शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

भगवान झै हामी राम्रो बन्न सकौँला र ?
मनमा ईर्ष्या डाहा छैन भन्न सकौँला र ?
जानेर या नजानेर भएका छन् सयौं गल्ती
यथार्थमा राम्रो बाटो खन्न सकौँला र ?

बस्त्र झै मन मैलिएर जान्छ भने जाओस्
यथार्थ कुरा फैलिएर जान्छ भने जाओस्
राम्रोलाई राम्रो भन्ने मान्छेमा आट नभएसी
मन हो आखिर बैलिएर जान्छ भने जाओस् ।।

 

Continue reading


शान्ति अधिकारी का जोर गजल

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

गजल– १,
रिसाउन हुन्न हजुर चर्किएर बोल्न हुन्न ,
वचन छुरा बन्न सक्छ झर्किएर बोल्न हुन्न ।

तिम्रै त हुँ तिमी भन्दै दौडी दौडी आएकी छु,
कोमल मन दुख्न सक्छ तर्किएर बोल्न हुन्न ।

हदै सम्म निष्ठुरी त न हौ प्रिय पाप लाग्ला ,
पछुताउनु पर्ला अन्तै सर्किएर बोल्नु हुन्न ।

 

Continue reading


गजल

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

परदेशी हुँदा युवा आँगन खाली खाली भयो ,
मायामा सधै लुट्पुटिने मन खाली खाली भयो ।

जिन्दगीलाई चलाई राख्ने धारा अनि उपधारा ,
बनाएर पारित गर्ने सदन खाली खाली भयो ।

लागेन खै बिश्वास किन हिजो भन्दा पनि आज
पूरा गर्न दिईएको वचन खाली खाली भयो ।

 

Continue reading


शान्ति अधिकारी पोख्रेल का केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

साथ दिन्छु भन्छन् जङ्घार काट्न नसक्नेले
जिन्दगीमा आउने दु:ख साट्न नसक्नेले
रुपको बयान कति कति तनको प्यास मेट्न
लाउछ्न् धक्कु कुनै कुरा आट्न नसक्नेले ।।

सधै भरी कसले कसलाई के दिन सक्छ र ?
मनमा माया भा’को मान्छे तर्किन सक्छ र ?
सोचे जस्तो नहुँदैमा संन्सार डुब्यो भन्नेहररू
स्वम उसले अरुको गुन सम्झिन सक्छ र ?

 

Continue reading


‘छोरीको आगमन’

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

तिमी आउनै पर्ने भएर आएकी छौ
लेखिन बाँकी भाग्य
भोग्न बाँकी भविष्य सँग सम्झौता गरेर
निरासाको बादल हटाउदै अँध्यारो युगलाई चिर्दै
खुशीको बर्तमान अक्करे भिर जस्तो जिन्दगीलाई
गन्तव्य सम्म पुर्‍याउन
यो उज्यालो युगमा आएकीछौ ।

यहाँ तिम्रो आगमनमा टाङ्गिएको छैन तुल
बनाईएका छैन स्वागत द्वार र पनि
लाम बद्द छन् शुभचिन्तकहरू
ओठमा खुशी मनमा उत्साह र
हातमा शुभकामनाका शब्दगुच्छा लिएर
कति हतास छन् छातीभरिको ममता खन्याएर
आफ्नो अङ्गालोमा बेर्दै
तिमीलाई धित मरुन्जेल चुम्न–

Continue reading


शान्ति अधिकारीका केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

मुस्कान पनि कहिले काँही धराप हुँदो रै’छ ,
अदृश्य तमाम प्रश्नको त्यो जवाफ हुँदो रै’छ ।
अन्जान अन्जानमै मित्रताको नाता जोडेपछि
अनायास जिन्दगानी निकै खराव हुँदो रै’छ ।

जन्म दिने सबै भगवान बन्न सक्ने भए
मन पापीले यथार्थ कुरा भन्न सक्ने भए
कुटिन्थेनन् नारीहरु लुटिन्थेनन् छोरी यहाँ
कानुनी आडमा सत्य बाटो खन्न सक्ने भए ।।

 

Continue reading


‘तिम्रो आगमनमा’

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

तिमी आउनै पर्ने भएर आएकी छौ
लेखिन बाँकी भाग्य भोग्न बाँकी
भबिष्य सँग सम्झौता गरेर
निरासाको बादल हटाउदै अँध्यारो युगलाई चिर्दै
खुशीको बर्तमान रअक्करे भिर जस्तो
जिन्दगीलाई अघि बढाउन
यो उज्यालो युगमा अवतरित भएकी छौ ।

यहाँ तिम्रो आगमनको स्वागतमा
लाम बद्द छन् शुभचिन्तकहरु
ओठमा खुशी मनमा उत्साह र
हातमा शुभकामनाका शब्दगुच्छा लिएर–

 

Continue reading


शान्ति अधिकारी पोखरेल केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

लोग्ने चाहीँ काम गर्छ ….. पानी पे’को भरमा
पसिनाको कमाई कत्ती………जतन हुन्न घरमा
सास्ती खप्छन् बाबु–आमा शहर बस्छे स्वास्नी
डिस्कोजान्छे ह्विस्की तान्छे बस्त्र हुन्न हरमा ।।

पस्यो पानी भत्कियो घर बगी गए आसा
समस्याले जिन्दगीभर थापेकै छ पासा
कति लेख्छ अभावले भोको पेटको कथा
गरिबको दुखी जीवन कहिले बन्ला खासा ।।

 

Continue reading