क्रुर झरी

Badaldevi, Chamling, वादलदेवि चाम्लिङ्ग, pallawa, पल्लव

वादलदेवि चाम्लिङ्ग

आकाशमा ठूलो चाल्नी रहेछ
लामा लामा केश राशी झै बनेर
चाल्नीवाट पानी झरीरह्यो ।
भीर, पहरा, खोला, भञ्ज्याङ
घरको छानो,विरुवाका पातहरु माथि ठोक्किएर
एउटा धून बजिरह्यो
जून धूनले
सप्पै वातावरण कज्यायो
र ऊ निक्कै बलियो बन्यो ।

 

Continue reading


मेरो देश नेपाल-म नेपाली

Badaldevi, Chamling, वादलदेवि चाम्लिङ्ग, pallawa, पल्लव

वादलदेवि चाम्लिङ्ग

दुषितअक्सिजनलिएर श्वास फेरेकै छु
धकफुकाएर
म नेपाली हुँ भनेर हाँस्नु हाँसेकै छु ।

क्षितिजलाईनिहुर्याएर लज्जालु झार झै वनाउने
आकाशलाई घोप्टिएरधर्ति हे{न लगाउने झरना
मेरो देशमा छ
तर यो भिक्टोरिया फल्स हो भन्दै मैले पढ्नु पर्छ
विद्यार्थीलाई पनि सहि हो हैभन्नु पर्छ
नत्र परिक्षामा फेल होईन्छ
सिमापारीवाट रेफ्रीले हरियो झण्डा उठाउँछ
म उठ्नु पर्छ
फेरी उसले रातो झण्डा उठाउँछ
म ढल्नु पर्छ
आफ्नै वलवुतोको फल टिपौ है भन्यो
यसरी यो अलिनो किन हुन्छ ?
नवँाच्नु पर्ने म वाँचेकै छु ।

 

Continue reading