्थिरत्वाको,
फूल झै ओइलिन्छ यो जवानि ।।

 

Continue reading


श्रृजना सरोवर का जोर कविता

Shreejana, Sarovar,, श्रृजना सरोवर, pallawa, पल्लव

श्रृजना सरोवर

१) जुनकीरी !
दोष तेरो लोग्ने भनाउँदो लाहुरे को होईन,
तलाई बेहुली हुँदा एउटा खद्दरको सारी किन्न नसक्नु,
एउटा राम्रो नयाँ फूलबुट्टे चोली दिन नसक्नु,
एकजोर चप्पल र आँखा को गाजल दिन नसक्नु,
तेरा चंचल आँखाको भाखा चिन्न नसक्नु,
दोषी त यहि पित्री सत्तात्मक परम्पराको हो ।
आफैं बदलिन नसक्ने ले ,
कसरी बदलोस यो कुसंस्कार ?
कसरी फोड्न सकोस् यो कुरितिको घ्याम्पो ?
अब,
तैंले बदल्नुछ आफैंलाई ,–

 

Continue reading