रामकृष्ण भट्टका तीन गजल

Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट

गजल– १,
एक पलको भेटघाट, धीत मर्दैन भन्छौ
एति विग्न तडपाएर प्रीत मर्दैन भन्छौ ।।

फालि दियौ तिनै दुखको माहासागर भित्र
साहास देखाउ तरेर, जीत मर्दैन भन्छौ ।।

भेष बदलियो परिवेश बदलियो तिम्रो
कुसस्कारको शिक्षा दई रीत मर्दैन भन्छौ ।।

 

Continue reading


“उ मेरो साथी”

Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट


आज, म भन्दा फरक सैलीमा
लाग्छ कतै युद्ध जिते जस्तै
हरेक हाउ भाउ अचम्मको भिन्दै,
यसो नियालि हेरे
संगै खेलेको मेरो साथी !!
समयको गती
शहर तिर हानिंएको निकै भएछ
म गाँउमा कुटो कोदालो मै छु
मेरा कपडा मैला छन
नहोस पनि कसरी?

वस्तु भाउ स्याहर्नु , हल्का फोहोरि,
छेउमा आर्इ नाक थुनी,के छ यार !!

 

Continue reading


रामकृष्ण भट्टका तीन गजल

Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट

गजल– १,
दुष्ट मन हुनेंलार्इ कबै बुझ्न सकिदैन
नशालु लत परेकाहरू सुझ्न सकिदैन ।।

हाँसाे खुशिकाे पल कसलाइ चाहिन्न र
मायँ गर्नेकाे हृदय भित्र रुज्न सकिदैन ।।

अरुकाे डाहा गर्नेकाे भिडमा म पनि परें
लागेकाे दिगाे गलत छाप कुज्न सकिदैन ।।

 

Continue reading


गजल

Ram, Jetho, Ram, राम जेठो राम, pallawa, पल्लव

राम जेठो राम

मनको मैलो फालेर ताज बनी आउनु है
चारै तिर नमौलाउने गाँज बनी आउनु है ।।

पिडा,दु:ख भुलेर प्यास मेटाउला साथमा
नमेटिने भै ,रङ्गिन साँझ बनी आउनु है ।।

दायाँ वायाँ सताउला दुसित आत्म हरूले
मन फुत्केला, मुटुको माझ बनी आउनु है ।।

 

Continue reading


गजल

Ram, Jetho, Ram, राम जेठो राम, pallawa, पल्लव

राम जेठो राम

वेतित छ जिवन मरु भुमिको चर्को घाम भित्र ए साथी
तातो हावा चल्छ,गर्न पर्ने बाध्य,छैन काम भित्र ए साथी ।।

अधेरी छाउछ मन भित्र, सुतेको साथी बिहान उठदैन
ठेगान हुदैन जिन्दगीको,पुग्छाै बन्द खाम भित्र ए साथी ।।

देखें चारै तिर अजंगका कालाकाला उराठिलो पाहाड
झिनु मसिनु देखिने अाफु ,हराउछु लाम भित्र ए साथी ।।

 

Continue reading