बहरबद्ध गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

यहाँ को छ मान्छे सुखैमा जिएको
सबै आशमा नै रहेछन् खिएको ।

कहाँ खोज्नु मैले वचनको दवाई
हियाभित्र ठूलो छ कब्जा लिएको ।

न मीठो छ बोली न आशा भरोसा
हिजोआज धेरै छ पीडा दिएको ।

 

Continue reading


बहरबद्ध गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

अहो देह हाम्रो खरानी रहेछ
र यौटा हुने नै चिनारी रहेछ ।

गरे काम राम्रो सफल जिन्दगी भो
यसो छोड्न पर्ने निशानी रहेछ ।

छ जो कार्य गर्ने सदा झैँ खटेरै
जमीनबाट हीरा निकाली रहेछ ।

 

Continue reading


बहरबद्ध गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

अहो ! कोपिला मै गयो यो जवानी
कसोरी बताऊँ दुखीको कहानी

मलाई अकेली बनाई गएथ्यौ
सदा याद राख्ने छ यौटा निशानी

न मान्ने भनेको न सुन्ने कुरा नै
छ कस्तो घमण्डी उसैको अडानी

 

Continue reading


स्वार्थ

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

जीते केही पैसा कमाउँला र जहान छोराछोरीलाई राम्रोसँग पाल्न सकुँला भन्दै स- साना बालबालिका र जीवन संगिनीलाई छाडेर विदेश हानियो । विभिन्न देशविदेश हुँदै ठक्कर खाँदै केही कमाउन पनि सफल भयो । त्यसपछि सबैले पि आर लिएको देख्दा उसलाई पनि लिन मन लाग्यो र पि आर पाउने देशतिर लाग्यो । पि आर नभैकन कानुनी हिसाबले काम गर्न नपाइने त्यो देशको नियम हुनाले उसले प्रहरीको आँखा छली काम गर्न थाल्यो , आम्दानी राम्रै हुन्थ्यो ।
विना पि आरको व्यक्तिले बैकमा धेरै पैसा राख्न पनि डर हुन्छ कि भन्ने सोचले उसले परिचित कुनैलाई सबै पैसा राख्न दियो , जुन पि आर प्राप्त थियो ।

 

Continue reading


आवाज लिएर

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

भुकम्पले चर्काएको मेरो माइती घर
अनि भत्काएको डाँडैको चौतारी
घाइते बनाएका मेरा इष्टमित्र
संगी साथी
संघीयताको नाममा मृ्त्युवरण गरेका
आफन्तजन
सबैको याद दिलाउँदै
आयो त्यो तीज
माइती घर मर्मत भैसके कै छैन
पाल र पानीको तालबाट छुट्कारा
पाइसके कै छैन
हिजोसम्म राहतको लागि हात
पसार्दै हुनुहुन्थ्यो आमा–

 

Continue reading


बहरबद्ध गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

गरे काम राम्रो अमर हुन्छ हुन्न
बिगारे र छाडे असर हुन्छ हुन्न

बगेको छ खोली घरैबाट टाढा
अहो हेर साच्चै बगर हुन्छ हुन्न

कसोरी म बस्ने तिमी देखि टाढा
सरौ पास भन्ने खबर हुन्छ हुन्न

 

Continue reading


माग

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

मामु मलाई त आई फोन सिक्स् चाहिन्छ है अहिले नै भनेको छु —– कान्छो छोराले भन्यो ।
मलाई त एप्पलको अाई प्याड जेठोले घुर्कायो ।
दिदी हजुरले अाज सम्म मलाई केही त दिनुभएको छैन । अहिले एस. एल . सी पनि ए जोडमा पास गरेँ मलाई पनि एउटा राम्रो मोबाइल चाहिन्छ है —— भदाले भन्यो । मलाई त अरु केही चाहिँदैन त्यही बनेको पाइन्ट टिसर्ट भनेर भदैले भन्दै थिई ।
होइन नानी बुढेसकाल लागेर हो कि अाजकल त एक्दम जाडो हुन्छ —– बुबाले सुनाउनु भयो । खै यो जिब्रोलाई चट्ट पिरो अाएको चटनी चाहिन्छ , लोरो सिलौटौ नारेर चटनी पिस्नै गाह्रो भयो —– अामाको कुरा थियो ।

 

Continue reading


गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

पीडा भयो यो मन भरी, जञ्जिर बनाएर
कस्तो निषेध् पूजा हरे, मन्दिर बनाएर

भावी कता लागे अहो, झन् झन् भयो पीडा
कस्ता दसा जीवनभरी, तक्दिर बनाएर

खै के भनौँ साथी यहाँ, यस्तै चलन भयो
त्यै दैवले खोस्यो खुशी, आखिर बनाएर

 

Continue reading


गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

छोरा तिमी छैनौ रुने ,कुर्ता समाएर
टाढा भयौँ यी आँसुका ,धारा बगाएर

सानै थिए मेरा मुना, आएँ यता छोडी
बाटो कुरी बस्ने भए, आमा नपाएर

छोरा रुँदै भन्दैछन् पो, आमा छिटो आऊ
हाँसी खुशी हौँला सबै, चित्त बुझाएर

 

Continue reading


बहरबद्ध. गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

टाल्छु पीडा बेदना , सोच्छु यो मर्मत भयो
शत्रु लाग्दा दम गरेँ , सोच यै तागत भयो

दिन्छ धोका भाग्यले , भोलि पक्कै दुख्छ मन
बग्छ आँखाबाट रस् सोच त्यो सर्वत भयो

हिड्न खोज्दा चौरमा , सार्न गाह्राे पाइला
लाग्छ वैरी बीचमा , चौर त्यो पर्वत भयो

 

Continue reading


शारदा पौडेलका केही मुक्तक…..

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

‎तिम्रो लागि जून तारा झारिदिन्छु भन्थ्यौ
सारा संसार झिलिमिलि पारिदिन्छु भन्थ्यौ
जीवनमा आउन सक्ने आपत विपत छेक्न
वरिपरि वर पिपल सारिदिन्छु भन्थ्यौ ।।।

यस्तै ठाउँमा बस्न पाए मनका पीर भुल्थेँ होला ,,
यिनै फूल फुलेसरि ढकमक्क फुल्थेँ होला ,,
मनैभरि हर्ष अनि उमंगका साथमा
चारै दिशा घुमिफिरी आनन्दले डुल्थेँ होला ,

 

Continue reading


बालसोच

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

सायद उनी कक्षा दुईमा पढथिन् होला । उनी मामाघर बसेर पढेकी हुनाले अलि बढि नै जिद्दी स्वाभावकी पनि थिइन् । त्यतिखेर हाजिर गर्दा सरहरुले नामका साथमा थर पनि भनेर बोलाउने गर्नु हुन्थ्यो । त्यहाँ अधिकांश अर्याल भएकोले बिद्यालयमा पनि अर्यालको संख्या मनग्यै थियो। उनका कक्षामा पनि अर्याल कै संख्या बढी थियो भने बाँकी गुरुङ ,मगर र अधिकारी । विद्यालयमा पौडेल थिए थिएनन् उनीलाई थाहा थिएन तर कक्षाकोठामा उनी मात्रै थिइन् । एकदिन शिक्षकले हाजिर गर्दै हुनुहुन्थ्यो ।सबैको नामको पछाडि थर भन्दै बोलाउँदै जाने क्रममा उनीको पालो पनि आयो। उनीले हाजिरी त जनाई तर पछि एकाएक भक्कानिएर रुन पो थालिन् । उनी रोएको कारण जान्न सर उनको नजिकै गएर सोध्नु भयो ” किन रोयौ नानू ” ? भन त ।

 

Continue reading


बहरबद्ध गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

कसोरी म पोखूँ व्यथा जिन्दगीको
भरोसा टुटेको दशा जिन्दगीको

कहाँबाट थाल्यौँ अनौठो कहानी
सुनाए रुनेछौ कथा जिन्दगीको

अझैसम्म मेरो खसेको छ आँसु
छ अत्यास लाग्दो धरा जिन्दगीको

 

Continue reading


“कुकुरलाई मासु पैंचो”

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

दिने भनेर जो पाए उसैलाई दिने होइन नि , कति दुःखले कमाएकि छु यहाँ ।
हजुरलाई के थाहा ? ” कम्ता दुःख गरिचु मैले “।
हजुरआमा भान्साको अँध्यारोबाट, अँध्यारो नै छिचोल्ने गरि हजुरबुबासँग कराउँदै हुनुहुन्थ्यो ।भो भो जान्नी नभई कस्तालाई दिन हुन्च र कस्तालाई हुदैन भन्ने मलाई पनि राम्रोसँग थाहा छ । “आफैंमात्रै जान्ने छु भन्ठान्चे यो आईमाई”, हजुरबुबाले पनि हजुरआमालाई जवाफ दिदै हुनुहुन्थ्यो ।

 

Continue reading


पापिष्ठको भाषण

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

एकदिनको कुरा हो ।म काममा जाँदै थिएँ ।म बसेको ठाउँबाट करिब आधा घण्टापछि ट्रेनयात्राबाट काममा पुगिन्थ्यो । बिहानपख सबै काममा जाने भएर होला ट्रेनमा निकै भिड हुन्थ्यो । कहिलेकाहीँ त उभिएरै ट्रेनयात्रा गर्नुपर्न हुन्थ्यो ।म त्यो भिडमा हात समाउने ठाउँ खोज्दै ट्रेनभित्र कोचिएकी थिएँ , त्यहाँ कसैको अनुहार हेर्न सक्ने अवस्था थिएन । मैले कसैको कपडा समाएर उभिएकी थिएँ , तर थाहा थिएन उनी को थिइन् । निकै पर पुगेपछि ट्रेन रोकियो ।मानिस अोर्लने र चढ्ने क्रम जारि नै थियो । यही मौकामा मैले कसको कपडा समाएकी रहेछु हेर्ने जिज्ञासा भयो र मुन्टो फर्काएँ ।

 

Continue reading


बहरबद्ध गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

एकतामा बाँधिएका ,को पहाडी को मधेसी
यै धरामा झांगिएका ,को पहाडी को मधेसी

जुट्नलाई लौन सारा ,उठ्न पाए जाति हुन्थ्यो
बुद्धिमानी ठानिएका , को पहाडी को मधेसी

बुद्दको यो ज्ञानभूमी ज्ञान बाँडौँ जुध्न छाडौँ
चेतनाले गाँझिएका को पहाडी को मधेसी

 

Continue reading


मानसिकता

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

अन्दाजी रातको 1 बजेको हुँदो हो ।म सुत्ने तरखर गर्दै थिएँ ।अचानक मोबाइलमा म्यासेजको घण्टी बज्यो । मैले कसले म्यासेज गरेछ ,यसबेला भनेर चेक गर्न चाहेँ ।
म्यासेजमा लेखिएको थियो ” ए हेल्लो ” सन्चै छौ ? के गर्दै छौ नि ? कि मेरै यादमा त छैनौ ???
अादि इत्यादि
मानौँ उसकालागि म एक परिचित ब्याक्ती थिएँ र हाम्रोबिच निकै लामो समयदेखि कुराकानी भइरहेको थियो ।

 

Continue reading


१६ अक्षरीय गजल

Sharada, Paudel, शारदा पाैडेल, pallawa,पल्लव

शारदा पाैडेल

ढिकी जातो गर्छु मैले घान लगाउनु आमा
गुन्द्री पनि बुन्छु आफैं तान लगाउनु आमा ।

पराइको भरमा बस्दा गाह्रो हुने रहेछ
खरानी मै धोउँ लुगा बान लगाउनु आमा ।

मेसिन पनि बन्द भए पेट्रोल सिद्दिएर
खुर्पा अब मै हर्चाप्छु सान लगाउनु आमा ।

 

Continue reading