शिवा कार्की का केही मुक्तकहरूः

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

धेरै भयो भेट भाछैन साच्चै तिम्रो के हाल छ ?
म त निकै बिरामी छु सुन्छौ भने वेहाल छ !
माइती टाढा घर नि टाढा सक्रान्ति नि आयो गयो
हासी खुशी बस्नु तिमी लेखी पठाऊ जे हाल छ !!

उषा बनी आएर त्यो संन्ध्या बनी मेटीनलाई
किन आउँछ मेरो साथी दिलमा त्यसै रेटीनलाई
होलान कुनै बाध्यता र बिवषता त उस्का पनी
दुई दिनको जिवन हाम्रो छुट्टीन र भेट्टीनलाई ।।

 

Continue reading


शिवा कार्की का जोर गजल

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

गजल– १,
कहिले सम्म यसैगरि लुकाऊ प्रतिभालाई,
चाहाना र रहर मारि सुकाऊँ प्रतिभालाई !

मन भित्र आक्रोसको ज्वाला बलेको छ,
जलाएर कहिलेसम्म दुखाऊँ प्रतिभालाई !

धेरैखाले व्यन्जनहरू, पस्किनेको भिँडमा,
यस्तोलाग्छ,कहिले काहीँ फुकाऊँ प्रतिभालाई !

 

Continue reading


“यति धेरै माया दियौ”

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

यति धेरै माया दियौ पोखिजाने हो कि कतै
पटुकिमा बाँधिराखु फुकि जाने हो कि कतै
परेलिमा लुकाई राखु देखिजाने हो कि कतै
डर लाग्छ शौभाग्य यो लुटि जाने हो कतै

चाहान्थे म माया राख्ने कुनै नौलो संसार होस
जहाँ हाम्रो चोखो माया जुगौ,जुग बाँचिरहोस
यदि त्यस्तो नभरै अनर्थ पो हुने होकी
कतै हामी रमाउँदा निर्दोष आत्मा रुने होकी

 

Continue reading


शिवा कार्की का जोर गजल

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

गजल– १,
पिउँनेले अलिकति थोरै पिए हुँदैन र ?
घरमा आई मिठो बचन दिए हुँदैन र ?

आफ्नो गल्ति नजानेर रिसाउँनै पर्ने भए
आफ्नै रिसले आफैँ भित्रै खिए हुदैन र ?

लालावाला भोकै राखी भट्टितिरै के धाउनु ?
सधैँ प्यूनै मुखलाई अव सिए हुँदैन र ?

 

Continue reading


शिवा कार्की का जोर गजलः

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

१) गजल…
संध्यामा भेटर उस्लाई फर्किए विहानी हुँदै,
यामले चुमेका औँला एकमिठो निशानी हुँदै !

पवित्र नदिको छेउमा बनेका किनाराहरू,
सम्झना बोकेर बगेँ, अनौठो कहानी हुँदै !

अनन्त यात्रा हो, जीवन रोकेर रोकिन्न रै’छ,
भिजेका परेलिहरू रूझेका सिरानी हुदै !!

 

Continue reading


गजल…

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

संध्यामा भेटेर उस्लाई फर्किए विहानी हुँदै,
यामले चुमेका औँला एकमिठो निशानी हुँदै !

पवित्र नदिको छेउमा बनेका किनाराहरू,
सम्झना बोकेर बगेँ, अनौठो कहानी हुँदै !

अनन्त यात्रा हो, जीवन रोकेर रोकिन्न रै’छ,
भिजेका परेलीहरूको, केवल सिरानी हुँदै !

 

Continue reading