रामराजा तिमिल्सिनाका केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१)
मेरी तिमी मुटुमा आएर बस्नु पर्छ
यी सास धड्कन लम्बाएर कस्नु पर्छ
यात्रा तिमीसित होस् है जिन्दगी पियारी
संसार जीवनमै रोपिन्छ फूलबारी

बेला बनोस् बलियो ती हातमै समाऊँ
पाईन्छ साथ भने त्यो रातमै रमाऊँ
मीठा गरौं छन् वात छन् पियारी
खाँचै छ है पिरती चाहिन्छ फूलबारी

 

Continue reading


रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) कविता
हो सामन्त विना हुने प्रकृति नै त्यो रामको राज्य हो
हाम्रो मुक्ति त साम्यवाद सजिलो त्यो क्रान्ति कै भाज्य हो
ती कर्मी र किसान रङ्क जनता जो सर्वहारा न हुन्
नेपाली जग पूँजिवाद कपटी काला विराला नहुन्

नेता दुश्मन छन् लुटेर जनता खाई रहन्छन् अति
भष्टाचार बढ्यो र दुर्जन बढे नेपालको दुर्गति
हाम्रो स्वर्ग धरा धरातल पर्यो फासिस्टकै हातमा
गर्छन् काम परन्तु छैन फल त्यो नेपाल छिन् घातमा

 

Continue reading


रामराजा तिमिल्सिना का केही रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) काव्य
यात्रा यो वनभोज रम्य हुन गो साथी र सङ्गी मिल्यौँ
च्वाडी पब्लिक ब्याजको सफलता सो सार गर्मी निल्यौँ
मायाँ प्यार बसाउँदै हृदयमा नाच्यौँ र गायौँ रम्यौँ
मीठो वात गर्यौँ नितान्त अधुरा मायाँ लगायौँ जम्यौँ

गल्छी वाटर किङ्डमै वगरमा जम्मा भयौँ जे जति
साटासाट गर्यौँ वियोग र ब्यथा भो प्यारको सम्मति
बाँचे सम्म अनन्त काल यसरी लाईन्छ मायाँ भन्यौ
साथी साथ सँधै सँधै हृदयमा चाहिन्छ मायाँ भन्यौं

 

Continue reading


रामराजा तिमिल्सिनाका केही मिक्स रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) काव्य
’नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने’
को को छ हात त उठाउनु है भनेर
नेपाल साथ नटुटाउनु है भनेर
धोको छ है मुलुकको सरकार बन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने

साना किसान महिला जनजाति हेर्ने
यो देशमा दलितले पनि सास फेर्ने
पात्रै बनून् जनक झैँ हलिया निखन्ने
नेपाल सुन्दर सफा हुनुपर्छ भन्ने ।

 

Continue reading


रामराज तिमिल्सिना का केही ट्रक्राटुक्रीहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
मुठ्ठी पो कस्सियो भन्छ लाने छ ऊ मरेपछि
लाखौं भोका बनाउँदै खाने छ ऊ मरेपछि

मै खाऊँ न भनेक‍ो छ खोस्दै छ ऊ भए जति
कर्मले भन्छ नर्कमा जानेछ ऊ मरे पछि

धनी बन्दै घमण्ड त पालेको छ समाजमा
पैसाकै छोप्पिने कात्रो छाने छ ऊ मरेपछि

 

Continue reading


रामराजा तिमिल्सिना का केही रचनाहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) मेरो नुवाकोटमा
निन्द्रामा म थिएँ उठेँ हजुरको त्यो साथ पाए पछि
लेखेँ शब्द विचार भित्र मनका , निन्द्रा ब्युँझाए पछि
मेरै निम्ति समाउँदै दुख हरू , जो पाउँदै चोटमा
खल्लो स्वागत पोष्टराज गुरुको, मेरो नुवाकोटमा

यौटा साधक हुन् वडा गजलका , ती छन्द अन्वेषक
पुर्खाको इतिहास जीवन दिने , हुन् काव्य संरक्षक
लाखौँ छन्द बहर फुले कलमले, ती फूलका बोटमा
त्यो सम्मान दिने कथावत भयो ,मेरो नुवाकोटमा

 

Continue reading


रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१)
वाइड् वडी सुन तस्करी हो
पिएर होली मुन नक्कलीको
छ निर्मलाको खल न्याय दाता
निन्दा गरौं है यमराज खाता

साँच्चै कह्यौ गीत सुनाउँदै जो
खले खरावी यमराज त्यै हो
गाऊ सुनाऊ न दुखिन् माता
निन्दा गरौं है यमराज खाता

 

Continue reading


रामराजा तिमिल्सिना का केही टुक्राहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
म पुर्खा सदा सम्झिने गर्छु आमा
म त्यै वीर भै लम्किने गर्छु आमा

म सेना सिपाही म मा राष्ट्र बाँच्छ
म वैरी सिधै झम्टिने गर्छु आमा

म यौटा धरा पुत्र नेपालकै हूँ
म जो शत्रु छन् छप्किने गर्छु आमा

 

Continue reading


रामराजा तिमिल्सिना का छ टुक्रः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

(एक )
नाङ्गै न बन्नू कपडा फुकाली
छाडा नलाग्नू लफडा निकाली
मान्छे हरू हो गति छाड्न हुन्न
यै धर्म तिम्रो मति छाड्न हुन्न

पूर्खा नसम्झे पनि पाप लाग्छ
वेदार्थ बिर्से पनि श्राप लाग्छ
स्व: धर्म को सम्पति छाड्न हुन्न
पूर्खा पिताको मति छाड्न हुन्न

 

Continue reading


यस्तो टिप्पणी गर्दै थिएँ . . . . .

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

उपेक्षा आफ्नै हो, प्रगतिशिल नै छैन मनमा ।
सदा हारे जस्तो, हुन पनि गयो आगमनमा ।।
जुधेको हारेको, गजल कविता छन्द गलत ।
कुनै स्रष्टा ज्ञानी, रहन पनि सक्दैन फल त।।१

बरू लेखे राम्रो, बक बक गरी छन्द विहिन ।
पुरानो पुर्खाको, अचलन हुने गन्ध विहिन ।।
उसैले मार्ला है, युग बहनको बाजी भुवनमा ।
कुनै आभा छैनन्, छ गति यति के छन्द पनमा ।।२

 

Continue reading


गजल श्रृङ्गारिक

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

पख न पख जुरे गोरु नारेर जोत्नु छ
पर नबस सियो सुत्त खाँदेर जोत्नु छ

चर चर छ फुटेको छ बाँझै छ बारी त
मल र बिज थुपारेर हालेर जोत्नु छ

हल चल नपरे हुन्छ पानी रसाए छ
भुल भुल रसिलोमा पखालेर जोत्नु छ

 

Continue reading


दशैं

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

भलो सोची मायाँ हृदय तलमा पावन छ र
उठे देवी द्यौता, विजय पथ मा रावण पर
घमण्डी मान्छे को , पशुवत नियाँ अन्त्य छ दशैँ
दया को मायाँ को, सहन शिलको , तथ्य छ दशैँ

सिँगौरी खेल्दै छौ, नगर झगडा मानव भए
लुटी प्राणीको प्राण, दनुज अखडा दानव भए
नगर्दा राम्रो हो पशु वध यहा भन्दछ दशैं
सुकी पैसो छैनन् गरिब जनको बन्द छ दशैं

 

Continue reading