बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

सबैको देहको रक्षा गरेको हुन्छ टालोले
‘फलेको झुक्छ है’ भन्ने चिनारी दिन्छ बालोले

भए आडम्बरी मान्छे बढाई भन्दथ्यो होला
म साँच्चै बाघको बच्चा कहाँ भन्थ्यो बिरालोले

पुगे गिर्दो अवस्थामा धकेल्छन् मित्र नै धेरै
परीक्षा लिन्छ फोक्सोको सधैॅ ठाडो उकालोले

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

हिजो बन्धु आफ्ना बनायौ सखाप
गरी धर्म ऐले पखालिन्न पाप ।

भनेथ्यौ नयाँ राष्ट्र निर्माण गर्छौँ
भयो युद्धमात्रै कहाँ भो मिलाप ।

छली भ्रष्ट नेता विलासी हुनाले
युवामा त्यसैको परेको छ छाप ।

 

Continue reading


मातृमहिमा

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

धर्तीझै भरिपूर्ण, छ्यौ गगनझैँ छ्यौ स्थूल आमा तिमी
माया,धैर्य,सुसिर्जना र करुणाकी मूल आमा तिमी ।
उस्तै जाँगर, कर्मशील, ममता छ्यौ दक्ष आमा तिमी
तिम्रा लागि समान सन्तति सबै निष्पक्ष आमा तिमी ।।

आमा छिन् घर स्वर्गतुल्य रसिलो चम्की सिताराहरू
आमा व्योम समान स्वच्छ र सफा सन्तान ताराहरू ।
आमा छैन भने त जीवन हुने निष्प्राण संसारका
आमाभित्र पगाल्न शक्ति छ कडा पाषाण संसारका ।।

 

Continue reading


मातृत्व

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

यहाँ खोजे मिल्छन् धन, मणि तथा भव्य महल
पढे विद्या, पैसा, पद, यश तथा मिल्छ सयल ।
किनौँला हामीले घर, जमिन वा वस्तु सहजै
किने आमा मिल्ने पसल जगमा भेटिनँ अझै ।।

सधैँ दिन्छन् चारो विहग गण ल्याएर ठुँडमा
बचेरा हुर्कन्छन् सुखसित यहाँ मातृगुँडमा ।
मिले पाडी भैँसी प्रणयसित चाट्छन् हरदिन
र झम्टिन्छिन् आमा वरपर भए सन्तति किन ?

 

Continue reading


अरुणोदय

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

गाढा निशा भै कमजोर, क्लान्त
छायो उज्यालो सब दिग्दिगन्त ।
पूर्वी दिशामा नव कान्ति छायो
मुस्कान छर्दै रवि रश्मि आयो ।।

देखे खुलेको जब सूर्यलाई
पन्छी रमाए तब गीत गाई ।
मान्छे बिछ्यौनासित प्रीत छाडी
छन् जोशिला बढ्न भनी अगाडि ।।

 

Continue reading


छन्दको सुगन्ध

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

(छन्द दिवसको शुभकामना)
हाम्रा वैदिक संहिता सकलमा मन्त्रादिमा छन्द छ
हाम्रा लोक कला गला बगलका यन्त्रादिमा छन्द छ ।
तारा, जून र सूर्य झैँ गगनको त्यो व्याप्तिमा छन्द छ
खोलामा जलमा विशाल थलमा हे-यौँ भने छन्द छ ।।

पन्छी मुक्त उडान, बाल मनको चाञ्चल्यमा छन्द छ
उफ्रिन्छन् मृगका बथान तिनको उफ्राइमा छन्द छ ।
हावाले तरुपात हल्लिन गए त्यो नृत्यमा छन्द छ
साना बालकका अनेकथरिका ती कृत्यमा छन्द छ ।।

 

Continue reading


वाशुदेव पाण्डेयका एकजोर गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

बहरबद्ध गजल– १,
हिजो बन्धु आफ्ना बनायौ सखाप
गरी धर्म ऐले पखालिन्न पाप

भनेथ्यौ नयाँ राष्ट्रनिर्माण गर्छौ
भयो युद्धमात्रै कहाॅ भो मिलाप

छली भ्रष्ट नेता विलासी हुनाले
युवामा त्यसैको परेको छ छाप

 

Continue reading


भूस्वर्ग

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

पानी सङ्लो अविरल जहाँ झर्छ हालेर फाल
सेतो अग्लो हिमगिरि त्यहाँ गर्छ है देखभाल ।
बग्ने गर्छन् जब हिमनदी दृश्य त्यो खास हुन्छ
मेरो प्यारो मुलुक तब पो स्वर्ग आभास हुन्छ ।।

फेवा,रारा,विमल,तिलिचो,जाजुरा वेगनास
घोडाघोडी दह,झिलमिला हेर्दछौॅ एकनास ।
फोक्सुन्डोझैॅ जलमय रुपा,छल्किने त्यो कुभिन्डे
सुर्मा सोध्ला प्रिय बुलबुले स्वर्ग कस्तो छ भन्दे ।।

 

Continue reading


आभास

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

बढी लामो लाग्ने समयरथको जो गति थियो
चढी गर्मी ऐले प्रखर रविमा ताप थपियो ।
सबै सुख्खा रित्ता महसुस हुने खेत र गरा
मकै भुट्ने तावासरि गरम यो शीतल धरा ।।

लुगा नौला फे-यो सरस ऋतुले वृक्ष दलका
सुकेजम्मै ऐले विगत दिनका मूल जलका ।
तुवाँलो लागेको जग छ मधुरो खिन्न जसले
रिसाएझैँ लाग्ने क्षितिज नभ यो बुझ्छ कसले ?

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

कुनै पाठ बुझ्छन् कुनै सार बुझ्छन्
कुनै ‘आँ गरेमा अलङ्कार’ बुझ्छन्

भएमा विवेकी समीक्षा गरेर
सदाचार बुझ्छन्,दुराचार बुझ्छन्

बुबामा ठुलो ज्ञान भण्डार भेटेँ
भई भुक्तभोगी सबै भार बुझ्छन्

 

Continue reading


नयाँ वर्ष

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

आयो यो नव वर्ष जोश भरियो साह्रै रमायो मन
हुन्छन् यी वन फाँट, शैल हरिया पाई नयाँ जीवन ।
बन्छन् सार्थक शब्द मानव गला, सङ्गीतको स्पर्शले
छाला, कान र नेत्र,नाक भरिए सौन्दर्य उत्कर्षले ।।

क्वैलीको छ सदाबहार मधुरो वाणी नसुन्ने छ को
छन् नौला वनकुञ्ज,फूल; लहरा ‘आहा !’ नभन्ने छ को ?
लाग्छन् सुन्दर पुष्पपुञ्ज हँसिला छन् फूल नानाथरी
नौला कुञ्ज सजाउँदा प्रकृतिले छायो नयाँ माधुरी ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

लुगामात्र सेतो सबै भित्र कालो
भरी दूध पाले बनायौ बिरालो

दिई पोल, विद्युत् सबै गाउँसम्मै
भन्यो राज्यले’बालिराख्नू दियालो’

सधैँ काम गर्दै गए हुन्छ पूरा
छिटो माकुराले बनाउन्न जालो

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

उसै मात लाग्दो छ तिम्रो जवानी
तिमीमै छ रे बैँशको राजधानी

सबै षोडषीको चियो गर्न खोज्थेँ
तिमीतर्फ ढल्केँ नजानी नजानी

छचल्किन्छ होला सधैँ बैँस खोला
समालेर राख्छ्यौ कि झर्को नमानी ?

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

घोचेर घाउ पार्ने गर्छन् सबै छुराले
चोटै नलाई दुख्ने पार्छन् कुनै कुराले

नेपालमै म जन्मे नेपालकै छु हिस्सा
आभास गर्छ कैले डोल्पा र बाजुराले ?

कर्तव्य भुल्छ नेता, बिर्सन्छ पूर्व वाचा
सत्ता र सुन्दरी झैॅ तान्यो भने सुराले

 

Continue reading


अध्यात्म मार्ग

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

राम्रो मानिसबाट प्रेरित भए, फेरिन्छ रे आदत
पुग्छन् मन्दिरसम्म कीट छ भने पुष्पादिको सङ्गत ।
थाँक्रोमा पनि बेरिएर लहरा, उक्लेर जान्छन् उँभो
लड्छन् वृक्ष धकेलिँदा पवनले, लड्दैन सानो दुबो ।।

राम्रा छन् उपदेश मान्यजनका लाग्छन् अनौठो सुने
हाम्रो जीवन मार्ग हुन्छ सजिलो अर्ती सबैले गुने ।
अर्ती बिझ्छ चसक्क भैकन सुई बुझ्छन् कमैले तर
गर्छन् रोग निको परन्तु सबले मान्छन् असाध्यै डर ।।

 

Continue reading


वसन्तागमन

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

साँच्चै आज हराभरा छ धरती सौन्दर्यले उज्ज्वल
हाँगाबाट फुटेर फैलन पुगे नौला लता मञ्जुल ।
नाङ्गा बोट नयाँ भई समयले सम्पन्न पो देखिए
वासन्ती सपना,उमङ्ग सबका बेग्लै कथा लेखिए ।।

हुन्छन् उत्सुक नाच्दछन् वनवनै पन्छी रमाईकन
सानो बालक जान्छ बासँग कतै औॅलो समाईकन ।
धर्तीभित्र लुकेर बन्द रहने सौन्दर्य निस्केसरी
छायो नूतनता सबैतिर यहाँ ल्याई दियो माधुरी ।।

 

Continue reading


सम्पन्न होला घर

Basudev, Pandey, वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

हामी जात र वर्ण, धर्म, रङले छौँ भिन्न पक्कै तर
नेपाली हुनुमा छ गर्व सबमा सन्देह के नै छ र ?
धागोमा उनिएर पुष्प जसरी माला बन्यो सुन्दर
हामी एक भएर कोसिस गरे सम्पन्न होला घर ।।

कोसीझैँ लिपुलेक यो दशगजा सुस्ता,दुख्यो लुम्बिनी
सीमा सर्छ उदास राज्य छ सधैँ, छौँ मौन हामी पनि ।
पुर्खाको बदनाम हुन्छ यसरी मानी बसेमा डर
हामी एक भएर कोसिस गरे सम्पन्न होला घर ।।

 

Continue reading


आदर्श छाँटे पनि

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

कुर्सी मोह र हानथाप यिनको हो श्रेय मात्रै लिन
जे जे गर्नु हुँदैनथ्यो दल मिली गर्छन् छिटो त्यै किन ?
नेता या दलको समर्थन गर्‍यौँ आएर ढाँटे पनि
हामीमा छ दरिद्र मानसिकता आदर्श छाँटे पनि ।।

चाहन्छौँ सब दौड यो लिगलिगे भन्छौँ प्रजातन्त्र होस्
आफू बाहिरिए नि भित्र मनले चाहन्छ कोही नहोस् ।
सत्ता चल्छ सधैँ समीकरणमा सिद्धान्त फाटे पनि
हामीभित्र छ दास मानसिकता आदर्श छाँटे पनि ।।

 

Continue reading


बहरबद्ध गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

लखेट्दै छ कौवा नछामेर कान
न लाटो छ मान्छे न ऊ बेइमान ।

भए काम बाठो बनी भन्छ भोलि
ढिलो गर्छ होला र मिष्ठान्न खान ?

सधैँ व्यस्त हुन्छन् र गर्छन् हतारो
कहाँ लक्ष्य भेट्ला र खुल्ला उडान ?

 

Continue reading


वाशुदेव पाण्डेयका एकजोर गजल

Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

बहरबद्ध गजल– १,
किसान भन्छ खेतमा कुलो भएन के गरूँ
सुनिन्छ दर्द औषधीमुलो भएन के गरूँ

म जोख्न खोज्छु देशमा विवेक,दूरदर्शिता
तटस्थ,प्रस्ट जोखिने तुलो भएन के गरूँ

झुकेर भीख माग्दछन् कहाँ छ लाज हे हरि !
म झुक्दथेँ कि माथ यो लुलो भएन के गरूँ

 

Continue reading