शुभकामना

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

आयो बर्ष नयाँ उमङ्ग बटुली लालित्य छर्दै यहाँ
ज्योतीपुन्ज सरी नवीन रविले संघार भर्दै जहाँ
यस्तो स्वर्णिमको पवित्र दिन यो जाज्वल्य देख्दै छु म
नेपाली जनको सदा हित हुने सन्देश लेख्दै छु म

फैलुन् शान्ति सधैं सबै घर घरै सन्ताप क्यै को नहोस्
जीतै जीत मिलोस् हरेक पलमा त्यो हार कैल्यै नहोस्
चिन्ता, रोग हटुन् सदा पर कतै निश्चिन्तको जीवन
लम्कुन् हात परोपकार तिर नै सत्कर्ममा त्यो मन

 

Continue reading


शुभकामना

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

आयो बर्ष नयाँ उमङ्ग बटुली लालित्य छर्दै यहाँ
ज्योतीपुन्ज सरी नवीन रविले संघार भर्दै जहाँ ।
यस्तो स्वर्णिमको पवित्र दिन यो जाज्वल्य देख्दै छु म
नेपाली जनको सदा हित हुने सन्देश लेख्दै छु म ।।

फैलुन् शान्ति सधैं सबै घर घरै सन्ताप क्वै को नहोस्
जीतै जीत मिलोस् प्रतेक पल मा त्यो हार कैल्यै नहोस् ।
चिन्ता, रोग हटुन् सदा पर कतै निश्चिन्तको जीवन
लम्कुन् हात परोपकार तिर नै सत्कर्ममा त्यो मन ।।

 

Continue reading


राजधानी

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

खाल्डो परेको रमणीय बस्ती
नेता र ठालूहरूकै छ मस्ती
भीडै छ लाखौ तर छैन पानी
नेपालको हो प्रिय राजधानी ।

गाडी बढी भै सडकै जमाए
फोहोर नाला भुसुना रमाए
धुलो र मैलो ढलको छ खानी
नेपालको हो प्रिय राजधानी ।

 

Continue reading


शहीद

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

शहीद रुन्छन् किन आज साथी
गरी बिलौना यस देश माथि

थुप्रै थिए रे सपना बुनेका
पुगेन कैले मनले गुनेका

शहीद भन्थे अब दु ख भाग्छ
र राष्ट्रमा नै सुख शान्ति जाग्छ

 

Continue reading


रिक्तता

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

खोज्दै हिँड्छु किनारमा लुरुलुरू भेट्दिन मैले कतै
चारैतर्फडुलाउँदा नयन यी देख्दिनँ मैले कतै
साक्षी हौ नि तिमी सुरू मिलनको बग्छौ सुर्साई यहाँ
ती मेरी प्रिय दर्शिनी प्रियतमा बस्छिन् कता छिन् कहाँ –

यो शीला छ यहीँ अझै स्थिर भई आलस्य बेढंगले
मैलाई किन हेर्छ यो घरिघरी जिस्काउँदै व्यंगले
रित्तो मात्र म देख्छु यो बगरमा साँचो कुरा खोल्दिनौ
लुक्दैछिन् कि यतै बताउ किन हे नारायणी ! बोल्दिनौ

 

Continue reading


मन

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

साँच्चै नै मन यो त्यसै किन तिमी चोरेर लान्छ्यौ कति
बाँध्नै सक्तिन हुन्छ झन् छटपटी रोकिन्न यस्को गति
पढ्दै जान्छु किताबका हरफमा त्यो बिम्ब तिम्रै छ नि
भुल्नै खोज्छु भनि म लेख्छु कविता तिम्रै यौन कथा बन्छ नि
।।१।।
ऐना हेर्छु देख्छु यो चटकझैँ आर्श्चर्य लाग्यो अहो
मेरै हो नि मुहार यो तर उहाँ त्यो बिम्ब तिम्रै छ हो
रात्रीमा पनि खूव देख्छु सपनी झन्झन् नजीकै तिमी
धोका मात्र सधैँ यसै नजरमा तिम्रै झझल्को छ नि

 

Continue reading


शुभकामना

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa

शङ्कर सुवेदी

गोर्खेको ममता लिएर यसले साहित्य चम्काउँदै
चुम्दै बढ्छ अगाडि यो शिखरमा सद्भाब फैलाउँदै ।
कैयौं अंकहरु प्रकाशित भए टूटेन कैल्यै पनि
यो साहित्यिक ओज पूर्ण गरिमा छुटेन कैल्यै पनि ।।
।। १ ।।
स्रष्टाको पहिचान गर्छ यसले सम्मान भर्दै यहाँ
राख्दै मान चितौनको गहकिलो आलोक छर्दै जहाँ ।
यात्रा, पत्र, निवन्ध,कथ्य,कविता साहित्य कैयन् अरु
रोप्दै वीज फलाउँछन् फल मिठा स्वच्छन्द स्रष्टाहरु ।।
।। २ ।।

Continue reading


रिक्तता

Shankar, Subedi, शङ्कर सुवेदी, pallawa

शङ्कर सुवेदी

खोज्दै हिड्छु किनारमा लुरुलुरु भेटि्दन्न मैले कतै
चारैतर्फ डुलाउँदा नयन यी देख्दिन्न मैले कतै ।
साक्षी हौ नि तिमी शुरु मिलनको बग्छौ सुसाई यहाँ
ती मेरी दिलकी अमुल्य नमुना बस्छिन् कता छिन् कहाँ ?।
।। १ ।।

 

Continue reading