शान्ति अधिकारीका केही मुक्तकहरू

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

ठुलै भयौ दुई चारको पछि लाएर ।
रुठे आफ्ना घरै बिग्र्यो अन्तै धाएर ।।
बुझ्नेले त खैके बुझ्लान् आशु बगाएर ।
अघाउँछ्यौ रे स्वार्थको त्यो माया पाएर ।।

बुझि देउन बढ्यो अभिभारा तिम्रो।
फेरी पनि नहोस उस्तै पारा तिम्रो ।।
चेतनाको दियो बल्दा गाउ शहरमा ।
लुक्दैन गल्ति गरे खुल्छ सारा तिम्रो ।।

 

Continue reading


शान्ति अधिकारीका मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

स्वविवेकको प्रयोग गरेर त हेरौ ।
बनाउन गाउ लागी परेर त हेरौ ।
बहकिदा हिजो हामी बिग्रिएको सारा ।
सबै मिल्छ स्वार्थि शिखर झरेर त हेरौ ।।

भ्रम पालेर यहाँ नाच्दो रहेछ मान्छे ।
पुरा नहुने आसा साँच्दो रहेछ मान्छे ।।
मनका सारा खुसीहरु मरे पछि पनि ।
अर्काको लागी भन्दै बाँच्दो रहेछ मान्छे ।।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकिय टुक्राहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

यो मुलुकको चिन्ता गर्नेहरु हो ।
खुट्टा कमाई पछि सर्नेहरु हो ।।
सकारात्मक सोच राख्नु त पथ्र्यो ।
जनतालाई भ्रम छर्नेहरु हो ।।

यो दिलै फसायौ र त मर्नु भो ।
छातीमा टसायौ र त मर्नु भो ।।
धोको फेरी रुने मन थियो तर ।
आखाँमा बसायौ र त मर्नु भो ।।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

सधै भरी रमाएर बाँच्न यहाँ सकिन्न रे,
सत्यताले कमाएर बाँच्न यहाँ सकिन्न रे ।

मान्छे चिन्न सारै गाह्रो त्यसैले त भन्ने गर्छन् ।
अरुकै हात समाएर बाँच्न यहाँ सकिन्न रे ।

घात गर्ने धेरै हुदा आफ्नै ठानी कसैलाई नि,
जिन्दगी नै थमाएर बाँच्न यहाँ सकिन्न रे ।

 

Continue reading


भलाकुसारी

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

अन्तर्वार्ताकी पात्रः शान्ति अधिकारी

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

प्रस्तुतीः अरूणनदी खत्री

मध्य पश्चिमाञ्चल, डोल्पाको बैजवारा निवासी बाबा पदमहरी अधिकारी र आमा अम्बिका अधिकारीका कोखबाट जन्मिनु भएकी शान्ति अधिकारी -पोख्रेल) को इनरुवा, सुनसरी निवासी गोपाल पोख्रेल सँग वैवाहिक सम्बन्धमा वाधिनु भएकी हो । शान्ति अधिकारीको पुख्र्यौली घर भने तार्कु खहरे, लमजुङ्ग हो । राष्ट्र सेवक भनौँ वा जीविको पार्जनका शिलशिलामा हालको बर्साई कोहलपुर, बाँके रहेको छ । उहाँ सगुन र शिशिर पोखरेल दुइ सन्तान की धनी हुनुहुन्छ । आफू नेपालगञ्ज नर्सिङ्ग क्याम्पस, कोहलपुरमा सेवारत हुनुहुन्छ । हालसम्म उहाँका ‘ शान्ति वाटिका गजल संग्रह- २०७०’ प्रकाशन भैसको छ भने हाल अर्को नूतन कृति प्रकाशनको तयारीमा जुटिरहनु भएको छ ।

 

Continue reading


शान्तिका केही मुक्तकहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

,शान्ति अधिकारी

समयले हेर मलाई हाँस्न सिकायो ।
मरुँ मरुँ झै लाग्दानी बाँच्न सिकायो ।।
सिकाउदा सिकाउदै यती सिकायो ।
हिजो आज आफै सगँ ढाट्न सिकायो ।।

सकिदैन आफ्ना तर्के मुटु भित्र बसाउन ।
न सकिन्छ तिन्कै लागि दुनिया यो हँसाउन ।।
एकोहोरो रोटि हजुर कहाँ पाक्छ डढी जान्छ ।
हुँदै हुन्न स्वार्थि सम्झि व्यथै आँशु खसाउन ।।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

मलाई गर्ने माया थियो अन्त कतै मोडियो की
एक पल्ट विचार गर मन उतै छोडीयो की ?

शंकाले मन जलाएर किन टाढा हुन्छौ तिमी
आफैँलाई सोधी हेर मन अन्तै जोडियो की ?

हाम्रा मनका कुराहरू सँगै बाटया जस्तो लाग्छ
विचार गर बाट्या डोरी कलेजीमैँ तोडियो की ?

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

,शान्ति अधिकारी

मैले दिएको हतियाले, मैलाई काटी नभन्नु है
सबै कुरा पुरा हुन्नन, फेरी ढाटी नभन्नु है

सुनि मात्र बस्यौ किन, कुरा बढी गरे क्यारे
सुन्दै जादा धेरै भए, गफै छाटी नभन्नु है ।

तिम्रा मिठा कुरा सुन्न, कतै नजिक आए भने
मनमा कुनै भ्रम पालि, मैलाई आटी नभन्नु है ।

 

Continue reading


शन्ति अधाकारीका केही मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

,शान्ति अधिकारी

ठाँउ पाए रमाएर बस्न सक्दा रै’छौ ।
घरी घरी सर्पले झै डस्न सक्दा रै’छौ ।।
मिठो बोली राम्रो व्यवहार देखाए नी ।
पछि बाट तिखो छुरी धस्न सक्दा रै’छौ ।

थियो माया यो मुटुमा भन्न सकिएन ,
त्यसैले त उनको राम्रो बन्न सकिएन ।
मर्स्याङ्दीमा उर्लिदै भेल आयो भन्दैमा,
रोक्नलार्इ किनारामा खन्न सकिएन ।।

 

Continue reading


शान्तिका केही मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

खोला सँगै नदी तरे सागरमा पहिरो रै’छ ।
दु ख व्यथा पोख्दै रोए ससांरनै बहिरो रै’छ ।।
निरासाको आँधी भित्र अलमलिदा जिन्दगीको ।
परिभाषा बुझ्न खोजे सकिएन गहिरो रै’छ ।।

साक्षी छ जून तारा छन् साक्षी ।
पाटी र पौवा धारा छन् साक्षी ।।
लगाको माया जुनिभरलाई हो ।
हैन नभन्नु सारा छन् साक्षी ।।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

कोशी अनी कर्णालीको बहाव कस्तो कस्तो ,
गरिबकै बस्ति फाल्ने स्वभाव कस्तो कस्तो ।

क्षण भर हसाएर रुवाई जाने त्यही ,
मायालुको जिन्दगीमा अभाव कस्तो कस्तो ।

कर्तव्यको ख्याल नगरी सन्तान हिडे पनी ,
तिनै प्रती बा–आमाको लगाव कस्तो कस्तो ।

 

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

आफ्नै घरमा चोर पालेर के नै जोगिन्छ ।
पसाई मुसो प्याल टालेर के नै जोगिन्छ ।।
बनाई मुर्ख जनतालाई स्वार्थ लुकाउन ।
फोहर माथी हाम फालेर के नै जोगिन्छ ।।

आधुनिक खोल ओढेर धर्म प्रति रोस किन ।
राम्रो काम गर्दै जाउ संस्कृतीलाई दोष किन ।।
रोकौँ रोक्न सक्ने भए जुवा रक्सि डिस्को वार ।
विकृतीमा सामेल हुँदै व्यर्थैको त्यो जोश किन ।।

 

Continue reading


*जिन्दगीको पाना*

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

नच्यातिएको भए मेरा जीवनका पाना
कती सु ख दु खका कहानी लेखीन्थे
नछोपिएको भए मेरा स्मृतीका अवशेष
कसैको अमुल्य निशानी भेटिन्थे ।
नबिथोलीएको भए हिजोका यादहरु
आज बिशाल हिमश्रृंखला बनि सक्थे
नमेटिएको भए विश्वास
बनि दिन्थ्यो मायाको सगरमाथा
साच्चै
नढाटिएको भए म आफ्नाहरुबाट
या भनु आफ्नै मुटु बाट
सम्झनाको मिशाल बनेका हुन्थे ।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

उठ्नु पर्यो मेची कोशी भेरी उठ्नु पर्यो ,
उठ्दा खेरी लड्यो भने फेरी उठ्नु पर्यो ।

पाईदैन हक अनि अधिकार त्यसै,
दुश्मनको गर्धन परे सेरी उठ्नु पर्यो ।

कटुतालाई छोडौ अब हिजो जस्तै फेरी,
मित्रताको अंगालोमा बेरी उठ्नु पर्यो ।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

सधै हत्या बलत्कार के मनाउनु दिवस,
बढ्यो हिसां लगातार के मनाउनु दिवस ।

अपराधिलाई दण्ड दिने कानुन नभै दिदाँ ,
हुन्छ मुद्धा लम्पसार के मनाउनु दिवस ।

आत्मविश्वास बढाउदै चेतनाको दियो बाल्न ,
हटे पछि दुई चार के मनाउनु दिवस ।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

बिगतको निशानीलाई सम्हालेर राख माया ,
जिन्दगीको कहानिलाई सम्हालेर राख माया ।

सम्झनामा हराउँदा अकस्मात नयनबाट,
बग्ने खोज्ने पानीलाई सम्हालेर राख माया ।

बसेकी छु हृदयमा तिम्ले हेर्दा मैले देख्छु ,
आखाँका ति नानीलाई सम्हाँलेर राख माया ।

 

Continue reading


शन्ति अधिकारीका मुक्तकहरूः

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

,शान्ति अधिकारी

राम राम भन्दै यहाँ पाप गर्ने धेरै भए
गरिबको नाम बेचि भुँडी भर्ने धेरै भए ।
भाईचारा बेपता भो छदै छैन मानवता
निमुखाको खुट्टा तान्न लागी पर्ने धेरै भए ।

खोले पर्दा लुक्छ माया भनेकै त हुँ ।।
भेल जस्तै सुक्छ माया भनेकै त हुँ ।
निकै चिप्ला कुरा गर्यौ फरक देखिन ।
बिच बाटोमा रुक्छ माया भनेकै त हुँ ।।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

मेरो माया आउछ भनि पर्खि बसेकी छु,
सधैँ मुल बाटो तिरै फर्कि बसेकी छु ।

माया देखाई योवनको प्यास मेटाउन ,
देख्दै स्वार्थि मान्छेसँग तर्कि बसेकी छु ।

तिम्रा बारे नानाथरी कुरा काट्नेलाई नि,
मुखभरीको जवाफ दिई झर्कि बसेकी छु ।

 

Continue reading


शान्ति अधिकारीका केही हाईकुहरू

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

प्रतिक्षा लामो,
देउराली धाउदै
प्रेम पुजारी ।।

कमायौ खुट्टा,
सत्यता लुकाउन
अन्याय बाटो ।।

लुकाई राख,
हृदयको माझमा
औलिन्छ माया ।।

 

Continue reading


गजल

Shanti, Adhikari,शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

बिगार्ने भो यहाँ अहकांरले बिगार्ने भो ,
आफन्तको छुद्र व्यवहारले बिगार्ने भो ।

बिर्सिएर सबै कुरा निहित स्वार्थ हेर्दा ,
घर दाजु भाईको मारामारले बिगार्ने भो ।

चमत्कार भन्दै बैज्ञानिक प्रविधिको ,
विश्व ध्वस्त पार्ने कुबिचारले बिगार्ने भो ।

 

Continue reading