‘एउटा रङ्गमञ्चमा’

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

मञ्चन भैरहेको नाटक जस्तै
फरक फरक पात्रहरूको
डरलाग्दो अभिनय
हेर्न विवश छन मेरा यी आखाहरू

नचाहदा नचाहदै गासिएको सम्बन्ध जस्तो
जबर्जस्ती अर्कैको इशारामा
डोहोर्‍याईएर हिडिरहेको अजिबको प्राणी झै
भित्रि मनबाट खुशी नभएता पनि
मुहारमा कत्ती पनि नमडारीकन
कालो बादलका आकृतिहरू
गज्जबको अभिनय गरिरहेछ एउटा पात्र

 

Continue reading


विजय ज्ञवालीका केही मुक्तकहरूः

bijay, gyawali, विजय ज्ञवाली , pallawa, पल्लव

विजय ज्ञवाली

सोझो बन्दै बाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
बिस्तारै उदाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन
यि ढोगीहरु अझ संस्कारको पाठ सिकाउछन यार
पर्दा पछाडी नाङ्गिन्छन फेरि इज्जतको कुरा गर्छन ।

सधै हतार सधै ब्यस्त मशिन भो मान्छे
आफ्नै दुनियामा मस्त मशिन भो मान्छे
बिदा हुनु छ एकदिन खाली हात सबै तर
सम्पत्ति कै रोगले ग्रस्त मशिन भो मान्छे ।

 

Continue reading


गजल

Vijayaraj, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

खै कसरी अन्त्य होला तनाव जिन्दगीको
मात्र केवल पिडै पिडा बहाव जिन्दगीको

हरेक पाइला भासिदैछ ज्वाला छातिभित्र
तर पनि मुस्कान किन नकाव जिन्दगीको

खुशी अब फुल्दैनन रे आँखा भरि उसकोl
कोपिलामै निमोठियो गुलाफ जिन्दगीको

 

Continue reading


गजल

Vijayaraj, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

महंगीले बजारको अस्तित्व नै हराइसक्यो
अब त्यो हजारको अस्तित्व नै हराइसक्यो ।

परिणत भयो नारायणीहिटी जब संग्रहालयमा
लाग्दैछ दरबारको अस्तित्व नै हराइसक्यो ।

सय दिनको खुसियाली नमनाउ तिमि अब
यो देशमा सरकारको अस्तित्व नै हराइसक्यो ।

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

अन्धकारले अधिकार जमाए जस्तै लाग्छ
घाम अनि जुन उतै उदाए जस्तै लाग्छ

लाग्दैछ यो संयोग अन्तिम हुनेछ
म संग जिन्दगी रिसाए जस्तै लाग्छ

हेरेकै छैन फिर्ता आएका उपहारहरू
शायद उसैले पठाए जस्तै लाग्छ

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa, पल्लव

विजय ज्ञवाली

सुस्ता संगै लुम्बिनी दुख्ने हो कि पिर लाग्छ
मेरो सगरमाथा पनि झुक्ने हो कि पिर लाग्छ

राजनीतिको सिमा भित्र नदी नाला साघुरिदा
कोशी अनि कर्णाली नि सुक्ने हो कि पिर लाग्छ

रास्ट्र हाँक्ने जिम्मा लिई चुनिएका खेलाडीनै
सिमा पारि शरण लिन पुग्ने हो कि पिर लाग्छ

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa

विजय ज्ञवाली

महंगीले बजारको अस्तित्वनै हराइसक्यो
अब त्यो हजारको अस्तित्व नै हराइसक्यो

परिणत भयो नारायणीहिटी जब संग्रहालयमा
लाग्दैछ दरबारको अस्तित्वनै हराइसक्यो

सय दिनको खुसियाली नमनाउ तिमि अब
यो देशमा सरकारको अस्तित्वनै हराइसक्यो

 

Continue reading


गजल

Bijaya, Gyawali, विजय ज्ञवाली, pallawa

विजय ज्ञवाली

मेरो लागि उनको मनको बिश्वास हराएपछि
अन्धकार हुने नै भयो प्रकाश हराएपछि

किस्ता किस्ता लुटीदैछ किन लुटछ नियति यो
अब चाँदनी कहाँ भेट्छु म आकाश हराएपछि

जीव जन्तु पशु पन्छी अतालियो सारा जगत
मर्नु शिवाय के उपाय भो बतास हराएपछि

 

Continue reading